नागढुंगा सुरुङमार्ग शिलान्यास आज
०४ कार्तिक २०७६
•
६ मिनेट पाठ
नागढुंगा सुरुङमार्ग शिलान्यास आज
निर्माणपछि यस्तो हुनेछ नागढुंगा सुरुङमार्ग।
काठमाडौं – काठमाडौंको नागढुंगा (चन्द्रागिरी नपा–१ टुटेपाखा) देखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माण सोमबार शिलान्यास गरिँदैछ।




सडकतर्फ पहिलोपटक निर्माण हुन गइरहेको सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको सडक विभागले जनाएको छ। सुरुङमार्ग निर्माणका लागि असोज ६ मा  विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भएको थियो। 

विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो। ठेकेदार कम्पनी एक महिना नपुग्दै सुरुङमार्ग निर्माण गर्न तयार भएपछि शिलान्यास गरिन लागेको विभागले जनाएको छ।

विभागका विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सुरुङमार्ग निर्माणका लागि आवश्यक उपकरणसहित काम गर्न जापानीज टोली तयार भएको बताए। उक्त सुरुङमार्ग न्यु अष्ट्रियन टनेलिङ मेथड (एनएटिएम) प्रविधबाट निर्माण हुनेछ। सुरुमा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिने चर्चा गरिए पनि सुरुङमार्गको दूरी छोटो भएका कारण एनएटिएम प्रविधि प्रयोग गरिन थालिएको हो।

विभागले निर्माण तयारीका लागि दिएको एक महिनाको समयअघि नै ठेकेदार कम्पनी काम सुरु गर्न तयार भएको हो।

थापाका अनुसार एनएटिएम प्रविधिबाट सुरुङमार्ग निर्माण गर्न ड्रिलिङ र ब्लाष्टिक गरिनेछ। टिबिएमको तुलनामा एनएटिएम विधि प्रयोग गर्दा केही ढिला हुने भए पनि लक्ष्य अनुसार नै उक्त सुरुङमार्ग निर्माण हुने अधिकारीहरूले बताएका छन्। ‘सुरुङमार्ग निर्माणको अवधि ४२ महिना छ,’ थापाले भने, ‘सम्झौता अवधि सकिनुअघि नै सुरुङमार्गको निर्माण कार्य सम्पन्न भइसक्ने अपेक्षा गरेका छौं।’

सुरुङमार्ग निर्माणका लागि भ्याट र अनुगमनसहित १६ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। यद्यपि ठेकेदार कम्पनीसँगको सम्झौता भने १३ अर्ब ५० करोड रुपैयाँ छ।  सुरुङमार्ग अनुगमनका लागि करिब एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

सम्झौता अनुसार टुटेपाखादेखि सिस्नेखोलासम्म दुई वटा सुरुङ निर्माण हुनेछन्। थापाले नियमित सवारी सञ्चालनका लागि साढे नौ मिटर चौडाइको र आपतकालीन अवस्थाका लागि चार मिटर चौडा गरी दुई सुरुङमार्ग निर्माण हुने बताए। दुबै सुरुङमार्गका लम्बाई २.७ किलोमिटर हुनेछन्।  ठूलो सुरुङभित्र तीन लेनमा सवारी चलाउने लक्ष्य लिइएको छ। सुरुङमार्गसँगै बलम्बुमा फ्लाइओभर (टनेलसम्म पुग्ने), पुरानो नैकापबाट रोड क्रस गर्न ओभरपास र काठमाडौंतर्फ साढे दुई किलोमिटर तथा धादिङतर्फ पाँच सय मिटर सडकलाई चार लेनको बनाइने थापाले जानकारी दिए। सुरुङमार्ग खन्दा निस्कने माटो, ढुंगा सर्भिस सेन्टर निर्माणमा प्रयोग गरिने बताइएको छ।

नेपालका सडकमा नागढुंगा–सिस्नेखोला खण्डमा नै पहिलो चोटी सुरुङमार्ग निर्माण हुन थालेको हो।  सिँचाइतर्फ भने केही महिनाअघि भेरी–बबई डाइभर्सनका लागि सुरुङ निर्माणको काम सम्पन्न भएको छ।

उक्त सुरुङमार्ग निर्माणका लागि आव्हन गरिएको बोलपत्रमा सबभन्दा कम प्रस्ताव गर्ने जापानीज कम्पनी छनोटमा परेको थियो। सुरुङमार्ग निर्माणका लागि चीनका पाँच निर्माण कम्पनीले पनि प्रतिस्पर्धा गरेका थिए।

सुरुङमार्ग निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ। सोही ऋणबाट सुरुङमार्ग निर्माण गर्न थालिएको हो। ४० वर्षमा तिर्ने गरी लिइने ऋणको वार्षिक ब्याज दर ०.०१ प्रतिशत हुने सहमति छ।

सुरुङमार्ग निर्माणका लागि छनोटमा परेको जापानीज कम्पनीले यसअघि नेपालमा थुप्रै आयोजनाको निर्माण कार्य सफलतापूर्वक पूरा गरिसकेको छ। पोखराको खानेपानी, कोटेश्वर–भक्तपुर सडक, विपी राजमार्ग, उदयपुर सिमेन्ट तथा भूकम्पको बेला गोरखाको बारपाकमा पाँच वटा पुल निर्माण नागढुंगा सुरुङमार्ग निर्माण गर्ने जिम्मा पाएको सोही जापानीज कम्पनीले बनाएको हो।

नागढुंगामा सुरुङमार्ग निर्माणपछि काठमाडौं भित्रिने र बाहिरिने यात्रुलाई सहज हुनाको साथै चक्काजाम हुने समस्या अन्त्य हुने अपेक्षा गरिएको  छ। सुरुङमार्ग निर्माणपछि अहिलेको नागढुंगादेखि सिस्नेखोलासम्मको घुमाउरो सडकको चार किलोमिटर दूरी घट्नेछ।
अर्को समाचार
नागढुंगा–नौबिसे सुरुङमार्ग खन्न सुरु
०८ पौष २०७७
•
३ मिनेट पाठ
नागढुंगा–नौबिसे सुरुङमार्ग खन्न सुरु
नागढुंगा–नौबिसे सुरुङमार्ग शिलान्यास गरेको १४ महिनापछि धादिङतर्फबाट खन्ने काम सुरु भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले मंगलबारदेखि धादिङको सिस्नेरीतर्फबाट सुरुङ मार्ग खन्ने काम सुरु गरेको जनाएको हो।




आयोजनाका निमित्त प्रमुख नरेशकुमार शाक्यले एक्जाभेटर लगायत उपकरण प्रयोग गरेर सुरुङमार्गको इभाकुएसन ९सुरुङको आपतकालीन निकास मार्ग० गर्न सुरु गरिएको बताए। ‘अहिले सुरुङमार्गको इभाकुएसन खन्न सुरु गरिएको हो,’ उनले भने, ‘पहिलो दिनमा दुई मिटर खनियो।’ 

आयोजनाका अनुसार इभाकुएसनबाट करिब एक सय १२ मिटर मोडिएपछि मुख्य सुरुङमार्गमा पुगिनेछ। इभाकुएसनमा पाँच मिटर चौडा र चार मिटर लामो सुरुङ खनिनेछ। आयोजनाका निमित्त प्रमुख शाक्यले मुख्य सुरुङ एक साताभित्रै खन्न थालिने बताए। ‘पहिलो चरणमा धादिङबाट सुरुङ खन्न सुरु गर्‍यौँ,’ उनले भने, ‘केही समयभित्रै काठमाडौंतिरबाट पनि खन्ने काम सुरु हुन्छ।’ आयोजनाका अनुसार मुख्य सुरुङ ८.२/१५ मिटरकोे हुनेछ। यो सुरुङमार्ग एनएटिएम विधिबाट खन्न लागिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते नागढुंगा–नौबिसे सुरुङमार्गको शिलान्यास गरे पनि सुरुङमार्ग निर्माण कार्यले अपेक्षित गति लिन सकेको थिएन। आयोजनाले मुआब्जा विवाद, विस्फोटक पदार्थ ल्याउने विवाद, उपकरण लगायतको कारणले सुरुङ खन्ने काममा ढिलासुस्ती हुँदै आएको जनायो।

सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले सुरुङमार्ग प्रभावित क्षेत्रको मुआब्जा विवाद, समयमै विस्फोटक र सुरुङ खन्ने उपकरण ल्याउन नसक्दा केही समय ढिलासुस्ती भएको बताए। ‘सबैतिर समन्वय गरेर काम सुरु भो,’ उनले भने, ‘सुरुङमार्ग तोकिएको समयभित्रै निर्माण सम्पन्न हुनेछ।’ अहिले सुरुङमार्गको भौतिक प्रगति ६ प्रतिशत मात्रै छ। महाशाखा प्रमुख थापाले भारतबाट तीन सय टन विस्फोटक पदार्थ ल्याएर सुरुङ खन्ने काम सुरु गरिएको दाबी गरे। ‘लामो समय विस्फोटक पदार्थको अभावकै कारणले सुरु गर्न सकिएको थिएन,’ उनले भने, ‘केही समयअघि भारतबाट विस्फोटक पदार्थ आएसँगै सुरुङ खन्न सुरु गरिएको हो।’

सुरुङ खन्दा सडकलाई असर पार्दैन

नौबिसे–नागढुंगा सुरुङमार्ग त्रिभुवन राजपथ अन्तर्गत पर्दछ। निर्माणाधीन सुरुङमार्ग नौबिसेको सिस्नेरी खोलाबाट सुरु गरिएको छ। सुरुङमार्ग निर्माण गर्दा त्रिभुवन राजपथ सडकलाई कुनै पनि असर नपार्ने आयोजनाले दाबी गरेको छ। ‘सुरुङ खन्नुअघि सबै तयारी गरेर मात्रै खनेका हौं,’ महाशाखा प्रमुख थापाले भने, ‘सुरुङ खन्दा सडकलाई कुनै पनि असर गर्दैन। आयोजनाले चार स्थानबाट सुरुङमार्ग खन्ने तयारी गरिरहेको जनायो।

यो सुरुङमार्ग मेलम्ची खानेपानी आयोजनाको जस्तै गरेर खनिनेछ। सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ। साढे नौ र चार मिटरका दुईवटा सुरुङ निर्माण गर्ने आयोजनाको लक्ष्य छ। यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लागत लाग्नेछ।

‘अहिले सुरुङमार्गको दुवैतर्फको मुख्य द्वारमा विस्फोटक पदार्थ प्रयोग नगरीकनै २० मिटर जति खन्ने काम भइरहेको छ,’ उनले भने, ‘दुवैतर्फ सुरुङमार्गको मुखमा २०/२० मिटर खनेपछि मात्रै विस्फोटक पदार्थ प्रयोग गरेर खन्ने काम हुनेछ।’ 

धादिङ र काठमाडौंतर्फ पाँच–पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान छ। अहिले आयोजनाले केही समयभित्रै २४ सै घन्टा काम हुने जनाएको छ।

अबको केही समयभित्रै दैनिक पाँच सयभन्दा धेरै कामदार निर्माणमा खटिनेछन्। यो आयोजननिर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस