काठमाडौं - ऊर्जा, जलसोत तथा सिँचाइमन्त्री वर्षमान पुनले संयुक्त अरब इमिरेट्स (युएई) लाई नवीकरणीय ऊर्जामा लगानी गर्न अनुरोध गरेका छन्। मन्त्री पुनले युएई भ्रमणका क्रममा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेरासँग शुक्रबार भेटघाट गर्दै नवीकरणीय ऊर्जामा लगानी गर्न अनुरोध गरेका हुन्।
मन्त्री पुनले भ्रमणका क्रममा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव गरेका छन् । मन्त्री पुनले नेपालमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा स्थिर सरकार र स्थिर नीति रहेको भन्दै ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको बताए । ‘नेपालमा पर्याप्त सम्भावना छ, त्यसैले ढुक्क भएर लगानी गर्नुहोस्,’ मन्त्री पुनले भने, ‘तपाईंको लगानी कुनै पनि हालतमा खेर जादैन।’
नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको स्मरण गराउँदै उनले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य ऊर्जाको हुने उल्लेख गरे । वर्षमा तीन सय ६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युत्सँगै सौर्य ऊर्जाका लागि पनि उपयुक्त स्थान भएको मन्त्री पुनको भनाइ छ। सरकारले सौर्य ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र स्थापना गरेको र त्यसले संस्थागत रुपमा काम गरिरहेको उनले बताए । भेटमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले नवीकरणीय ऊर्जा प्रयोगका लागि सहयकार्यको प्रस्ताव राखे ।
नवीकरणीय ऊर्जाको बजार विस्तारका लागि आयोजना गरिने लगानी सम्मेलनमा सहकार्य गर्न वैकल्पिक ऊर्जा केन्द्र र संघबीच सहकार्य गर्न सकिने बताए । महानिर्देशक क्यामेराले नेपालले सौर्य ऊर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सराहना व्यक्त गरे। उनले महत्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य ऊर्जा प्रवद्र्धनका लागि संघले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।