काठमाडौं - मुलुकको अग्रणी व्यावसायिक घराना पञ्चकन्या ग्रुपले नेपालमा एकै दिन दुई किसिमका सिपिभिसी नयाँ पाइप तथा फिटिङ्स बजारमा सार्वजनिक गरेको छ।
प्लास्टिक पाइप उत्पादनमा समेत अग्रणी पञ्चकन्या ग्रुप अन्तर्गतको पञ्चकन्या प्लास्ट प्रालिले पहिलोपटक आगो प्रतिरोधी पाइप बजारमा ल्याएको हो। कम्पनीले पारदर्शी फिटिङ्स पनि सार्वजनिक छ। योसँगै पारदर्शी फिटिङ्स उत्पादन गर्ने नेपाल विश्वकै दोस्रो मुलुक बनेको कम्पनीको दाबी छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी यी पाइप तथा फिटिङ्स सार्वजनिक गरिएको हो।
कम्पनीले दर्जनौं किसिमका प्लास्टिकका पाइप उत्पादन गर्दै आएको छ। यसै क्रममा लोकप्रिय जापानी कम्पनी सेकिसुईसँगको सहकार्यमा यी पाइप उत्पादन थालेको हो। पञ्चकन्या समूह नौ वर्षदेखि जापानको यो कम्पनीसँग सहकार्यमा छ।
पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्जल श्रेष्ठका अनुसार सिपिभिसीको नयाँ ग्रेडको फ्लेम प्रो पाइप तथा फिटिङ्समा आगो प्रतिरोधी क्षमताका अतिरिक्त जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा युभी रेसिस्टेन्ट जस्ता गुण छन्। ‘पञ्चकन्या पायनियर व्यापारिक घराना भएकाले अन्तर्राष्ट्रिय स्तरका नयाँ–नयाँ उत्पादन नेपाली बजारमा ल्याइरहेका छौं,’ पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘अहिले बजारमा ल्याइएका पाइप पनि यसैको निरन्तरता हो।’
जापानी कम्पनी सेकिसुईका महाप्रबन्धक टाका यामायुचीले आफ्नो कम्पनीको मूलमन्त्र गुणस्तर र वातावरणमैत्री उत्पादन रहेको बताए। ‘नेपालमा पञ्चकन्याका उत्पादन गुणस्तरीय देखिएका कारण हाम्रो कम्पनीले यस अन्तर्गतको कम्पनीसँग सहकार्य गरेको हो,’ यामायुचीले भने, ‘कम्पनी र उसको उत्पादनमा विश्वास नभएसम्म हामी कुनै पनि विदेशीसँग सहकार्य गर्दैनौं।’
आगो प्रतिरोधी फ्लम प्रो पाइप तथा फिटिङ
पञ्चकन्याले अहिले बजारमा ल्याएको नयाँ ग्रेडको फेलम प्रो पाइप तथा फिटिङ्स आगो प्रतिरोधी हो। यसमा जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा युभी रेसिस्टेन्ट जस्ता गुण छन्। कम्पनीका अनुसार यो पाइप वातावरणका हिसाबले अनुकूल र तुलनात्मक रुपले सस्तो पनि छ। यसमा जापानी कम्पनी सेकिसुईबाट उत्पादित कच्चा पदार्थ प्रयोग गरिन्छ। यी उत्पादनहरु आइएसओ ९००१ः२००१५ प्रमाणित र कम्तीमा ५० वर्ष टिक्ने कम्पनीले दाबी गरेको छ।
अहिलेसम्म आगो प्रतिरोधी पाइप प्रयोग गर्न चाहनेले विदेशबाट मगाउनुपर्ने बाध्यता थियो। अब यो बाध्यता हटेको छ। कानुनले अहिले पाँच र चारतारे होटलमा यस्तो आगो प्रतिरोधी क्षमताको पाइप राख्नुपर्ने व्यवस्था गरेको छ। कार्यकारी निर्देशक श्रेष्ठले सर्वसाधारणको सुरक्षाका लागि सरकारले सिनेमा हल, ठूला व्यापारिक कम्प्लेक्समा पनि यस्ता पाइप जडान गर्ने व्यवस्था गर्नुपर्नेमा जोड बताए।
सिपिभिसी पारदर्शी फिटिङ्स
पञ्चकन्या ग्रुपले नेपालमै पहिलोपटक बजारमा सार्वजनिक गरेको सिपिभिसी नयाँ ग्रेडका पारदर्शी फिटिङ्स धेरै रङ र विशेषतासहितको छ। कम्पनीका अनुसार यी फिटिङ्स तातो चिसो पानीका लागि उत्तम छन्। यी फिटिङ्स पारदर्शी हुनुका साथै जडान गर्न सजिलो, जडान गर्न महँगो सामान नचाहिने, सामान्य सिपिभिसी फिटिङ्सभन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका छन्।
कम्पनीले यी सबै फिटिङ्सहरु आइएसओ ९००१ः२००१५ स्ट्यान्डर्डबाट बनाइने बताएको छ। यस्तै, फिटिङ्स वातावरण अनुकूल, तुलनात्मक रुपले किफायती हुनुका साथै लोकप्रिय जापानी कम्पनी सेकिसुईले उत्पादन गरेको कच्चा पदार्थ प्रयोग गरिएको छ। यही कारण ५० वर्षसम्म टिकाउ हुने कम्पनीको दाबी छ। यो उत्पादनलाई प्लबिङ प्रणालीमा नयाँ विकल्पको रुपमा समेत लिन सकिने कम्पनीले जनाएको छ।
पञ्चकन्या सिपिभिसी पाइप तथा फिटिङ्समा नेपाल गुणस्तर चिह्न र भारतीय मानक ब्युरो आइएसआई प्राप्त गर्ने एकमात्र पहिलो नेपाली कम्पनी हो। यो कम्पनी गुणस्तरीय उत्पादनका लागि सधैं प्रतिबद्ध भएका कारण उपभोक्तामाझ लोकप्रिय बनेको छ।