दुई सातादेखि कतारमा शव अलपत्र
२० माघ २०७६
•
१० मिनेट पाठ
दुई सातादेखि कतारमा शव अलपत्र
आर्थिक सहायताका लागि बोर्ड सचिवालयमा पुगेका सर्वसाधारण। तस्बिर : रुद्र/नागरिक
काठमाडौं - रौतहट, चन्द्रपुर–८ सन्तपुरका रोशनकुमार चौधरीको पछिल्लो दुई साता कतारमा रहेका नेपाली राजदूतावासमा फोन गर्ने र काठमाडौंमा रहेका वैदेशिक रोजगारीसम्बद्ध निकाय धाउँदैमा बितिरहेको छ। रोजगारीका लागि कतार पुगेका ४६ वर्षीय पिता लक्ष्मणको उतै ‘निधन’ भएपछि रोशनकुमारको दौडधुप भइरहेको हो। पिताको शव घरसम्म ल्याउन रोशनकुमारले जतिसुकै दौडधुप गरे पनि अहिलेसम्म कुनै उपलब्धि हात लागेको छैन।

‘पिताको शव घरमा पठाइदिनुप-यो भनेर दैनिकजसो कतारस्थित नेपाली राजदूतावासमा फोन गरिरहेको छु,’ आइतबार सहयोगका लागि वैदेशिक रोजगार बोेर्डको सचिवालय पुगेका रोशनले नागरिकसँग भने, ‘सबैले काम भइरहेको छ भन्छन्। तर कहिले शव आइपुग्छ यकिन छैन।’ १४ वर्षदेखि कतारको रिक्लाइमेसन तेल कम्पनीमा हेड मेकानिक्सको रूपमा कार्यरत लक्ष्मण पुनः वैदेशिक रोजगारीमा नजाने गरी यही फागुन महिना घर फर्कने तयारीमा थिए। ‘अर्को महिना १४ वर्षदेखि गर्दै आइरहेको काम छाडेर घर आउँदै गरेका कारण सबै परिवार उत्साही थियौं,’ छोराले भने, ‘एक्कासि बुबाको निधन भएको खबर सुन्दा मर्माहत छौं।’

सरकारले लामो समयदेखि वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्दै आए पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन । चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कात्तिकसम्म) वैदेशिक रोजगारीको क्रममा दुई सय ५१ को मृत्यु भएको छ ।

काम गर्दै आएको कम्पनीले लक्ष्मणले आत्महत्या गरेको घर परिवारलाई जानकारी दिए पनि चौधरी परिवारले त्यस्तो सूचना गलत भएको बताइरहेको छ। लक्ष्मणले माघ ५ गते कार्यरत कम्पनीमै झुण्डिएर आत्महत्या गरेको जानकारी दिइएको छ। ‘कम्पनीले आत्महत्या गरेको जानकारी दिए पनि बुबाले आत्महत्या गर्नुपर्ने कुनै कारण छैन,’ छोरा रोशनले भने, ‘आत्महत्या गरेको भनिएको अघिल्लो दिन म र आमासँग करिब आधा घन्टा कुरा भएको थियो। निराशाको कुनै छनक पाएका थिएनौं।’ रोशनले केही महिनाअघि आफूले चन्द्रनिगाहपुर नगरपालिकामा कम्प्युटर अपरेटरको रूपमा नाम निकाल्दा पिता हर्षित हुँदै कतारमा मिठाइ बाँडेको समेत सुनाए। ‘पिताको  मासिक पारिश्रमिक पनि एक लाख रुपैयाँ हाराहारी थियो। घरपरिवारमा पनि चिन्ता गर्नुपर्ने कुनै कारण थिएन,’ रोशनले भने, ‘सबै परिस्थिति हेर्दा आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन।’

सरकारले लामो समयदेखि वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्दै आए पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन। चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कात्तिकसम्म) वैदेशिक रोजगारीको क्रममा दुई सय ५१ को मृत्यु भएको छ।


कतारबाट पठाइएको तस्बिर आत्महत्या गरेको जस्तो नदेखिएकाले पनि मृतकको परिवारले हत्या भएको आंशका गरिरहेको छ। ‘कतारबाट पठाएको तस्बिर हेर्दा आत्महत्या जस्तो देखिँदैन,’ रोशनले भने, ‘हत्या भएको दुई साता बितिसक्दा पनि शव घर नआउँदा अनेक शंका उत्पन्न भइरहेको छ।’ कम्पनीमै श्रमिकको हत्या भएको खबर सार्वजनिक हुँदा रोजगारदाताको बेइज्जत हुने र मृतकको परिवारलाई ठूलो रकम उपलब्ध गराउनुपर्ने बाध्यताले गर्दा शव झिकाउन ढिलाइ भइरहेको हुन सक्ने चौधरी परिवारको आंशका छ। ‘हत्या गरेर आत्महत्या भएको देखाउनलाई शव झिकाउन ढिलाइ गरिरहेको आंशका  गरिएकाले दिनहुँजसो राजदूतावासमा फोन गर्ने र बोर्ड सचिवालय धाउने गरिरहेको छु,’ रोशनले भने, ‘तर नेपालको तर्फबाट रोजगारदाता कम्पनीलाई दबाब दिने काम भएजस्तो लाग्दैन।’

रोशनले कतारस्थित राजदूतावासका कर्मचारीले जति फोन गर्दा पनि राम्रोसँग रेस्पोन्स नगरेको गुनासो गरे। ‘यहाँबाट फोन गर्दा सुरुमा दूतावासका कर्मचारीले कुराकानी गरेका थिए,’ रोशनले भने, ‘कुराकानी भएको केही बेरमै पछि फोन गर्छु भन्दै सम्पर्क टुटाएका कर्मचारीले त्यसपछि जति फोन गर्दा पनि कुरै गर्न मान्दैनन्।’ जति फोन गर्दा पनि कार्यालयका सहयोगीले मात्र उठाउने गरेको उनको गुनासो छ।

बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पनि लक्ष्मणको शव झिकाउन आफूले कतारस्थित राजदूतावासका कर्मचारीसँग समन्वय गरिरहेको बताए। ‘कतार राजदूतावासबाट शव झिकाउनका लागि अझै प्रक्रिया बाँकी रहेको जानकारी पाएको छु,’ उनले भने। सचिवालयका कर्मचारीका अनुसार यसअघि अन्य गन्तव्यको तुलनामा कतारबाट शव आउन बढीमा एक सातासम्म समय लाग्ने गर्थ्यो । ‘मृत्यु भएको दुई साता बितिसक्दा पनि शव आउने यकिन नभएपछि मृतकका परिवार आक्रोशित हुनु स्वाभाविक हो,’ सचिवालयका कर्मचारीले भने, ‘तैपनि हामी भर पर्ने भनेको नियोगसँगै हो।’ कर्मचारीका अनुसार यतिखेर शव झिकाउन सबभन्दा कठिन साउदी अरेबियाबाट छ। साउदी अरेबियाबाट भने शव झिकाउन तीन महिनासम्म लाग्ने कर्मचारीको भनाइ छ।

सचिवालयले वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिको शव घरसम्म पु-याउनेदेखि परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ। त्यस्तै बिमा कम्पनीहरूले मृतकका परिवारलाई प्रतिव्यक्ति १४ लाख रुपैयाँसम्म उपलब्ध गराउँछन्। सचिवालय र बिमा कम्पनीले उपलब्ध गराउने आर्थिक सहायता पाउनका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको हुनुपर्छ। श्रम स्वीकृति नलिई तेस्रो मुलुक हुँदै वैदेशिक रोजगारीमा गएकाको निधन भयो भने त्यस्तो सुविधा पाइँदैन।

सरकारले लामो समयदेखि वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्दै आए पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन। चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कात्तिकसम्म) वैदेशिक रोजगारीको क्रममा दुई सय ५१ को मृत्यु भएको छ। त्यस्तै सोही अवधिमा एक सय १९ श्रमिक रोजगारीको क्रममा अंगभंग भएको सचिवालले जनाएको छ। वैदेशिक रोजगारीको क्रममा अंगभंग हुनेलाई पनि सचिवालयले सात लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँछ। सचिवालयले आर्थिक वर्ष २०७५/७६ मा मृत्यु भएका सात सय ५३ श्रमिकका आफन्तलाई ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ उपलब्ध गराएको थियो। त्यस्तै त्यस आर्थिक वर्ष अंगभंग हुने व्यक्ति (तीन सय ३५) लाई नौ करोड १५ लाख रुपैयाँ उपलब्ध गराएको सचिवालयले जनाएको छ।

सचिवालयले सोही वर्ष विदेशमा मृृत्यु भई अलपत्र परेका शव विदेशबाट काठमाडौंसम्म ल्याउन ७८ लाख ५८ हजार रुपैयाँ र सबै मृतकको शव घरसम्म ढुवानी गर्न एक करोड ५७ लाख ६० हजार  रुपैयाँ खर्च गरेको थियो। वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिको शव घरसम्म पु-याउने दायित्व रोजगारदाताको भए पनि केही रोजगारदाता अटेरी हुँदा बोर्डले नै त्यस्ता शव घरसम्म पु-याउने गर्छ।
अर्को समाचार
कतारमा नेपाली युवतीको शव अलपत्र
०६ पौष २०७३
•
४ मिनेट पाठ
कतारमा नेपाली युवतीको शव अलपत्र
दोलखा—कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन। 

मृतकका दाइ सपुन थामीले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको र सुशीलासँग विवाद हुनुनै हत्याको प्रमाण भएको बताए। तर प्रमाण नष्ट गरेर हत्यारालाई उन्मुक्ति दिने र आफूहरुलाई थप पीडा दिने काम भइरहेको उनको गुनासो छ।

वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दु थामीको गत मङ्सिर २४ गते रहस्यमयरुपमा मृत्यु भएको थियो। 

कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको हो। तर दुई साता बित्न लाग्दा समेत घटनाको छानबिन र शव स्वदेश ल्याउनेबारे सम्बन्धित निकायले कुनै पहल नगरेको मृतकका भाइ गोविन्द थामीले बताए। 

'घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभागलगायतका निकायमा गए पनि कुनै सुनुवाइ भएको छैन', उनले भने। कोठामा सँगैबस्ने दोलखा सुष्पाक्षमावती माइती घर भई सिन्धुपाल्चोक विवाह गरेकी सुशीला बुढाथोकीको प्रत्यक्ष संलग्नतामा उनको हत्या भएको आफन्तजनको आरोप छ। 

आफन्तजनका अनुसार सुशीलासँग गम्भीर विवाद भएको भोलिपल्ट विन्दुलाई मृत भेटिएको हो। मृतकको शव दोहास्थित एक अस्पतालमा रहेको र त्यहाँको प्रहरीले घटनाबारे केही छानबिन गरिरहेको बताइएको छ। मृतकका आफन्तजनले भने एकपक्षीय रुपमा घटनाको छानबिन गराएर घटनालाई आत्महत्या बनाई दोषीलाई उन्मुक्ति दिने र पीडित परिवारलाई क्षतिपूर्ति नदिलाउने चलखेल भइरहेको बताएका छन्। 

मृतकका दाइ सपुन थामीले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको र सुशीलासँग विवाद हुनुनै हत्याको प्रमाण भएको बताए। तर प्रमाण नष्ट गरेर हत्यारालाई उन्मुक्ति दिने र आफूहरुलाई थप पीडा दिने काम भइरहेको उनको गुनासो छ। 

घटना भएको जानकारी पाएदेखिनै मृतकका आफन्तजन नुन बारेर बसेका छन्। मृतक थामीलाई काठमाडौँ धापासीस्थित एसओएस मेनपावरले क्लिनरको रुपमा डेढ वर्षअघि कतार पठाएको हो। 

उक्त कम्पनीले कतारबाट प्रहरी रिपोर्ट प्राप्त भएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्नसक्ने जनाएको छ। असुरक्षित मानिएको खाडीमुलुकमा यसअघि महिला कामदार पठाउन सरकारले प्रतिबन्ध लगाए पनि फुकुवा गरिसकेको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस