जाजरकोट–डोल्पा सडक खण्डमा पाँच वटा बेलिब्रिज बन्दै
२२ पौष २०७६
•
४ मिनेट पाठ
जाजरकोट–डोल्पा सडक खण्डमा पाँच वटा बेलिब्रिज बन्दै
डोल्पा - डोल्पाबाट नेपालगन्जसम्मको पट्यार लाग्दो र झन्झटिलो जीप यात्राबाट डोल्पाली मुक्त हुने भएका छन्। जाजरकोट–डोल्पा सडक खण्ड अन्तरगत पर्ने भेरी नदिमाथि ०७७ असोज भित्रमा ठूला साना गरेर पाँच ओटा बेलिब्रिजपुल बन्ने भएपछि दर्जनौ जीप परिवर्तन गरेर झन्झटिलो जीप यात्रा गर्नु पर्ने बाध्यताबाट डोल्पाली मुक्त हुने भएका हुन्।




पहिलो चरण अन्तरगत जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने करबगाड खोला, डोल्पाको खदाङ्गस्थित हरियापानी, त्रिपुराकोटको छलगाड, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदि र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलिब्रिज निर्माण प्रकृया शुरु भएको छ। गएको मंसिरमा जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने विभिन्न स्थानमा निर्माण गर्नु पर्ने पुलहरुको प्रारम्भिक सर्बे सम्पन्न गरेको सडक विभागले भर्खरै मात्र निर्माण गर्नु पर्ने पाँच ओटा बेलिब्रिज पुलको अन्तिम डिजाइन समेत सम्पन्न गरेर फर्केको छ।

जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने ठुला साना गरेर पाँच ओटा नदिमाथिको पुलको डिजाइन (नक्साङ्कन) गर्ने जिम्मा विएनवी कन्सल्टेन्सीले पाएको थियो।सडक विभागबाट निर्माण गरिने बेलिब्रिज पुलको अन्तिम नक्साङ्कन गर्न डोल्पा पुगेका सडक विभागका इन्जिनियर रोसन केजुवाल र विएनवी कन्सल्टेन्सीका प्रतिनिधि सौरभ शाहा सहितको दुई सदस्यीय टोलीले जाजरकोट हुदै डोल्पाको रुपगाडसम्म निर्माण गर्नु पर्ने बेलिब्रिज पुलको अन्तिम डिजाइन सम्पन्न गरेर काठमाण्डौ फर्केको हो।

सडक विभागका इन्जिनियर रोसन केजुवालले करबगाड हुदै सदरमुकाम दुनैमा पर्ने रुपगाड सम्मका पाँच ओटा बेलिब्रिज पुलको अन्तिम नक्साङ्कन गर्ने कार्य सम्पन्न भएको र काठमाण्डौमा पुगेर बेलिब्रिजपुलको सम्पुर्ण प्राविधिक कार्य बढीमा एक महिना भित्रमा सम्पन्न हुने बताए। प्राविधिक कार्य सम्पन्न भएलगत्तै कन्सल्टेन्सीमार्फत सडक विभागले बेलिब्रिज निर्माण गर्छ। कम्पनीलाई पाँचओटा पुल बनाउन झण्डै ५ महिना लाग्छ। बेलिब्रिज बनाउने कार्य सम्पन्न भएपछि ०७७ असोज भित्रमा करबगाड हुँदै रुपगाड खोला सम्म निर्माण गर्नु पर्ने सबै पुल जडान भई सक्छन् इन्जिनियर केजुवालले भने। करबगाडदेखि रुपगाडसम्मका पाँच ओटा बेलिब्रिज निर्माण भई जडान भएपछि रुकुम पश्चिममा पर्ने छरेबगरदेखि दुनैसम्म सिधा यातायात संचालन हुने छ।

पुलको अभावमा विभिन्न दर्जनौ जीप परिवर्तन गरेर झन्झटिलो यात्रा गर्नु बाध्यता ०७७ असोजमा हट्ने विश्वास त्रिपुराकोट बजार ब्यवस्थापन समितिका अध्यक्ष पुर्णकेशर न्यौपानेले गरे। जाजरकोटको पासागाडदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको ११८ किलोमिटर लामो सडकको ट्रयाक खोल्ने कार्य नेपाली सेनाले ०७५ मंसिर ४ गते सम्पन्न गरेको थियो। ०७६ कार्तिक २१ गते नेपाली सेनाले सडक निर्माण गरेको एक वर्षपछि सडक विभागलाई जाजरकोट–डोल्पा सडक औपचारिक रुपमा हस्तान्तरण गरेको थियो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४० मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस