डढुवाले आलु खेती सखाप
१९ पौष २०७६
•
३ मिनेट पाठ
डढुवाले आलु खेती सखाप
डडेल्धुरा– डढुवा रोगका कारण आलु खेती सखाप हुन थालेको छ। भित्रि मधेश जोगबुडाको परशुराम नगरपालिका–११ सिमलवण्ड र वडा नम्बर १ सलौन लगायतका विभिन्न वडाहरुमा किसानले लगाएको आलुमा डढुवा रोगको प्रकोप बढेको छ।




डढुवाका कारण यस अघि फूल फुल्न नपाउँदै आलु सखाप हुन थालेको थियो। डढुवाले लह लहाउँदो आलुको डाँठ सुकेर मरेको र फल पनि नलागेको सलौनका किसान जय बहादुर बोहराको गुनासो छ। कृषि प्राविधिकहरुका अनुसार डढुवा रोग लागेको आलुबालीमा पात सुक्ने र रोगले जरासम्म असर पुर्‍याउने गर्दछ।

डढुवाको प्रकोपका कारण आलु पकेट क्षेत्रका आलु खेतीमा व्यापक नोक्सान भएको छ। वडा नम्बर ११ का सिमलवण्ड, सलेता, कराली लगायतका क्षेत्रमा डढुवा रोगको प्रकोप बढी देखिएको स्थानीय बताउँछन। 

व्यवसायिक रुपमा लगाईएको आलु खेती सबै नष्ट हुन थाले पछि किसान चिन्तित बनेका छन। अनुदानको बिउ राम्रो नदिएको तथा प्राबिधिकले भने अनुसार आलुमा औषधी छर्के पनि प्रकोप रोकिन नसकेको किसानको गुनासो छ। 

परशुराम नगरका अधिकांश वडामा लगाएको आलु खेती भित्र्याइसके पनि पनपा–४ कटाल लगायतका अन्य केही क्षेत्रमा लगाएको आलु खन्न बाँकी रहेको परशुराम नगरपालिका कृषि शाखा प्रमुख कृषि प्राविधिक कालु सिंह बोहराले बताए। 

किसानहरुले पटक–पटक डढुवा रोगको समस्या लिएर आएको भए पनि कृषि प्राविधिकहरुको सुझाव अनुसार विषादी छर्न नमान्दा यस्तो समस्या आएको उनले बताए। 

पछिल्ला केही वर्ष यता व्यावसायिकरुपमा तरकारी खेती गर्न तर्फ कृषकहरु आकर्षित भइरहे पनि बर्षेनी देखा पर्ने डढुवा रोगको प्रकोपका कारण कृषकहरु समस्यामा पर्ने गरेको वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर महराको भनाई छ। डढुवा रोगका कारण यस बर्ष आलु उत्पादनमा समेत ह्रास आउने देखिको छ। 

गत बर्ष ३० कुन्टल आलु फलेकोमा यस बर्ष डढुवाले आलुका बोट जती सबै सुकेकाले १५ कुन्टल पनि ननिस्कने भन्दै अमरगढी नगरपालिका–७ सल्लागाउँका किसान टिका बोहराले चिन्ता व्यक्त गरे। उनले करिब तिन रोपनीमा आलुखेती गर्दै आएका छन। 
अर्को समाचार
आलु खेतीमा डढुवा रोगको प्रकोप बढ्दो
०३ पौष २०७६
•
६ मिनेट पाठ
आलु खेतीमा डढुवा रोगको प्रकोप बढ्दो
डढुवा रोगको संक्रमण देखिएको आलुमा बिरुवा। बाली उपचार शिविरमा आलुमा देखिएको डढुवा रोगको नमुदा ल्याई पुगेका किसान।
डडेल्धुरा- आलु खेतीमा डढुवाको रोगको प्रकोप फैलिएको छ। यहाँका अधिकांश क्षेत्रमा लगाईएको आलुमा डढुवाको प्रकोप देखिएको हो। डढुवाले किसानको आलु सखाप भएपछि अहिले किसान गहुँ खेती गरि रहेका छन्। भदौ महिनामा लगाईएको आलुमा कात्तिक महिनामै डढुवा लागेर सखाप भएपछि किसानले गहुँ, जौँ खेती गर्न थालेका हुन्।




व्यवसायिक रुपमा चक्लामा आलु खेती गर्दै आएका परशुराम नगरपालिकाका चार जना किसानको पुरै आलु डढुवाले सखाप पारेको प्रधानमन्त्री कृषि आधुनिकिकरण आलु सुपरजोन परियोजनाका कृषि विकास अधिकृत खेमराज जोशीले बताए।

अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको हो। चिसो मौसम सुरुवता भएपछि किसानले आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको उनले बताए। अमरगढी नगरपालिका–७ पोखराका प्राय सबै किसानले लगाएको आलु खेतीमा डढुवाको संक्रमण फैलिएको छ।

आधा बढी किसानले आलु नष्ट भएपछि गहुँ खेती गरेको किसान गणेश बोहराले बताए। उनले करिब दुई कुन्टल आलु लगाएका थिए। यस्तै अनुदानमा आलुको बिउँ बाँडिएपछि यस वर्ष यहाँका अधिकांश किसानले एक कुन्टलदेखि १० कुन्टलसम्म आलु लगाएका थिए।

खेती गर्दा ध्यान दिने र प्राबिधिकको सल्लाह अनुसार समयमै खेतीपातीको रेखदेख गर्ने केही किसानको बारिमा मात्रै आलु बाँकी रहेको कृषि विकास अधिकृत जोशीले बताए।

व्यवसायिक रुपमा एक सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको छ। आलु सुपरजोन, स्थानीय पालिका र किसानको साझेदारी बिउँमा अनुदान पाई किसानले एक हजार कुन्टल आलुको बिउँ लगाईएको उनले बताए। आलु सुपरजोनले चक्लाबन्दिमा दिने अनुदानमा किसानले ६५ हेक्टर क्षेत्रफलमा आलु लगाईएको उनको भनाई छ। करिब दुई हप्तासम्म गरिएको बाली उपचार घुम्ति शिविर मा ९० प्रतिशत आलुमा लाग्ने पछौटे डढुवाका मात्रै नमुनाहरु आएको बाली संरक्षण प्रयोगशालाको तथ्यांक छ।

जिल्लाको अमरगढी नगरपालिका र गन्यापधुरा गाउपालिकाका दुई/दुई वडा गरी चार वटा वडामा सञ्चालित शिविरमा आलुको पछौटे डढुवाको समस्या देखिएको प्रयोगशालाका नायव प्राबिधिक सहायक सत्यराज जोशीले बताए।

यो रोग आलुबालिमा लाग्ने रोग मध्ये प्रमुख रोग हो। उनले भने, यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष बिकराल रूपमा बढी रहेको छ। पहाडी जिल्लाहरुमा पनि वर्षेनी यो रोगको प्रकोप बढीरहेको छ भने तराइका जिल्लामा महामारीको रुपमा फैली सकेको छ।

यसको लक्षण संक्रमण शुरुको अवस्थामा पातमा हल्का हरियो रंगका विभिन्न आकारका थोप्लाहरु देखिन्छन्। अनुकुलत वातावरण पाईरहेमा थोप्लाहरुको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ। ओसिलो वातावरणमा ढुसिको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेरा जस्तो देखिन्छ। रोग बढी हुँदै गयो भने पुरै पात सुकेर डढे जस्तो हुन्छ भने अनुकुल वातावरण भइ रह्यो भने पात, काण्ड, डाठ र दानामा समेत संक्रमण हुने उनी बताउँछन्।

फाइटफथोरा इन्फेस्टेन्स नामक ढुसी नै यो रोगको प्रमुख कारक तत्व भएको विशेषज्ञले बताएका छन्। यस प्रजातिका ढुसीहरु मध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाती नेपालमा पाईएका छन्। यस रोगको अनुकुल विकासको लागि बायुमण्डलको सापेक्षिक आद्रता ८०.९५५ र रातिको तापक्रम १०.१२ डिग्रसेल्सिय लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बिउ र माटोको माध्यमबाट यो रोग देखा पर्ने विशेषज्ञको भनाई छ।

यो रोगको व्यवस्थापन गर्नका लागि म्यान्कोजेब वा बेभिस्टिन २ ग्राम १ लिटर पानीमा हालेर आधा घन्टासम्म बिउँलाई भिजाएर छाँयामा सुकाएर रोप्ने र ट्राइकोड्रामा आधा र ५० किलो कम्पोस्टमा मिसाएर २–३ रोपनीमा मिलाएर खेत जोतेर मौसम प्रतिकुल हुने संकेत देखिने बित्तिकै कपरअक्सिक्लोराइड २ ग्राम १ लिटर पानीमा हालेर छर्ने तथा रोग लागेका बोटहरु तुरुन्तै हटाइ दिने सुझाव विशेषज्ञहरुको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस