पर्यटकीय नाकामै सास्ती
०८ असोज २०७६
•
९ मिनेट पाठ
पर्यटकीय नाकामै सास्ती
स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका। तस्बिर : रेखा/नागरिक
बुटवल – भत्काएर असरल्ल छोडिएको सडक। बुङबुङ्ती उडेको धुलो। मालवाहक ट्रक, रिक्सा, मोटरसाइकल तथा पैदलयात्रुको ठेलमठेल भीडभाड। साँघुरो र होचो प्रवेशद्वार, जसमा ‘नेपालमा तपाईंलाई स्वागत छ’ सम्म लेखिएको छैन, राष्ट्रिय झन्डा पनि छैन। न सडकमा ट्राफिक भेटिन्छन् न पार्किङको नै सुविधा छ। पानी पर्दा सडकमा हिलोले झनै बिजोग हुन्छ। देशमै सबैभन्दा धेरै पर्यटक भित्र्याउने जस बोकेको रुपन्देहीको बेलहिया नाकाको शब्दचित्र हो यो।




श्रीलंका, थाइल्यान्ड, म्यानमार, चीन, कोरिया, अमेरिका, भियतनामलगायत एक सयभन्दा बढी मुलुकका पर्यटक यो नाकाबाट नेपाल प्रवेश गर्छन्। वार्षिक डेढ लाखभन्दा बढी विदेशी यही नाका हुँदै नेपाल घुम्न आउने अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले बताए। उनका अनुसार सन् २०१९ को जनवरीदेखि अगस्टसम्ममा सो नाका हुँदै ९४ हजार तीन सय ६० पर्यटक नेपाल भित्रिएका छन्।

६ लेन सडक बनाउने भनी बाटो भत्काएको नौ महिना भयो। निर्माणको काम अझै सुरु भएको छैन। भत्किएको सडकका खाल्डाखुल्डी, धुलो र हिलोले पर्यटकसँगै स्थानीय पनि आजित छन्। सडक किनारको ढल, फोहोर तथा जमेको हिलेपानी गनाएर नाक थुन्नुपर्छ। सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापन निकै कमजोर छ, जसका कारण पर्यटक यातायात व्यवसायीको तानातानमा पर्छन्। नेपाल एसोसिएसन टुर एजेन्ट नाटाका प्रदेश महासचिव चन्द्र थापा भन्छन्, ‘नाकामा पर्यटकलाई निकै सास्ती छ। न सुविधासम्पन्न यातायातको व्यवस्था छ न त पर्यटकलाई कुन ठाउँमा कसरी केमा जाने भनेर जानकारी उपलब्ध गराउने कुनै संयन्त्र छ।’ नाकाको दुरवस्थाबारे नगरपालिका, प्रदेशको पर्यटन मन्त्रालय र पर्यटन बोर्डको कार्यालयलाई पटकपटक लिखित र मौखिक ध्यानाकर्षण गराए पनि सरकारी निकायले बेवास्ता गरिरहेको महासचिव थापाले बताए।

अस्तव्यस्त नाका र अध्यागमनको दुरवस्था देखेका पर्यटक सकेसम्म गाडीबाट ओर्लिन खोज्दैनन्। भारतीय गाइड वा बसका चालक–सहचालक झोलाभरि पासपोर्ट बाकेर ओर्लिन्छन् र एकमुष्ठ छाप लगाएर विदेशीलाई नेपालमा प्रवेशाज्ञा दिइन्छ।

थापाले भनेजस्तै सीमाक्षेत्रमा समस्यामा परेका पर्यटकलाई तत्काल सहयोग गर्ने संयन्त्रसमेत छैन। यसअघि भएको पर्यटन बोर्डको सूचना केन्द्र अहिले रित्तो छ। दरबन्दीका पर्यटन प्रहरीसमेत कार्यालयमा भेटिँदैनन्। त्यससँगै जोडिएको अध्यागमन कार्यालयको अवस्था झन् बिजोग छ। जीर्ण भवनमा चारवटा कोठा छन। दुईवटा साँघुरा कोठामा अध्यागमनको सिंगो कार्यालय सञ्चालित छ। एउटा कोठामा स्टोर र अर्कोमा चौकीदारको क्वार्टर छ। दैनिक दुईढाई सयजना विदेशी पर्यटक भिसा लिन यो कार्यालयमा आउँछन्। तर भत्काएर असरल्ल छोडिएको सडक किनारको अध्यागमनमा पर्यटकलाइ बसेर फाराम भर्ने वा कागजपत्र मिलाउने ठाउँसमेत छैन।

अस्तव्यस्त नाका र अध्यागमनको दुरवस्था देखेका पर्यटक सकेसम्म गाडीबाट ओर्लिन खोज्दैनन्। भारतीय गाइड वा बसका चालक–सहचालकले झोलाभरि पासपोर्ट बाकेर ओर्लिन्छन् र एकमुष्ठ छाप लगाएर विदेशीलाई नेपालमा प्रवेशाज्ञा दिइन्छ। त्यसरी प्रवेश गर्नेहरुमध्ये केहीले त आफू नेपाल प्रवेश गरेको पत्तोसमेत पाउँदैनन्।

अध्यागमनका कर्मचारीले पनि बसबाट पर्यटक ओराल्ने झन्झट गर्दैनन्। केही दिनअघि बेलहिया नाका हुँदै नेपाल घुम्न आएका एक श्रीलंकाली पर्यटकले गाडीबाट झरेर उभिने ठाउँ नभएकाले गाडीमै बसेको प्रतिक्रिया दिए। ‘बाहिर कोलाहल, भिड, धुलो र घाम छ’, उनले भने, ‘बसबाट झरेर कहाँ उभिने ?’ सडकमा बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको पहिलो गन्तव्य लुम्बिनी हो। केही लुम्बिनीसँगै अन्य बुद्धस्थल घुमेर चितवन, पोखरा, काठमाडौंसम्म पुग्छन्। तर नाकाको यस्तो अवस्थाले बाह्य पर्यटकमा नेपालप्रतिको पहिलो इम्प्रेसन नै खराब हुने बताउँछन नाटाको प्रदेश नं. ५ का निवर्तमान अध्यक्ष विष्णु शर्मा। सीमाक्षेत्रमा भोग्नुपरेका सास्तीकै कारण पर्यटकले भिसा छोट्याउने गरेको अनुभव पनि उनले सुनाए।

प्रदेश नं. ५ मा अहिले लुम्बिनी भ्रमण वर्ष चलिरहेको छ। भ्रमण वर्षका नाममा सबा चार करोड बजेट खर्च हुँदैछ। प्रचार प्रसार, नाकाको व्यवस्थापन, सूचना बोर्ड, सरसफाइलगायतका कार्यक्रम भइरहेको योजनामा उल्लेख छ। सीमानाकाको सरसफाइ र डस्टबिन खरिदका लागि मात्रै प्रदेश सरकारले यो वर्ष ४० लाख बजेट छुट्याएको छ। तर बेलहियामा भने न त फोहोर राख्ने डस्टबिन छ न सरसफाइका कार्यक्रम गरिएका छन्। फोहोरको थुप्रो नजिकै राखिएको लुम्बिनी भ्रमण वर्षको बोर्डसमेत धुलो र हिलोले छपक्कै छोपेको छ। बिभिन्न दिवशका अबसरमा सरकारका मन्त्री, सेना प्रहरी तथा स्थानीय सरकारका प्रमुख र नेताहरुले कुचो छोपेर सहरी सडक बढार्छन्। तर त्यसपछिका दिनमा नाकाको अवस्था र पर्यटकले भोग्नुपरेका समस्यातर्फ प्रदेश र स्थानीय सरकारले चासो दिएका छैनन्। सरकारले काम गरेन भनेर बेलाबखत कोकोहोलो मच्चाउने राजनीतिक दल, नागरिक समाज तथा पर्यटन व्यवसायी पनि विशेष अवसरमा मन्त्री र सभासद्को पछि लागेर अभियानमा सहभागी हुनेबाहेकका काम गरेको देखिँदैन। पर्यटन वर्षको घोषणा गरेका केन्द्र र प्रदेश सरकारले पर्यटकीय नाकाको व्यवस्थापनमा ध्यान नदिइएको पर्यटन व्यवसायीको गुनासो छ। बेलहियामा पर्यटकका लागि आधारभूत सेवासुविधासहितको पर्यटन सूचना केन्द्र तत्काल स्थापना हुनुपर्ने बताउँछन् पर्यटन व्यवसायी तथा नाटाका निवर्तमान अध्यक्ष शर्मा। ‘लुम्बिनी तथा बुद्धस्थलसहित नेपालका पर्यटकीय स्थलबारे जानकारीसहितको आधारभूत सेवासुविधा नाकामै उपलब्ध गराउने गरी पर्यटन सूचना केन्द्र पुनः सञ्चालन गरिनुपर्छ’, शर्माले भने। पर्यटन प्रहरीको उचित व्यवस्थापनसँगै अध्यागमन कार्यालयको संरचनागत विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
९ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस