विकासको साझेदार
०३ माघ २०७६
•
११ मिनेट पाठ
विकासको साझेदार
नेपालमा विकासका आयोजना समयमा सम्पन्न नहुनु कुनै नौलो कुरा होइन। सरकारले राष्ट्रिय गौरव नामकरण गरेका २१ ठूला आयोजना र तीन सय प्राथमिकताप्राप्त योजनामध्ये अधिकांशको भौतिक प्रगति वर्षौंदेखि निराशाजनक हुँदै आएको छ।

३० वर्षअघि सुरु गरिएको मेलम्ची खानेपानी आयोजना अझै पूरा हुन सकेको छैन। सरकारले चालु आर्थिक वर्ष उक्त आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि सम्पन्न भइहाल्छ भन्ने पत्याउने अझै कुनै विश्वसनीय आधार तयार नभएको आयोजनामा खटिएका प्राविधिक बताउँछन्। गत आर्थिक वर्षको सुरुवातमा सरकारी अधिकारीहरूले उक्त आयोजना सम्पन्न गर्ने दाबी गरे पनि आर्थिक वर्षको अन्त्यमा आयोजना सम्पन्न गर्नुको साटो ठेकेदार कम्पनी नै भागेपछि मेलम्ची झन् अन्योलमा प-यो। सरकारले राष्ट्रिय गौरवको रूपमा नामाकरण गरेका अधिकांश आयोजनाहरूको हालत यतिखेर मेलम्चीकै जस्तै छन्।

राष्ट्रिय गौरव नामाकरण गरिएका अधिकांश अयोजनामा ढिलासुस्ती भइरहँदा गत वर्ष एउटा आयोजनाले भने अचम्मलाग्दो प्रगति हात पा-यो। अधिकांश आयोजनाको निर्माण कार्य ढिलासुस्ती भइरहेको बेला अचम्मलाग्दो प्रगति हासिल गर्ने आयोजना हो– भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन। उक्त आयोजनाले साढे दुई वर्षमा सक्ने गरी १२.२ किलोमिटर लामो सुरुङ खन्ने कार्य एक वर्षअघि नै सम्पन्न गरेपछि त्यस प्रगतिले सबैको ध्यान तानेको थियो। तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न गर्दा उक्त आयोजनाले आमसर्वसाधारणलाई विकासको उत्साह मात्र जगाएन। सरकारले गर्ने लगानी पनि किफायती भयो। तोकिएको समयमै सुरुङ निर्माण सम्पन्न भएपछि उक्त आयोजनामा विनियोजित बजेट पनि थप गर्नु परेन।

अन्य ढिलाइ भइरहेका अधिकांश आयोजनामा सरकारले बर्सेनि बजेट थप गर्ने गर्छ। समयमै काम हुँदा भेरी–बबईको सुरुङ खन्न भने जति बजेट विनियोजन गरिएको थियो, त्यतिमै सम्पन्न भयो। भेरी–बबईमा सुरुङ खन्न १० अर्ब ५६ करोड रूपैयाँ खर्च भएको थियो। तोकिएको समयभन्दा छिटो काम सम्पन्न हुनु र विनियोजित बजेटमै सुरुङ निर्माण सम्पन्न हुनुको कारण भेरी–बबईमा अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिनु हो। टिबिएम प्रयोग नहुँदासम्म उक्त आयोजनाको निर्माण पनि कछुवा गतिमा थियो। श्रमिकको प्रयोग गरी सुरुङ खन्दा वर्षौंदेखि आयोजनाको प्रगति हुन नसकेपछि साढे दुई वर्षअघि आयोजनाले सुरुङ खन्न टिबिएम प्रयोग गर्ने निर्णय गरेको थियो। ‘टिबिएम प्रयोग गरिएका कारण निर्धारित समयभन्दा अघि नै सुरुङ निर्माण सम्पन्न भएको हो,’ आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले भने। भेरी नदीको पानीलाई सुर्खेतको चिप्लेमा बाँध निर्माण र हात्तीखालमा विद्युत् गृह बनाएर बर्दियाको बबईमा झार्ने योजना छ।

जुन आयोजनाबाट बर्दियाको ३६ र बाँकेको नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु-याउने तथा ४८ मेगावाट विद्युत् निकाल्ने योजना छ। टिबिएम नेपालमा पहिलोपटक प्रयोग गरिएको हो। प्रविधिको प्रयोगले छिटो काम सक्न सहज भएको आयोजनाका कर्मचारी बताउँछन्। चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक)ले सुरुङ निर्माण गरेको हो । निर्माणमा भइरहेको ढिलाइले कतिपय आयोजनाको लागत बढेर दोब्बर/तेब्बर समेत भएका तमाम उदाहरण हुन्। समयमै काम हुन नसक्दा लागत दोब्बर भएको राष्ट्रिय गौरवको एउटा आयोजना बाँकेमा निर्माण भइरहेको सिक्टा सिँचाइ हो। आर्थिक वर्ष २०६१/६२ मा सुरु गरी आर्थिक वर्ष २०७३/७४ मा सम्पन्न गर्ने सुरुको लक्ष्य अनुसार काम नहुँदा यतिखेर सिक्टाको लागत २५ अर्ब दुई करोड रूपैयाँ पुग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७३/७४ मा उक्त आयोजना सम्पन्न भएको भए करिब १२ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। निर्धारित अवधिमा काम नहुँदा सर्वसाधारणले समयमै विकास पाउन नसकेको मात्र नभई लागत नै २५ अर्ब रूपैयाँ पुगेको छ। संशोधित मूल्यांकन अनुसार आर्थिक वर्ष २०७९/८० मा सक्ने लक्ष्य लिइएको उक्त आयोजना अझै पनि समयमा पूरा नहुने हो भने २५ अर्ब दुई करोड रूपैयाँको लागत वृद्धि हुने आयोजनामा काम गर्ने प्राविधिक बताउँछन्।

उपकरण प्रयोग गरिएका कारण छिटो निर्माण कार्य सम्पन्न भएपछि पछिल्लो समयमा अन्य आयोजनामा पनि आधुनिक उपकरण प्रयोग गर्नुपर्ने आवाज उठेको छ। केही आयोजनामा सरकारले आधुनिक उपकरण प्रयोग गर्न खोजे पनि सबै आयोजनामा त्यस्ता उपकरण प्रयोग गर्न भने सकेको छैन। निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे नेपालमा विकासले गति लिन नसक्नुमा व्यवसायिक प्रशासनिक व्यवस्थापन क्षमता कमजोर रहेको बताउँछन्। ‘हामी पनि अझै सिक्ने क्रममै छौँ,’ उनले भने, ‘नेपालमा कन्स्ट्रक्सन म्यानेजमेन्ट सिकाउने स्कुल नै छैनन्। एक–दुई वटा बजारमा छन् भन्ने सुनिन्छ तर त्यो पर्याप्त होइन ।’ सरकारी निकाय मात्र नभई अधिकांश ठेकेदार अनुभव र उपकरणबिना काम गर्ने भएकाले विकासे योजनाको प्रगति कमजोर रहेको बताइन्छ।  पूर्वाधारविज्ञ राजेन्द्रप्रसाद अधिकारी नेपालमा स्रोत परिचालन, प्राविधिकलगायत समन्वय गर्न एउटा शक्तिशाली अंगको खाँचो परेको बताउँछन्।

संघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा उपकरणको महŒव निकै हुन्छ भनेर नै पहिलो पटक एक्सपोको आयोजना गर्न थालेको बताए। ‘निर्माण कार्यमा प्रयोग हुने सामग्रीका लागि विगतमा चीन, अमेरिका, युरोप लगायतका देशमा जाने गरेका थियांै,’ सिंहले भने, ‘त्यस्तो समस्या अन्त्य होस् भनेर एक्सपोको आयोजना गरेका हौं ।’ उनले २०२२ मा विश्वका २० देशका एक हजार ठेकेदारलाई बोलाई नेपालमै अन्तर्राष्ट्रिय स्तरको एक्सपो गर्ने योजना रहेको उनको भनाइ छ। विज्ञहरू यतिखेर नेपाल भौतिक पूर्वाधारको विकास गर्नै पर्ने दबाबमा रहेकाले लक्ष्य प्राप्ति गर्ने एक मात्र उपाय आधुनिक उपकरणको प्रयोग भएको बताउँछन्। आधुनिक उपकरणको प्रयोगबाट विश्वका थुप्रै मुलुकले भौतिक पूर्वाधारको विकासमा फड्को मारिसकेका छन्। तर, नेपालमा अझै पनि बेल्चा, गैटीजस्ता परम्परागत औजार प्रयोग गरेर निर्माण हुने ठानिन्छ।

परामर्श दातृ समाजका महासचिव कृष्ण सापकोटा हिजोका दिनसम्म निर्माण व्यवसायीका लागि नयाँ उपकरण प्रयोग गर्न नसक्ने अवस्था भए पनि अब त्यो अवस्था नभएको बताउँछन्। ‘निर्माण व्यवसायी उपकरणको बारेमा जानकार हुनु भनेको विकासका गति बढ्ने हो,’ उनले भने, ‘उपकरणको बारेमा जानकारी भए व्यवसायीले क्षमता अभिवृद्धि गर्छन्।  जसका कारण आयोजना समयमै सम्पन्न हन्छन्। अन्ततः यसको फाइदा जनताले नै पाउने हुन् ।’ नेपालको भौगोलिक अवस्थाले गर्दा निर्माणमा उपकरणको जतिसक्दो बढी प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव। ‘सुरुङ खन्न विकसित मुलुकले प्रयोग गरिरहेको टिबिएम प्रयोग गर्दा परम्परागत कामभन्दा निकै छिटो हुँदैन रहेछ,’ विज्ञ बालकृष्ण शर्माले भने, ‘टिबिएम जस्ता आधुनिक उपकरणको सहायता नलिने हो भने अबका वर्ष पनि त्यतिकै खेर जान्छन् ।’ नेपालमा अझै पनि केही व्यक्तिले रोजगारी सिर्जना गर्ने भन्दै विकास निर्माणका काममा उपकरणको साटो श्रमिकलाई प्रयोग गर्न चाहे पनि त्यस्तो सोच परम्परावादी भएको उनको भनाइ छ।
अर्को समाचार
नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँः अर्थमन्त्री
०९ वैशाख २०८३
•
३ मिनेट पाठ
नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँः अर्थमन्त्री
अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै विकासको विश्वासिलो साझेदार चीनसँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।  

चिनियाँ दूतावासले आज साँझ आयोजना गरेको ‘वसन्तको आवाज गीतसङ्गीतका साथ भित्री मङ्गोलियाको यात्रा’ कार्यक्रममा उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।  

अर्थमन्त्री डा वाग्लेले चीनसँगको दिगो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चीन र नेपालबीचका भौगोलिक एवं सांस्कृतिक समानताका विविध पक्ष सुनाए। उनले भित्री मङ्गोलियाको सांस्कृतिक वैभव द्विदेशीय सांस्कृतिक आदानप्रदानका निम्ति महत्वपूर्ण रहेको बताए ।  

शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई भूपरिवेष्टितबाट भूजडित तुल्याउन चिनियाँ पक्षबाट भएको सहयोगको सराहना गर्दै अर्थमन्त्री डा वाग्लेले चीनले हासिल गरेको विकासबाट नेपालले सिक्न चाहेको बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा चिनियाँ समृद्धि र त्यसबाट नेपालले पाठ सिक्दै आर्थिक समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने विषय समावेश गरेको छ’, उनले भने।

चिनियाँ सहयोगमा निर्मित चक्रपथ, त्यसको विस्तार, केरुङ–काठमाडौं सडक, रेलमार्गको सम्भाव्यता अध्ययन, मदन भण्डारी विश्वविद्यालय, निजामती अस्पताललगायत मुलुकको भौतिक पूर्वाधारमा प्राप्त सहयोग अतुलनीय रहेको अर्थमन्त्री डा वाग्लेले बताए ।  

नेपालमा चिनियाँ बैंक स्थापना, कृषि, पर्यटनलगायत पारस्परिक लाभका क्षेत्रमा अझ घनीभूत साझेदारीका निम्ति चिनियाँ पक्षसँग छलफल जारी रहेको बताउँदै उहाँले नेपालको चौतर्फी विकासका निम्ति दृढ सङ्कल्पका साथ क्रियाशील वर्तमान सरकारले सुशासन, आर्थिक र समृद्धिलाई केन्द्रमा राखेको जानकारी दिए ।

राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीले एकचीन सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउँदै पञ्चशीलका सिद्धान्तमा आधारित दुई देशबीचको यो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए।  

उनले नेपालको भरपर्दो विकास साझेदार चीनबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरे। दुई देशबीचको विद्यमान सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउनुपर्नेमा जोड दिँदै उपाध्यक्ष भण्डारीले सात दशक पुरानो नेपाल–चीन सम्बन्ध आर्थिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा पनि सघन हुँदै गएकामा प्रसन्नता प्रकट गरे।

नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपालमैत्री तथा सहयोगका निम्ति नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गर्दै नेपालको संस्कृति एवं प्राकृतिक सौन्दर्यबाट आफू मन्त्रमुग्ध भएको बताए ।  

चीन–नेपाल रणनीतिक साझेदारीलाई अनन्तकालसम्म चिरस्थायी बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै उनले ‘बेल्ट एण्ड रोड’का माध्यमबाट नेपालको विकास प्रयासमा अझ सहयोग गर्ने चिनियाँ चाहना सुनाए ।  

हालै चीनले पारित गरेको १५औँ पञ्चवर्षीय योजना चीनको विकासका निम्ति मात्र नभई छिमेकी राष्ट्रहरुको उन्नयनमा पनि सहयोगी हुने विश्वास राजदूत चाङले व्यक्त गरे ।

जनस्तरको द्विदेशीय सम्बन्धलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने दृढता दोहोर्‍याउँदै उनले विगतमा भएका सहमति एवं सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

त्यसअवसरमा भित्री मङ्गोलियाका लोक संस्कृति, गीतसङ्गीत भित्री मङ्गोलिया स्वायत्त प्रदेशका कलाकारहरुले प्रस्तुत गरेका थिए ।  

कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, पूर्वसभामुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका चिनियाँ तथा समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस