काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विशेष आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय समिति नै बनाएर अनुगमन गर्ने बताएका छन्। सेजका पूर्वाधारहरु अझै पूर्ण हुन नसकेको, उद्योगीहरूले आवश्यक सुविधा नपाएको र कतिपय उद्योगीले सेजमा उद्योग सञ्चालन गर्ने भनेर राखेको प्रस्ताव आवश्यक सुविधा नपाएको भन्दै बाहिरिएको अवस्थामा मन्त्री भट्टले आफू सहितको टिम गएर अनुगमन गर्ने र समाधानमा लाग्ने प्रतिबद्धता जनाएका हुन्।
‘हामीसँग दक्ष जनशक्तिको अभाव रहेको छ, प्राविधिक जनशक्तिको पनि अभाव भएको छ। सेजमा पनि केही समस्या छन् भन्ने विषयमा म, राज्यमन्त्री, सचिव लगायतको टिम नै बनाएर सेज अनुगमन गर्ने छौं, व्यवहारिक समस्या ‘अन द स्पट’ समाधान गरिने छ, नीतिगत सुधारको काम पनि भइरहेको छ,’ नेपाल आर्थिक पत्रकार समाज सेजन र समुन्नति फाउन्डेसनले भैरहवा सेजको अवस्थाबारे गरेको अन्तरक्रियामा मन्त्री भट्टले भने। मन्त्री भट्टले निर्यात वृद्धि गर्नका लागि ल्याइएको सेजनमा उद्योगी आकर्षिक नभएको विषयमा समस्या केलाएर समाधान गर्ने बताए। ‘भैरहवा मात्रै हैन सिमरामा पनि उद्योगी आकर्षित नभएको देखियो, के समस्या हो हामी समाधान गर्छौं,’ मन्त्री भट्टले भने।
उनले सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान अन्तर्गत अघि बढे पनि नयाँ परिवेशअनुसार सत्ताको अनुभव गराउन केही समस्या रहेको बताए। राजनीति वा कमर्चारीतन्त्रलाई मात्रै दोष दिएर अब नुपुग्ने भन्दै अब यस्ता समस्या केलाएर जाने बताए। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सेजमा देखिएमा समस्या समाधान गर्न मन्त्रालय केन्द्रित हुने बताए। उनले आर्थिक क्षेत्रको विकासका लागि सेजका जस्तै गरी अन्य क्षेत्रको पनि समस्या पहिचान गरेर अघि बढ्न पर्ने बताए। स्थिर र बलियो सरकार आउँदा पनि निजी क्षेत्र र आमजनाताले अपेक्षाकृत सुधार पाउन नसकेको अवस्थामा सरकारले यस्ता विषयलाई प्राथमिकता दिनुपर्ने राज्यमन्त्री दुगडको भनाइ छ।
उनले भैरहवा सेजमा २० रुपैयाँको भाडा नगन्य भए पनि अन्य समस्या समाधान गर्न केन्द्रित हुने बताए। सरकारले यस क्षेत्रमा उद्योग स्थपनाको लागि बैंकको ब्याजदर कम गर्न, समयमै पूर्वाधार विकास तथा मर्मतसम्भार गर्न सकिने बताए। उनले विशेष आर्थिक क्षेत्रमा उद्योग जानका लागि आकर्षित गरेर उद्योगलाई प्रोत्साहित गर्ने बताए। विशेष कमिटी बनाएर नै यस क्षेत्रका मस्या समाधान गने र अन्य सेजहरूमा ठाउ पाउनका लागि उद्योगी लाइन लाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने मन्त्री दुगको भनाइ छ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाधयक्ष अर्थ्विद् शंकर शर्माले आवेदन दिएकामध्ये पाँच उद्योगीले फिर्ता भएको विषयमा सरकारले कारण खोज्नुपर्ने बताए। अहिले पनि २२ वटा प्लट खाली रहेको विषय र १० वर्षअघि बनेका पूर्वाधार बिग्रेको र जंगल जस्तो देखिएका विषयलाई पनि सरकारले ध्यान दिनुपर्ने बताए। अथविद् शर्माले विशेष आर्थिक क्षेत्र सञ्चालन सम्बन्धी ऐन संशोधन भए पनि नियमावली नबनेसम्म अर्थ नरहेको भन्दै आगामी ६ महिनाभित्र नियमावली ल्याउन आग्रह गरे। विनियमावली नबनेका कारण कर्मचारी भर्ना नगरिएकाले विनियमावली बनाउन, बत्तीको समस्या समाधान गर्न, सबस्टेसन बनाउन टेन्डर लगाउन लगायत काम गर्नका लागि आग्रह गरे। त्यस्तै सेजमा कार्यकारी निर्देशक नियुक्ति छिट्टै गर्न पनि उनले आग्रह गरे।
नेपाल आर्थिक पत्रकार समाज सेजनले गरेको अध्ययन अनुसार सन् २००१ देखि भैरहवा सेजको प्रक्रिया सुरु भएकामा अहिलेसम्म तीनवटा उद्योग सञ्चालन भएका छन्। १३ वटाले उद्योग सञ्चालनको प्रतिबद्धता गरेको र पाँचवटा फिर्ता भएका छन्। फिर्ता भएका उद्योगले सेज जुन अवधारणाबाट आउनुपर्ने भनिएको थियो त्यसअनुसार नआएको, सेजका नाममा सरकारले जग्गा भाडामा लगाउने काम गरेको, एकद्वार नीति कार्यान्वयन नभएको जस्ता कारणले फर्कनु परेको बताएका छन्। त्यस्तै ६ वटा कम्पनीले अहिलेसम्म करिब ५० करोड रुपैयाँ बराबरको लगानी गरेको देखिएको छ।
सेजमा उद्योग स्थापना गरिरहेका उद्योगहरूले उत्पादनको ६० प्रतिशत निर्यात गर्न समस्या पर्नसक्ने बताएका छन्। उनीहरुले स्थानीय कार्यालयमा कर्मचारी नभएको पनि गुनासो गरेका छन्। स्थानीय निकायले वातावरण प्रभाव मूल्यांकन इआइए गर्न भनेर दवाव दिएको बताएका छन्। मागको आधारमा विद्युत् आपूर्ति नभएको पनि गुनासो उनीहरूको छ। सेज प्राधिकरणका उपसचिव सुन्दर थापाले मागको आधारमा बिजुलीको समस्या नभएको दाबी गरेका छन्। उनले मर्मतसम्भारमा भने अपेक्षित काम गर्न नसकेको स्वीकार गरे। ५८ कर्मचारीको दरबन्दीमा नौ कर्मचारीको भरमा सञ्चालन गर्नुपरेको उनको गुनासो छ। उनले अहिले भैरहवा सेजमा स्थपना भएका उद्योगले निर्यात सुरु गरिसकेको पनि जानकारी गराए।
भैरहवा सेजमा उद्योग सञ्चालन गरेका पञ्चकन्या उद्योगका प्रतिनिधि खडानन्दा चौधरीले मुख्य रुपमा बत्तीको नै समस्या परेको बताए। उनले कम कर्मचारी भएका कारण काममा सहजीकरण गर्न पनि समस्या रहेको बताए। उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले सेजको मूल मर्म नै निर्यातलाई प्रोत्साहित गर्ने भएको भन्दै निर्यात कम गर्नेतर्फ केन्द्रित नहुन आग्रह गरे। उद्योगीको माग बमोजिम ७५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्थालाई ६० प्रतिशतमा झारेको उनले बताए। उनले सेजमा विशेष सुविधा पनि दिएको भन्दै अन्य औद्योगिक क्षेत्रको अर्को नामजस्तो सेज गराउन नहुने बताए।
नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले सेजमा आगामी एक महिनाभित्र १५ मेगावाट विद्युत् दिन र यथास्थितिमा पाँच मेगावाट विद्युत् दिन समस्या नरहेको बताए। उनले सेज क्षेत्रमा सबस्टेसन निर्माण भएपछि विद्युत्को समस्या कम हुने उनको भनाइ छ।