करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी फरार
१४ कार्तिक २०७६
•
८ मिनेट पाठ
करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी फरार
धनुषा – गरिब तथा विपन्न पारिवारलाई कर्जा नलिए बाँच्न गाह्रो छ। उनीहरूलाई अधारभूत आवश्यकता पूरा गर्न साहुमहाजनसँग ऋण लिनैपर्छ। खासगरी अतिविपन्न तथा बेरोजगार पारिवारले छोरीलाई बिहेमा दिनुपर्ने दाइजो, वैदेशिक रोजगारीमा जाँदा लाग्ने रकम, स्वास्थ्योपचारलगायत सामान्य घरखर्च चलाउन पनि ऋण लिनुपर्ने बाध्यता छ। तर, धनुषाको एक गाउँको कथा सुनेर कतिपयलाई पत्यार नलाग्न सक्छ, जहाँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरू कंगाल बनेका छन्।

जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दूरीमा पर्छ, शान्तिपुर गाउँ। बटेश्वर गाउँपालिका–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन्। मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्तिलाई ऋण दिए। तर, ऋण लिने व्यक्ति नै फरार भएपछि उनीहरू अहिले बिचल्लीमा छन्।

चार वर्षअघि गाउँकै सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंह छिमेकी लघुवित्त विकास बैंकको सहजकर्ता बनेर आइन्। जसोधाले मासिक बचत गर्नेगरी पाँचजनाका दरले पाँचवटा समूह बनाइन्। प्रतिमहिना सदस्यहरूले तीन सय रुपैयाँका दरले जम्मा गर्न थाले। जम्मा गरेको तीन वर्ष पनि बित्यो। तीन वर्ष पूरा भएपछि संस्थाकी कर्मचारी जसोधाले आफूलाई आवश्यक परेको भन्दै सदस्यले जम्मा गरेको पैसा निकालेर व्यक्तिगत काममा प्रयोग गरिन्। छिट्टै ब्याजसहित पैसा फिर्ता गर्ने आश्वासन उनले दिएकी थिइन्। गाउँलेका अनुसार उनले त्यो पैसा घर निर्माणमा खर्चिन्। बिस्तारै जसोधाले गाउँका समान्य महिलालाई अन्य तीन संस्थामा पनि आबद्ध गराइन् र सबै संस्थाबाट १६ प्रतिशत ब्यादरमा ऋण निकालेर ३६ प्रतिशत ब्याजमा लगाउन आग्रह गरिन्। अत्यन्तै चतुर स्वभावकी जसोधाले पछि आफूलाई नै ऋण चाहिएको भनेर सबैसँग पैसा मागिन्। त्यतिबेला आफू संस्थाको सहजकर्ता कर्मचारी भएकाले ऋण सहजै निस्केको र बिनाझन्झट आम्दानी गर्ने उपाय आफूसँग रहेको भन्दै सबै सदस्यलाई उनले सुझाएको पीडित सुवेदा खातुन सम्झिन्छिन्।

खातुनले आफू आबद्ध चारवटा लघुवित्त बैंक र साहुबाट गरी तीन लाख २० हजार रुपैयाँ कर्जा लिएको बताइन्। उनले निर्धन लघुवित्तबाट ५० हजार, स्वावलम्बन लघुवित्तबाट ३० हजार, फर्वार्ड माइक्रोफाइनान्सबाट ४० हजार, मिथिला लघुवित्त विकास बैंकबाट ५० हजार र साहुसँग १ लाख रुपैयाँ गरी तीन लाख २० हजार ऋण लिइन्। खातुनले बैंक र साहुसँग लिएको पैसा जसोधालाई ३६ प्रतिशत ब्याजदरमा ऋण दिइन्। तर सबै रुपैयाँ लिएर जसोधा शान्तिपुर गाउँ छाडी भागेपछि खातुनको बिचल्ली भएको छ। ‘सर हामी त बरबाद भयौं, हाम्रो सबै पैसा डुब्यो,’ उनले रुँदै भनिन्, ‘पति अझै गाली गर्छन्, कहिलेकाहीं त कुटपिट पनि गर्छन्।’

शान्तिपुरकै जसोधाबाट पीडित ३५ वर्षीया जहिरा खातुनले पशुपालनको भरमा सातजनाको परिवार चलाउँदै आएकी छिन्। उनले पनि लोभमा परेर

नेरुडे लघुवित्तबाट ६० हजार, फर्वार्डबाट ५० हजार, छिमेकीबाट ३० हजार, ग्रामीणबाट ५० हजार र २० हजार सापटी गरी २ लाख १० हजार बनाएर जसोधालाई ऋण दिइन्। तर, पैसा नतिरी जसोधा भागेपछि जहिरा पनि चिन्तित बनेकी छिन्। ‘पैसाको कुरा चलेपछि मलाई चक्कर आउन थाल्छ,’ उनले भनिन्, ‘कहिलेकाहीं त सोच्दासोच्दै बेहोस पनि भइहाल्छु।’

ऋण लिएर ऋण लगाएका उनीहरू अहिले पैसा फिर्ता नपाएपछि कंगाल नै भएका छन्। ३६ प्रतिशत ब्याज आउने आस गरेका उनीहरूको सपना पूरा नहुँदै ऋण लिने व्यक्ति जसोधा फरार आफूहरू मारमा परेको पीडितले बताए। ‘हाम्रो पैसा लिएर जसोधा भागिन्। तर, सहकारीले पैसा मागेपछि गाउँकै साहुसँग ३६ प्रतिशत ब्याज दरमा ऋण लिएर तिरेको जसोधाबाट पीडित अर्की नजमा खातुनले बताइन्। ‘मैले ऋण काढेर लिएको २ लाख ८० हजार रुपैयाँ लिएर जसोधा भागिन्। त्यो सबै पैसा मैले ३६ प्रतिशत ब्याजदरमा ऋण लिएर तिरेकी छु,’ उनले भनिन्, ‘गाउँका साहुले वास्तविकभन्दा चारगुणा बढी पैसा लिएको भनेर तमसुक गराएका छन्। भनेको बेला पैसा नदिँदा अलि हुसैन नामका साहुले गाई खोलेर लगे।’

पीडितमाथि नै मुद्दा

जसोधा गाउँका २५ जनाको करिब ३० लाख रुपैयाँ लिएर फरार भएपछि गाउँलले उनका ससुरा रामजी सिंहलाई ताकेता गर्न थाले। जसोधाले गाउँमा रहेको आफ्नो अंशको घर र जमिन बेचेकी थिइनन्। तर जसोधाका ससुराले आफूले सबै पैसा तिर्ने आश्वासन दिएपछि जसोधाले फरार अवस्थामै आफ्नो सैब सम्पत्ति बेचिन्। जसोधाले आफ्नो अंश बेचेपछि उनका ससुरा पनि पन्छिन थाले। गाउँलेले बारम्बार तोकता गर्न थालेपछि उनले गाउँलेविरुद्ध नै मुद्दा दर्ता गराए। उनले खजिजा खातुन र सहजादी खातुनमाथि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा मुद्दा दर्ता गराएका हुन्।

कहाँ पुग्यो घटना ?

गाउँलेको पैसा लिएर जसोधा भागेपछि सबैले महेन्द्रनगर प्रहरी चौकीमा संयुक्त उजुरी दिए। घटना यहाँ समाधान हुन नसक्ने भन्दै उसले जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको छ। तर, धनुषा प्रहरीले पनि चासो नदिँदा जसोधा पक्राउ परेकी छैनन्। गाउँका २५ जनाको मिलाएर करिब ३० लाख रुपैयाँ लिएर फरार भएकी जसोधाका सासूससुरा गाउँमै रहेकाले उनीहरूले उनका सासूससुराविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गराएका छन्।
अर्को समाचार
१६ लाख लिएर नक्कली कर्मचारी बेपत्ता
नागरिक
१८ फागुन २०७१
•
४ मिनेट पाठ
१६ लाख लिएर नक्कली कर्मचारी बेपत्ता
वीरगंज- सामान्य प्रशासन मन्त्रालयको फर्जी सरुवापत्र पेस गरी चार महिनादेखि जिल्ला विकास समिति कार्यालय बारामा काम गरिरहेका एक नक्कली कर्मचारी करिब १६ लाख रुपैयाँ लिएर फरार भएका छन्। भक्तपुर मगरगाउँ घर र धर्म रुवामगर नाम बताउने व्यक्ति मंसिर ८ मा मन्त्रालयको पत्रसाथ जिविस कार्यालयमा हाजिर भएका थिए। खरिदार तहको दरबन्दीमा आएका उनलाई कार्यालयले सुखीपथरा र देवापुर टेँटा गाविस सचिवको जिम्मेवारी दिएको थियो। फागुन ४ देखि एक्कासि सम्पर्कविहीन भएपछि स्थानीयले उनको खोजी सुरु गरेका थिए।कार्यालयबाट चार महिनादेखि तलबसमेत लिइसकेका उनले स्थानीय स्रोत र सरकारी बजेट गरी करिब १६ लाख रुपैयाँ कुम्ल्याएको खुलेको छ। सुखीपथराको विकास निर्माणको ३ लाख ५५ हजार र गाविस स्वामित्वको पोखरीको 'टेन्डर' बाट आएको ८ लाख ५० हजार रुपैयाँ उनले हात पारेको प्राविधिक सहायक रुदल यादवले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका छन्। त्यस्तै देवापुर टेँटाको विकास निर्माणको २ लाख र प्राविधिक सहायक उमेशप्रसाद यादवबाट २ लाख रुपैयाँ मगरले लगेको निमित्त स्थानीय विकास अधिकारी उमेश रेग्मीले बताए। 'हामीले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छौं, अनुसन्धान हुँदैछ,' रेग्मीले भने, 'दस–बाह्र दिनदेखि सम्पर्कविहीन रहेछ तर दुई दिनअगाडि मात्र हामीले थाहा पायांै। उसले किर्ते जालसाजी र रकम हिनामिना गरेको खुलेको छ।' गाउँलेले सामाजिक सुरक्षा भत्ताका लागि सचिवको खोजी गरेपछि बेपत्ता भएको खुलेको हो।

जिविसले खोजबिन थालेपछि ती व्यक्तिले अरु ठाउँबाट पनि सापटी वा अरु बहानामा पैसा लिएको खुलेको छ। ठगिनेमा पसले, पूर्व गाविस अध्यक्षदेखि जिविसका कर्मचारीसम्म छन्। 'बुझ्दै जाँदा फ्रड रहेछ भने खुल्यो,' रेग्मीले भने, 'उसले कार्यालयमा पेस गरेको कागजात हामीले छानबिनका लागि जिल्ला प्रशासनमा बुझाएका छौं।'

जिल्ला प्रशासनमार्फत बुझ्दा धर्म रुवामगर नामको व्यक्ति भक्तपुर मगरगाउँमै नभेटिएको प्रहरीले जनाएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको अनौपचारिक शिक्षा केन्द्रबाट सरुवा भएर सामान्य प्रशासनमा आएको र त्यहाँबाट स्थानीय विकास मन्त्रालय मातहतको जिविस कार्यालय बारामा दरबन्दी मिलाइएको व्यहोरासहितको पत्र ती व्यक्तिले पेस गरेका थिए। निजामती किताबखाना, अनौपचारिक शिक्षा केन्द्र वा सामान्य प्रशासन मन्त्रालय कहीँ पनि उनको नामको रेकर्ड नभेटिएको जिविस कार्यालय बाराले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस