दसैंका लागि ८० प्रतिशत हवाई टिकट बुकिङ
१० असोज २०७६
•
६ मिनेट पाठ
दसैंका लागि ८० प्रतिशत हवाई टिकट बुकिङ
काठमाडौं – दसैंमा लामो दुरीको बसको टिकट बुकिङ गर्न नपाएपछि यात्रुमा निराशा छाएको छ। काठमाडौंमा अध्ययनरत डोटीका दिल जोरा दसैंमा घर फर्कन बसको टिकट नपाएपछि बिहीबार गंगबुस्थित बसपार्कबाट खालिहात फर्किए। ‘हिजोसम्म परीक्षाका कारण टिकट लिन आउन भ्याइएन,’ जोराले नागरिकसँग भने ‘अत्तरियासम्मको टिकट पनि पाइएन।’




बसको क्याबिन पनि प्याक भइसकेको जानकारी पाउँदा आफूलाई पत्याउन गाह्रो लागेको भन्दै उनले थपे, ‘अब २५ घन्टासम्म मुुडामा यात्रा गर्नुको विकल्प छैन।

उनी त प्रतिनिधि मात्र हुन्। अधिकांश ठाउँको टिकट बुकिङ भइसकेकाले दसैंमा गाउँ फर्कने यात्रु विकल्प सोच्न बाध्य छन्। बसको विकल्पमा हवाई टिकट लिन खोजे पनि अधिकांश हवाई कम्पनीले दसैंसम्मको टिकट बुक भइसकेको जनाएका छन्। हवाई कम्पनीका अनुसार बिहीबारसम्म अधिकांश गन्तव्यको ८० प्रतिशत टिकट बुकिङ भएर पनि फर्केने टिकटमा पनि चाप देखिन थालिसकेको छ। भद्रपुर, विराटनगर, राजविराज, भैरहवा र नेपालगन्जमा उडान भरिरहेको श्री एयरलाइन्सले ८० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको जनाएको छ। ‘श्री एयरले ८० वर्षमाथिका यात्रुलाई पाँच सय रुपैयाँमा र ७५ वर्ष माथिका यात्रुलाई ५० प्रतिशत छुटमा उडानको सुविधा दिएको केही दिनमा नै अत्यधिक चापसहित टिकट बुक भयो,’ कम्पनीका एक अधिकारीले भने। असोज १७ देखि २१ गतेसम्मको उडानमा बढी चाप रहेको जनाउँदै उनले अब फर्कने टिकटमा पनि चाप देखिन थालेको जानकारी गराए। ‘अब महँगो फेयरको टिकट मात्र बुकिङ बाँकी छ। एक–दुई दिनभित्र त्यो पनि सकिन्छ,’ उनले भने, ‘यस्तै चाप रहे कम्पनीले थप उडानको व्यवस्था गर्न सक्छ तर अहिले नै भन्न मिल्दैन।’

यती एयरलाइन्सले पनि ९५ प्रतिशत टिकट बुकिङ भइसकेको जनाएको छ। यतीका प्रवक्ता भिमराज राईका अनुसार दसैंपछिको पनि ५० प्रतिशत टिकट बुकिङ भइसकेको छ। ‘हामीले प्रत्येक यात्रुलाई गन्तव्यसम्मको टिकटमा १० प्रतिशत छुट दिँदै आएका छौं,’ उनले भने, ‘यात्रुको अध्यधिक चाप देखिएको छ। भनेकै दिनमा टिकट पाउन सक्ने अवस्था छैन। हाल यतीले काठमाडौंबाट भद्रपुर, तुम्लिङटार, विराटनगर, भरतपुर, पोखरा र नेपालगन्जमा उडान भर्छ। यसले नेपालगन्जबाट बाजुरा, जुम्ला, सिमिकोट, रारा र डोल्पामा पनि सेवा दिन्छ। पोखराबाट जोमसोम उडानमा पनि यती छ। यी सबै उडानमा यात्रुको उत्तिकै चाप रहेको राईले बताए।

सिम्रिक एयरले पोखरा र भरतपुरको उडान गरिरहेको र ८० प्रतिशतभन्दा बढी टिकट बुक भइसकेको जनाएको छ। कम्पनीका प्रवक्ता प्रज्वल थापाका अनुसार कम्पनीका ७० प्रतिशत रिटर्न टिकट पनि बुक भइसकेका छन्। ‘यसपटक दसै र पर्यटकीय सिजन सँगै परेकाले दोहोरो टिकटमा अत्यधिक चाप देखिएको छ,’ उनले भने।

बुद्ध एयरले पनि बुकिङ ७५ प्रतिशत भइसकेकोे जनाएको छ। अहिलेलाई टिकट पाइरहे पनि अबको एक–दुई दिनमा सबै बुकिङ भइसक्ने उसको अनुमान छ।

कम्पनीका मार्केटिङ म्यानेजर रुपेश जोशीले अहिले नै थप उडानबारे निर्णय नभए पनि फूलपातीसम्म यात्रुको चाप हेरेर निर्णय हुने जानकारी गराए। हाल बुद्धले तुम्लिङटार, सिमरा, भरतपुर, नेपालगन्ज, भद्रपुर, धनगढी र सुर्खेतमा उडान गररहेको छ। बुद्धको पनि रिटर्न टिकटमा यात्रुको चाप बढ्दै गएको छ।

सौर्य एयरलाइन्सले पनि ७० प्रतिशत टिकट बुकिङ भइसकेको जनाएको छ। कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले दिएको निर्देशनअनुरुप १० प्रतिशत छुट दिइरहेको र रिटर्न टिकट प्रशस्त बुकिङ हुन बाँकी रहेको जनाएको छ। हाल कम्पनीले भैरहवा, विराटनगर र भद्रपुरमा उडान गरिरहेको छ। विराटनगर उडानमा यात्रुको सबैभन्दा बढी चाप रहेको सौर्यको भनाइ छ।

नेपाल वायुसेवा निगमको पनि अरुकै हाराहारीमा टिकट बुकिङ भइसकेको छ।
अर्को समाचार
हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ
०४ असोज २०७९
•
१ मिनेट पाठ
हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ
आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन्।




केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दसैँका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन्। 

हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन्। दसैँ आउन एक साता बाँकी हुदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ।  हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन्। विगतमा काठमाडौँ–धनगढी हवाई भाडा रु सात हजार पाँच सय रहेकामा अहिले अधिकतम  १७ हजार कायम गरिएको छ।

सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौँ रहेको छ। विराटनगर–काठमाडौँ एकतर्फी भाडा न्यूनतम चार हजार पाँच सय अधिकतम भाडादर १० हजार कायम गरिएको छ। अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए। उनकाअनुसार काठमाडौँ फर्कनका लागि टिकाको भोलिपल्टदेखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ।रासस
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस