प्रदेश १ मा बजेट कार्यान्वयन सुस्त
१८ कार्तिक २०७६
•
६ मिनेट पाठ
प्रदेश १ मा बजेट कार्यान्वयन सुस्त
विराटनगर – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्रदेश १ सरकारले चार प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरका अनुसार प्रदेश सरकारले असोज मसान्तसम्ममा करिब चार प्रतिशत बजेट मात्रै खर्च गरेको हो।




कार्यालयका सूचना अधिकारी अन्तिमकुमार आचार्यका अनुसार प्रदेश सरकारले असोज मसान्तसम्ममा चालुतर्फ ३.६ प्रतिशत र पुँजीगततर्फ ४.४ प्रतिशत बजेट खर्च गरेको छ। चालु आवका लागि सरकारले चालुतर्फ १८ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेकामा पहिलो त्रैमासमा ६७ करोड ५८ लाख ६८ हजार रुपैयाँ बजेट खर्च भएको छ।

यस्तै पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार रुपैयाँ बजेट विनियोजन गरेकामा एक अर्ब चार करोड ५४ लाख रुपैयाँ बजेट खर्च भएको छ। पहिलो त्रैमास भएकाले बजेट खर्च न्यून देखिए पनि बिस्तारै खर्च बढ्दै जाने आचार्यले बताए। वर्षायाम, चाडबाड, टेन्डर प्रकृयालगायत विविध कारणले पहिलो त्रैमासमा बजेट खर्च न्यून हुने गरेको आचार्यको भनाइ छ। ‘पहिलो त्रैमासमा न्यून बजेट खर्च भएको देखिए पनि दोस्रो त्रैमास देखि खर्चमा बढ्दै जान्छ,’ उनले भने। चालु आवका लागि प्रदेश सरकारले ४२ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ १८ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेकामा पहिलो त्रैमासमा ६७ करोड ५८ लाख ६८ हजार रुपैया“ बजेट खर्च भएको छ। 

समग्रमा हेर्दा पहिलो त्रैमासमा न्यून खर्च भएको देखिए पनि गत वर्षको तुलनामा भने खर्च बढेको आचार्यले बताए। गत वर्ष पहिलो त्रैमासमा प्रदेश सरकारले एक प्रतिश पनि खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकले देखाउँछ। कार्यालयको गत वर्षको पहिलो चौमासिक विवरण अनुसार कात्तिक मसान्तसम्ममा तीन करोड २० लाख रुपैयाँ मात्रै खर्च भएको थियो। जसमा चालुतर्फ ५३ करोड नौ लाख ७७ हजार र पु“जीगततर्फ दुई करोड ५८ लाख चार हजार रुपैयाँ खर्च भएको थियो। गत आवमा प्रदेश सरकारले ३५ अर्ब ९३ करोड बजेट विनियोजन गरेको थियो।

गत वर्ष बजेट खर्च गर्ने संरचना नभएर न्यून खर्च भएको बताउँदै आएको सरकारले चालु आवको पहिलो त्रैमासमा पनि उल्लेख्य मात्रामा बजेट खर्च गर्न सकेको छैन। बजेट कार्यान्वयन प्रभावकारी बनाउन भन्दै प्रदेश लेखा नियन्त्रण कार्यालयले ४१ बुँदे मार्गदर्शनसमेत जारी गरेको थियो। जसमा फागुन मसान्तभित्र काम सुरू नभएका योजनाको बजेट चैत १५ गतेभित्र फिर्ता गरिसक्नु पर्ने व्यवस्था छ। असोज मसान्तभित्र बोलपत्र मूल्यांकन तथा ठेक्का सम्झौता गरी त्यसको १५ दिनभित्रै काम सुरू गर्नुपर्ने व्यवस्था पनि मार्गदर्शनमा उल्लेख छ। यस्तै तेस्रो त्रैमाससम्ममा ५० प्रतिशत कार्य प्रगति नभएका योजनालाई बजेट नदिने व्यवस्था पनि मार्गदर्शनमा गरिएको छ।

प्रदेश सरकारले बजेट खर्च गर्ने प्रवृतिमा सुधार गर्ने भन्दै सबै मन्त्रालयलाई कार्ययोजना बनाएर लागू गर्न निर्देशन पनि दिएको थियो सरकारको निर्देशन अनुसार मन्त्रालयहरूले बजेट कार्यान्वयनको खाका तयार पारेर सार्वजनिकसमेत गरेका थिए। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन, प्रदेशमा विकास र समृद्धिको अभियान चलाउन सरकारले बजेट कार्यान्वयनको कार्ययोजना तयार पारेर लागू गरेको बताउँदै आएका छन्।

तर, बजेट कार्यान्वयनमा प्रदेश सरकारको पहिलो त्रैमासको प्रगति हेर्दा धेरै आशा गर्ने अवस्था भने देखिँदैन। बजेट खर्चमा मात्रै हैन सरकारको राजस्व असुलीको अवस्था पनि न्यून नै देखिन्छ। प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार चालु आवको पहिलो तीन महिनामा प्रदेश सरकारले दुई अर्ब ३१ करोड २१ लाख रुपैया“ राजस्व संकलन गरेको छ। जसमा केही शीर्षकको राजस्व भने बाँडफाँट हुन बाँकी रहेको सूचना अधिकारी आचार्यले जानकारी दिए।
अर्को समाचार
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
०३ जेष्ठ २०८३
•
२ मिनेट पाठ
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
चालु आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्र बाँकी रहँदा पनि लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन अत्यन्त सुस्त देखिएको छ।




विकास निर्माणका योजना प्रभावकारी रूपमा अघि बढ्न नसक्दा प्रदेश सरकारको समग्र खर्च प्रगति ४० प्रतिशतभन्दा कम भएको हो। अधिकांश मन्त्रालयले विनियोजित बजेटको आधा रकमसमेत खर्च गर्न नसकेको तथ्याङ्कले देखाएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ रु २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार र चालुतर्फ रु १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार गरी कुल रु ३८ अर्ब ८१ करोड बजेट विनियोजन गरेको थियो।

चालु वर्षको १० महिना सकिँदासम्म कुल बजेटको जम्मा ३९ दशमलव ९१ प्रतिशत मात्रै खर्च भएको छ। विशेषगरी विकास बजेट खर्चमा कमजोरी देखिएको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म चालु तथा पुँजीगत गरी प्रदेश सरकारले १३ अर्ब ७९ करोड ९१ लाख ८५ हजार ९४२ रुपैयाँ खर्च गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० महिनामा २६ दशमलव ६६ प्रतिशत अर्थात् रु १३ करोड ३७ लाख ८३ हजार मात्र खर्च गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले रु ६ करोड आठ लाख ६१ हजारमध्ये १६ दशमलव ३४ प्रतिशत खर्च गरेको छ।

त्यस्तै सहरी विकास तथा खानेपानी मन्त्रालयले रु दुई अर्ब पाँच करोड ६६ लाख ५४ हजार बजेटमध्ये ३६ दशमलव ५९ प्रतिशत खर्च गरेको छ भने सामाजिक विकास मन्त्रालयले रु ९६ करोड ४५ लाख ८० हजार बजेटमध्ये २६ दशमलव ६६ प्रतिशत मात्र खर्च गरेको छ।

स्वास्थ्य मन्त्रालयले रु दुई अर्ब ८८ करोड ३९ लाख ६१ हजारमध्ये हालसम्म ५८ दशमलव २३ प्रतिशत बजेट खर्च गरेको जनाएको छ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले रु ४३ करोड ८६ लाख २५ हजार अर्थात् २६ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ भने उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले रु ५३ करोड ४४ लाख ४५ हजारमध्ये २८ दशमलव ०७ प्रतिशत खर्च गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रु एक अर्ब चार करोड ६९ लाख २१ हजारमध्ये ३८ दशमलव ९८ प्रतिशत खर्च गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले रु ५३ करोड ४४ लाख ९८ हजार बजेटमध्ये ३५ दशमलव ५२ प्रतिशत खर्च गरेको छ।

त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु ४१ करोड २५ लाख ८६ हजार बजेटको ११ दशमलव २४ प्रतिशत मात्रै खर्च गरेको छ।

वन तथा वातावरण मन्त्रालयले रु एक अर्ब चार करोड ८१ लाख ८३ हजारमध्ये ४१ दशमलव १५ प्रतिशत खर्च गरेको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयले रु चार अर्ब २९ करोड ५७ लाख ४४ हजार बजेटमध्ये ४३ दशमलव २८ प्रतिशत खर्च गरेको जनाएको छ। रासस
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस