तिहारमा व्यापार बढ्यो
०८ कार्तिक २०७६
•
५ मिनेट पाठ
तिहारमा व्यापार बढ्यो
काठमाडौं – भाइटीका आउन अब ६ दिनमात्रै बाँकी छ। भाइटीकाको दिन नजिकिएसँगै तिहारका लागि आवश्यक सामान किनमेल गर्नेको भीड लाग्न थालेको छ। अघिल्ला वर्षको तुलनामा तिहारका लागि आवश्यक पर्ने सामग्रीको मूल्य बढे पनि लगनखेल, इन्द्रचोक, न्युरोड, असनलगायत ठाउँका ठूला पसलसँगै फुटकर व्यापारीसँग सामान किन्नेको घुइँचो नै देखिन्छ।




तिहारका लागि आवश्यक सामान बिक्री गर्ने व्यापारीले भाइमसला (काजु, बदाम, किसमिस, ओखर) को मूल्य अघिल्लो वर्षको जति नै भएको बताए पनि उपभोक्ता भने महँगो भएको गुनासो गर्छन्। काजु, किसमिस, बदाम, ल्वाङ, सुकुमेल, ओखर लगायत सामग्री किन्न खोटाङबाट काठमाडौं आएकी शर्मिला घिमिरे भन्छिन्, ‘गाउँमा भन्दा सस्तो पाइनुपर्ने ठाउँमा यहाँ त झन् छोइनसक्नु रहेछ।’

उनले तिहारका लागि चाहिने दाँते ओखर प्रतिकेजी तीन सय ५० रुपैयाँमा किनेकी थिइन्। उनीसँगै तिहारको लागि किनमेल गर्न आएका फणिन्द्र घिमिरेले तिहारको सामान सस्तो मूल्यमा पाएको भए छोरीचेलीलाई सहज हुने बताए।

ललितपुरस्थित लगनखेल चोकमा व्यापार गर्दै आएका प्रदिप स्टोरका प्रदिप श्रेष्ठले अन्य सामग्रीको बजार भाउ अघिल्लो वर्षकै भए पनि सुकुमेलको भाउ दोब्बर नाघेको बताए। ‘एक वर्षअघि प्रतिकेजी १८ सयमा बेचेको सुकुमेलको भाउ अहिले ४२ सय ५० पुगेको छ,’ प्रदिप भन्छन्, ‘सुकुमेल तिहारका लागि आवश्यक हुनाले ग्राहकले थोरै मात्रामा भए पनि किन्ने गर्छन्।’

उनका अनुसार ल्वाङको मूल्य प्रतिकेजी ११ सय र नरिवलको मूल्य चार सय ५० रुपैयाँ छ। आफूले बिक्री गर्दै आएको काजु, पेस्ता, बदाम, छोडा, पान मिश्री लगायत सामानको मूल्य भने पुरानै भएको उनले दाबी गरे।

ललितपुरको इमाडोलबाट तिहारको सामान किन्दै गरेकी कमला घिमिरेले अघिल्लो वर्षभन्दा सामान महँगो भएको र तिहारको चहलपहल पनि कम भएको बताइन्। लगनखेलमा सामान किन्दै गरेकी उनले अघिल्लो वर्षभन्दा भीडभाड कम भएकाले आवश्यक सामग्री सजिलै पाएको बताइन्।

तिहारलाई लक्ष्य गरेर ढाका टोपी, भादगाउँले टोपी, रुमाल, मफलर लगायत सामान बिक्रीका लागि बसेका इमाडोलका देविन विष्टले पनि यस वर्ष खासै चहलपहल नभएको दाबी गरे। तिहारको समयमा अलिकति मूल्यमा कटौती गरेर टोपी बेच्ने गरेको उनले बताए। उनले पसलमा एक सय २५ रुपैयाँदेखि तीन सय ५० रुपैयाँसम्म पर्ने टोपी बिक्रीमा राखेका छन्।

तिहारसँगै म्ह पूजाका लागि कटुस, कालो भटमास, ओखर लगायत सामान अनिवार्य चाहिन्छ भन्दै किन्दै गरेकी सरिता श्रेष्ठले पनि अघिल्ला वर्षमा जस्तो यस वर्ष चहलपहल नभएको र म्ह पूजाका लागि आवश्यक सामग्री सुपथ मूल्यमा पाएको बताइन्। ललितपुरको टंगल बजारमा कपडाको माला बेच्न बसेकी गीता चित्रकारले मालाको व्यापार सन्तोषजनक भएको बताइन्। उनले एक सयदेखि ६ सय रुपैयाँसम्मका कपडाका माला बिक्रीमा राखेकी छन्। तर गत वर्ष जत्तिको व्यापार नभएको उनले बताइन्। न्युरोडमा सप्तरंगी टीकाको व्यापारका लागि बसेका रामशरण मगरले मानिसको भीडभाड बढे पनि खासै व्यापार नभएको बताए।

बजारमा बिहान ९ बजेदेखि नै भीड सुरु हुन थालेको छ। असनका सडकछेउका स्थायी रुपमा राखिएका पसल मात्र होइन, सडकमा उभिएर, ठेलामा राखेर, टाउकामा राखेर, साइकलमा राखेर बिक्री गर्नेको भीड पनि थामिनसक्नु छ। मान्छेको भीड सडक र पसलमा उस्तै छ। तिहारका लागि किनमेल गर्न डल्लुबाट असन बजार आएकी लक्ष्मी श्रेष्ठले लाइनमा बसेर सामान किनेको बताइन्। उनले पनि तिहारमा आवश्यक सामानको मूल्य अघिल्लो वर्षको तुलनामा केही मात्रामा बढेको बताइन्। तिहारका लागि अधिकांश सामग्री भारतबाट ल्याउने हुँदा भन्सारका कारण पनि मूल्य बढेको असनका व्यापारी बताउँछन्।
अर्को समाचार
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
०४ कार्तिक २०८२
•
३ मिनेट पाठ
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ। बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ।




धरान उपमहानगरपालिका–२ का बिक्की दास बिहान ५:०० बजेदेखि बेलुका ८:०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आएका छन्। उनले भने, ‘बिहान र साँझ उपभोक्त बढी आउछन्। दिउँसो गर्मी हुने भएकाले कम ग्राहक कम आउँछन्। अहिले दैनिक रु १५ देखि २० हजारसम्मको कारोबार भइरहेको छ।’

अहिले बजारका हरेक सडकपेटीमा सयौँ व्यापारी व्यस्त छन्। दियो, रङ, मिठाइ, किसमिस, पूजाका लागि माटाका पाला, बत्तीलगायत तिहारमा आवश्यक पर्ने सामग्री बिक्रीले बजार रङ, सुगन्ध र झिलिमिलीले भरिएको छ।

धरानका सडकहरू अहिले तिहारको रौनकले चम्किरहेका छन्। मुख्य बजारका साना व्यापारीहरू, जसमा मिठाइ, किसमिस, दियो र अबिर बेच्नेको सङ्ख्या बढी छ। दैनिक रु २० हजारसम्म कारोबार गर्दै स्थानीय व्यापारीले आफ्नो आम्दानी जुटाइरहेका छन्।

तिहारका अवसरमा झिलिमिली चारैतिर देखिएको छ। किनमेल गर्ने सर्वसाधारणको घुइँचो लागेको छ। बत्ती, मिठाइ मसला र फूलहरूले बजार ढाकेको छ। दसैँपछि नेपालीको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडसँगै फूल माला, रङ र उज्यालो पर्वका रूपमा लिने गरिन्छ।

बत्ती व्यापारी निरज कोइरालाले भने, ‘पछिल्लो समय परम्परागत दियो बाल्ने चलन लोप हुँदै गएको छ। आधुनिक झिलिमिली बत्तीको माग बढी हुने भएकाले अहिले बिक्री बढी हुन्छ छ।’ बजारमा अहिले बिजुली (इलेक्ट्रिक) पसलदेखि विभिन्न खुद्रा पसलमा उपभोक्ताको घुइँचो लाग्ने गरेको उनको भनाइ छ। अन्य चाडपर्व र बिहेको याममा कम मात्र बिक्री भए पनि तिहारको समयमा अत्यधिक बिक्री हुने गरेको उनले जानकारी दिए। 

धरानको मुख्य बजार, भानुचोक, सब्जी मन्दिर पुरानो बजारलगायत ठाउँमा बत्ती, फूल मालालगायत सामग्री किन्ने र बेच्नेको भ्याइनभ्याइ छ। व्यापारीले तिहार आउन केही महिनाअघिदेखि झिलिमिली बत्ती बिक्री गर्नका लागि सामान ल्याइसकेका कोइरालाले बताए। 

तिहार सुरु भएसँगै बजार सक्रिय भएको र साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गर्दा मनग्य आम्दानी जुटाउने अवसर पाएका सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले बताए। 

उनले भने, ‘अहिले तिहारमा विशेष गरी सडकका पेटी र गल्लीमा पसल सञ्चालन गर्दा सबैभन्दा ठूलो चुनौती भीड र सडक व्यवस्थापन हो। कहिलेकाहीँ भीडले पसल वरिपरि आवागमन कठिन बनाउँछ। यस्तो समयमा संघले प्रशासनसँग मिलेर बजार व्यवस्थित र सुरक्षित राख्न सहयोग गरिरहेका छौँ, जसले व्यापारीले आफ्नो व्यापार वृद्धि गर्नसक्ने अवसर पनि पाउँछन्।’

सडकमा पसलको उचित व्यवस्था, भीड व्यवस्थापन र सुरक्षा मापदण्ड लागू गरेर ग्राहक र व्यापारी दुवैको सुरक्षा सुनिश्चित गर्न पहल भइरहेको उनले बताए। बजार प्रचार, व्यवसाय वृद्धि तालिम र सहुलियतपूर्ण सहयोग कार्यक्रममार्फत व्यापार अवसर बढाउन र ग्राहकलाई सुविधा दिन संघ सक्रिय रहेको उनको भनाइ छ। 

तिहारका अवसरमा सानासाना व्यापारीले धेरै मेहनत गरिरहेका छन्। यो समय सहरको सानो अर्थतन्त्र चलाउन महत्वपूर्ण छ। ‘ग्राहकको भीड बढ्दै गर्दा व्यापारीको उत्साह पनि बढ्छ र आफ्नो आम्दानी जुटाउन सकिरहेका छन्’, अध्यक्ष श्रेष्ठले भने। रासस
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस