दैनिक तीन सय टन चिनियाँ स्याउ आयात
१० कार्तिक २०७६
•
५ मिनेट पाठ
दैनिक तीन सय टन चिनियाँ स्याउ आयात
सिन्धुपाल्चोक – फलफूल उच्च खपत हुने पर्व तिहारलाई लक्ष्य गरेर उत्तरको मुख्य तातोपानी नाकाबाट दुई सातादेखि दैनिक तीन सय टनका दरले चिनियाँ स्याउ नेपाल आयात भइरहेको छ।




दसैं बिदा सकिएर नाका खुलेसँगै चिनियाँ स्याउको आयात ह्वात्तै बढेको हो। भारतीय र नेपालीको तुलनामा चिनियाँ स्याउ अधिक सस्तो भएकाले माग उच्च हुँदा आयात बढेको नेपाली व्यवसायी बताउँछन्। उनीहरुका अनुसार भारतीय र नेपालीभन्दा चिनियाँ स्याउ आधा (५० प्रतिशत) सस्तो छ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत केशवराज ओली दसैं बिदापछि यो नाका भएर चिनियाँ स्याउको आयात ह्वात्तै बढेको बताउँछन्। उनका अनुसार दैनिक औसतमा ३० कन्टेनर स्याउ राजधानी काठमाडौं भित्रिरहेको छ। दसैं बिदा सकिएपछि असोज २३ गतेबाट नाका खुलेको थियो। ‘कहिले त स्याउ आयात ३५ कन्टेनर नाघ्छ,’ भन्सार अधिकृत ओलीले नागरिकसँग भने।

२० प्रतिशत फुजी र ८० प्रतिशित चिनियाँ स्थानीय जातका स्याउ आयात भइरहेको उनले जानकारी दिए। भूकम्प गएको चार वर्षसम्म बन्द रहेको यो नाका गएको जेठ १५ गतेबाट पुनः सञ्चालनमा आएको थियो। आयात व्यापारमा क्रमिक सुधार आउँदै गर्दा दसैंअघिसम्म औसतमा ८–१० कन्टेनर चिनियाँ सामग्रीको आयात हुन्थ्यो। त्यसको आधा हिस्सा स्याउले ओगटेको थियो।

अहिले आयातको ९५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै दैनिक ३५ कन्टेनरसम्म स्याउ आयात हुने गरेको भन्सारको तथ्यांक छ। एउटा कन्टेनरले १० टन स्याउ बोक्छ। ह्वात्तै बढेको स्याउ आयातले नाका व्यापार पुरानै लयमा फर्कने संकेत देखिएको व्यवसायी बताउँछन्। भूकम्पअघि नाकाबाट दैनिक ६० कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुन्थ्यो।

भन्सार अधिकृत ओली तिहार नजिकिएकाले चिनियाँ स्याउको आयात ह्वात्तै बढेको बताउँछन्। उनका अनुसार चाडबाड लक्षित सामग्री भएकाले दैनिक आउने सबै स्याउ भन्सार प्रक्रिया पूरा गरेर राजधानी पठाउने गरिएको छ। भन्सारले फुजी जातको स्याउको प्रतिकेजी मूल्यांकन अमेरिकी ७० सेन्ट (८० रुपैयाँ) र सामान्य जातका स्याउको ५० सेन्ट (५७) रुपैयाँ निर्धारण गरेको छ। मूल्यांकनको १० प्रतिशत अग्रिम आयकर र कृषि सेवा शुल्क भन्सारले लिने गरेको छ।

व्यापारीले प्रतिकन्टेनर स्याउ राजधानी पु¥याएको ६० हजार रुपैयाँ भाडा तिर्छन्। चिनियाँ व्यापारीलाई तिरेको शुल्क, कृषि सेवा शुल्क, ढुवानी भाडामा नाफा राखेर राजधानीमा सामान्य जातका स्याउ प्रतिकेजी ९५ रुपैयाँमै झार्ने गरेको आयातकर्ता दीपक श्रेष्ठ बताउँछन्। उनका अनुसार यो मूल्यमा झर्ने स्याउ उपभोक्ताले एक सय २० देखि डेढ सय रुपैयाँ मूल्यमा खरिद गरिरहेका छन्।

‘नेपाली र भारतीयको तुलनामा चिनियाँ स्याउ आधा सस्तो हो,’ सस्तोकै कारण मध्यमवर्गीय नेपाली उपभोक्तामाझ चिनियाँ स्याउको माग उच्च रहेको उनले बताए। यतिबेला नेपाली र भारतीय स्याउ प्रतिकेजीको तीन सय रुपैयाँभन्दा बढी मूल्यमा किनबेच भइरहेको उनी सुनाउँछन्।

चिनियाँ मुद्रा युआन (घोर्मु) को सटही दर बढ्दा यो वर्ष चिनियाँ स्याउ अझै महँगिएको आयातकर्ता श्रेष्ठले जानकारी दिए। युआनको सटही दर यतिबेला १६ रुपैयाँ नाघेको छ। अघिल्लो वर्ष यही सयमा यो सटही दर १५ रुपैयाँको हाराहारीमा थियो। ‘यो वर्ष चिनियाँ स्याउ प्रतिकेजी ५० रुपैयाँसम्म महँगिएको छ,’ उनी भन्छन्, ‘महँगिँदा पनि अन्यत्रका भन्दा चिनियाँ स्याउ नै सस्तो पर्ने हुँदा मागमा कुनै असर पु-याएको छैन।’
अर्को समाचार
तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै
२९ असोज २०७९
•
२ मिनेट पाठ
तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै
तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ। चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो।




दसैँ सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन्। लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ प्रस्थान गरिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा गरिएको छ।  

तिहार पर्व नजिकिइसकेको र अर्कोतर्फ मन्दिरमा चढाउनेदेखि बिरामीलाई खुवाउनसमेत फलफूलका रूपमा स्याउ नै पहिलो रोजाइ हुने गरेका कारण व्यवसायीले फलफूलको आयातलाई प्राथमिकता दिँदै आएको व्यवसायी धर्म पौडेलले बताए। नेपाली व्यापारीले माग गरेलगतै चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले छिटो–छरितो रसुवागढी पुर्‍याउने गरेको व्यवसायीले बताउँदै आएका छन्।  

चालु आर्थिक वर्षको साउनदेखि दसैँ अगाडिसम्मको तथ्यांकले १६ कन्टेनर दाँते ओखर, चार कन्टेनर स्याउमात्र आयात भएको देखाएको छ। नेपालीको दोस्रो ठूलो चाडपर्व तिहार भएका कारण पछिल्लो समय स्याउका साथै ओखरको आयात बढ्न थालेको हो। अन्य सामानको सङ्ख्या सबै गणना गर्नुपर्ने र स्याउ तथा ओखरको शुल्कमा प्रति कन्टेनरको मात्र हिसाब हुने भएका कारण ढुवानीकर्ताको रोजाइ पहिलो फलफूल हुने गरेको पाइएको छ।

चीनको केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चिनियाँ सीमा अधिकारीले गत साउन २१ गतेदेखि भदौ २९ गतेसम्म बन्द गराएको आयात ३० गतेदेखि पुनः सुरु भएको र पहिलाको तुलनामा आयात परिमाणसमेत केही मात्रामा बढेको सीमा अधिकारीले बताएका छन्। चालु आर्थिक वर्षको गत साउनदेखि असोज २७ गतेसम्म आयात भएका सामग्रीको मूल्यांकनबाट कुल एक अर्ब ४१ करोड भन्सार शुल्कवापत राजस्व दाखिला भइसकेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए।  

आयात भएका सामग्रीमध्ये स्याउ तथा हाइड्रोपावरका सामग्रीको शुल्क अत्यन्तै कम हुने प्रावधान छ। भन्सार हातामा प्रवेश गरेका सामग्री छिटोभन्दा छिटो मूल्यांकन गराइ जाँचपास गराउन यथेष्ट मात्रामा जाँचकी परिचालन गरिएको अधिकृत भण्डारीले बताए।  

गत भदौ ३० गतेयता समग्रमा रेडिमेट एक सय ७८, हाइड्रोका ८०, मेडिकल सामग्री दुई, फर्निचर दुई कन्टेनर डिब्बा र इलेक्ट्री कार नौ, इलेक्ट्री स्कुटरी तीनवटा आयात भइसकेको सीमा सुरक्षाकर्मीले बताएका छन्। नारायणप्रसाद भण्डारी नयाँ प्रमुखका रूपमा गत महिनाबाट रसुवा भन्सरमा बहाली गर्नुभएपश्चात सामान जाँचपास प्रक्रिया छिटोछरितो हुन थालेको चालकहरूले बताएका छन्। रासस
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस