पर्यटन प्रवर्द्धनमा स्थानीय तह
२१ माघ २०७६
•
३ मिनेट पाठ
पर्यटन प्रवर्द्धनमा स्थानीय तह
पर्यटन प्रवर्द्धन गर्न सिम्रौनगढ नगरपालिकाद्वारा आयोजित कार्यक्रमका सहभागी। तस्बिर : नागरिक
बारा – नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसँगै जिल्लाका स्थानीय तहहरू पर्यटकीय क्षेत्रको सिँगारपटार र प्रचारप्रसारमा जुटेका छन्। पर्यटक भित्र्याउन सकिने ऐतिहासिक, धार्मिक तथा रमणीय स्थानको संरक्षणमा कतिपय स्थानीय तहले अग्रसरता देखाउन थालेका छन्।




सिम्रौनगढ नगरपालिका क्षेत्रमा पर्ने रानीबास मन्दिर, देशभरमै सबैभन्दा ठूला मानवनिर्मित झरोखर पोखरी, कंकाली पोखरीलगायत स्थान पर्यटक तान्न सक्ने खालको रहेको र ती स्थानको सौन्दर्यीकरण भइरहेको नगर प्रमुख विजयशंकर यादवले बताएका छन्। सिम्रौनगढ पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने सम्भावन रहेको यादवको भनाइ छ। एक महिनाअघि मात्रै गढीमाई मेलामा ७० लाखको हाराहारीमा श्रद्धालु भित्रयाउन सफल महागढीमाई नगरपालिका गढीमाई मन्दिरमा दैनिक रूपमा धार्मिक पर्यटक भित्रयाउन लागिपरेको नगर प्रमुख उपेन्द्र यादवले बताए। गढीमाई मन्दिरको सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्नुका साथै मन्दिरसँगै रहेको पोखरीमा पर्यटनलाई लोभ्याउने सूर्यमन्दिर र सिसमहल निर्माणमा समेत नगरपालिका लागेको नगरप्रमुख यादवले दाबी गरे।

मोहरी पार्कमा पर्यटन भित्र्याउन निजगढ नगरापालिकाले भौतिक पूर्वधारमा लगानी गरेको जनाइएको छ। मोहरीमा रहेको झोलुंगे पुल, पूर्वटोलमा रहेको पोखरीमा डुंगामार्फत जलविहार र सहिद हीरालाल पार्कमा रहेको भ्युटावरको व्यवस्थाले निजगढ पर्यटक आकर्षणको केन्द्रबिन्दु हुने दाबी बारा जिल्लाको भ्रमण वर्ष शुभारम्भ मूल समारोह समितिका सदस्य महेश्वर अधिकारीले गरे। प्रदेश २ को एक मात्र राष्ट्रिय निकुञ्ज रहेको पर्साको जितपुरसिमरा उपमहानगरपालिकाले पनि निकुञ्जमा पर्यटनहरूलाई भित्रियाउने विभिन्न कार्यक्रम सुरु गरेको बताएको छ। भ्रमण वर्ष–२०२० मा पर्यटन भित्र्याउन निजगढमा राइड टु निजगढ कार्यक्रमसमेत गरिएको अधिकारीले बताए। जितपुर सिमरा–२१ को कार्यालयले पनि भ्रमण वर्षका लागि पर्सा राष्ट्रिय निकुञ्जनजिकैको अमलेखगन्जस्थित हात्तीसार पिकनिक स्पटमा गर्न लागिएको अधिकारीले बताए।

१६ स्थानीय तह रहेको बारामा कुनै स्थानीय तहले पर्यटन वर्षलाई सफल बनाउन होर्डिङ बोर्ड निर्माण गरी स्थानीय तहमा प्रचार सुरु गरेका छन् भने कतिपयले सार्वजनिक कार्यक्रम नै गरेर त्यसको प्रचारप्रसारमा जुटेका छन्।
अर्को समाचार
स्थानीय स्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा
२५ माघ २०८२
•
२ मिनेट पाठ
स्थानीय स्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा
स्थानीय स्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएका छन्। 




खेल तथा मेलाका अवसरमा स्थानीय पालिकासहित छिमेकी जिल्ला तथा देशका विभिन्न स्थानबाट आउने खेलाडी र खेल प्रेमीको उपस्थितिले यहाँको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव परेको स्थानीयवासीले बताएका छन्।

खेलकुदलाई पर्यटन प्रवर्द्धनको आधार बनाउँदै जिल्लाको पौवादुङमा गाउँपालिकाले हालै तेस्रो पौवादुङमा गोल्डकप तथा माघी मेला सफलतापूर्वक सम्पन्न गरेको छ। प्रतियोगिता तथा मेलाका कारण जिल्लाभित्र र बाहिरबाट आएका आगन्तुकको उपस्थितिले स्थानीय पर्यटन र व्यवसायमा सकारात्मक प्रभाव पारेको छ।

गोल्डकप तथा माघी मेलाका अवसरमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरिएको थियो। घरेलु कृषि उपज, हस्तकला सामग्री तथा परम्परागत खानाका स्टलहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए। यसले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्नुका साथै किसान र उद्यमीलाई प्रोत्साहन मिलेको गाउँपालिकाले जनाएको छ।

स्थानीय स्तरमा सञ्चालन हुने यस्ता खेलकुद प्रतियोगिता तथा सांस्कृतिक मेलाले रोजगारी सृजना, आर्थिक गतिविधि विस्तार र गाउँको पहिचान निर्माणमा योगदान पुर्‍याउँदै आएका छन्। स्थानीयवासीले यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

शुक्रबार सम्पन्न गोल्डकप तथा माघी मेलामा सहभागी हुन गाउँपालिकाका विभिन्न वडासहित छिमेकी जिल्ला तथा देशका अन्य स्थानबाट खेलाडी, प्रशिक्षक, दर्शक र खेल प्रेमीको बाक्लो उपस्थिति देखिएको थियो। प्रतियोगिता अवलोकनका लागि बाहिरबाट आएका आगन्तुकका कारण होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसायसमेत चलायमान बनेको स्थानीय व्यवसायी दिनेश अधिकारीले बताए।

‘यस्ता प्रतियोगिता हुँदा बाहिरबाट धेरै मानिस आउँछन्’, उनले भने, ‘यसले खेलकुदसँगै गाउँको चिनारी बढाएको छ। होटल तथा व्यापार व्यवसायलाई पनि फाइदा पुगेको छ।’

खेलकुद क्षेत्रको विकाससँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ पौवादुङमा गाउँपालिकाले विगतका वर्षदेखि नै पौवादुङमा गोल्डकप तथा माघी मेला आयोजना गर्दै आएको छ। गाउँपालिकाले यस्ता कार्यक्रममार्फत स्थानीय सम्भावना उजागर गर्ने र गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने रणनीति लिएको जनाएको छ।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। ‘खेलकुद र संस्कृति जोडिएका कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको छ’, अध्यक्ष राईले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै थप व्यवस्थित बनाउने योजना छ।’ रासस
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस