'बजेट रोकिए मुलुक असफल'-
काठमाडौं, कात्तिक १२ (नागरिक)- सरकारले ३ खर्ब ३५ अर्ब रुपैयाँको प्राविधिक बजेट ल्याउने तयारी गरिरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष जगदीशचन्द्र पोखरेलले जानकारी दिएका छन्। उनले सरकार कामचलाउ भए पनि मुलुक कामचलाउ नहुने भएकाले बजेटबारे विवाद आवश्यक नभएको तर्क पनि गरे।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले महत्वपूर्ण विषयलाई समेटेर ल्याइने प्राविधिक बजेट दलबीच सहमतिको माध्यम बन्ने भन्दै कात्तिक मसान्तसम्ममा ल्याउने गरी प्राविधिक बजेटको तयारी भइरहेको जानकारी दिएका हुन। उनले बजेटले पुराना ठूला विकास निर्माणको कामलाई निरन्तरता दिनुका साथै बेरोजगारी अन्त्य गर्न रोजगारीको विकास, पर्यटन विकास, कृषिलाई आधुनिकीकरण, जलस्रोत र भौतिक संरचनाको पुनर्निर्माण केन्द्र विन्दुमा राख्ने पनि जानकारी दिए।
उनले काम चलाउ सरकारले पनि बजेट ल्याउन सक्ने भन्दै चित्त नबुझेका विषयलाई संशोधन गरेर नयाँ बन्ने सरकारले फेरि पनि बजेट ल्याउन सक्ने प्रचलन रहेकाले बजेटको विषयमा विवाद नगर्न दलहरुसँग आग्रह पनि गरे। 'सरकार कामचलाउ हुन्छ। मुलुक कामचलाउ हुँदैन। त्यसैले पनि मुलुकको हितका लागि पनि बजेट ल्याउनेमा कसले भन्ने विवाद गर्नुहुँदैन'- उनको भनाइ थियो।
अन्तिम अवस्थामा आएर बजेट रोकिए मुलुक असफल हुने चेतावनी दिँदै उनले दलहरु यो तथ्यसँग जानकार रहेकाले बजेट कात्तिकभित्र आउने विश्वाससमेत व्यक्त गरे। 'दलहरुको खिचातानीका कारण बजेट नआउँदा मुलुक असफल हुने खतरा छ। मुलुक असफल हुँदा नेताहरु पनि असफल हुन्छन् भन्ने तथ्य नेताहरुलाई राम्ररी थाहा छ। त्यसैले मलाई विश्वास छ, अन्तिम समयमा भए पनि बजेट आउँछ'- उनको भनाइ थियो।