काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने करिब साढे चार अर्ब रुपैयाँ तिरेका छैनन्। १० वटा कम्पनीले असोजसम्म प्राधिकरणलाई तिर्नुपर्ने रोयल्टी, फ्रिक्वेन्सी तथा नवीकरण दस्तुर र जरिवानाबापतको रकम नतिरेका हुन्।
बक्यौता बुझाउन पटक–पटक ताकेता गरे पनि अटेर गरेको प्राधिकरणका प्र्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। प्राधिकरणका अनुसार १० वटा कम्पनीसँग करिब साढे चार अर्ब रुपैयाँ बक्यौता छ। अर्यालले भने, ‘धेरै रकम नतिर्ने कम्पनीको लाइसेन्ससमेत खारेज गरेका छौं।’
नेपाल स्याटेलाइट टेलिकमले प्राधिकरणलाई बुझाउनु पर्ने रोयल्टी, नवीकरण, फ्रिक्वेन्सीबापत दुई अर्ब ३२ करोड २५ लाख रुपैयाँ नबुझाएपछि प्राधिकरणले उक्त कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको थियो। उक्त कम्पनीले पुनरावलोकनका लागि सञ्चार प्रविधि तथा सूचना मन्त्रालयमा आवेदन दिएको छ।
प्राधिकरणका अनुसार युनाइटेड टेलिकम लिमिटेडले एक अर्ब ३० करोड ७८ लाख रुपैयाँ र नेपाल स्याटलाइट टेलिकमले ८२ करोड रुपैयाँ बक्यौता तिरेको छैन। त्यसैगरी वेब सर्फर नेपाल कम्युनिकेसन प्रालिले तीन करोड ७१ लाख ५४ हजार रुपैयाँ, इन्टेल कम्युनिकेसन प्रालिले ३७ लाख ७४ हजार, एलाइड लिंक टेक्नोलोजी प्रालिले एक लाख ८४ हजार, रोयल नेटवर्क प्रालिले एक लाख ७२ हजार, भायनेट कम्युनिकेसन प्रालिले १३ लाख १८ हजार रुपैयाँ तिर्न बाँकी छ।
दूरसञ्चार नियमावलीमा समयमै रोयल्टी रकम नबुझाउने र ढिलो गरी रोयल्टी रकम बुझाउनेलाई जरिवाना लगाउन सक्ने कानुनी व्यवस्था छ। संसद्को विकास तथा प्रविधि समितिले अनुमतिपत्र लिएर शुल्क नतिर्ने र सेवा नदिने दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई खारेजी प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। लाइन्सेन्स होल्ड गरेर सेवा विस्तार नगर्ने र तोकेको शुल्क नतिर्ने कम्पनीको इजाजत खारेज गर्नुपर्ने आवाज सांसदले उठाएपछि समितिले यस्तो निर्देशन दिएको थियो।