दुई दिनमा चार करोडको कारोबार
०४ फागुन २०७६
•
२ मिनेट पाठ
दुई दिनमा चार करोडको कारोबार
मोरङ - औद्योगिक नगरी विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पो, कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा अवलोकन गर्नेको घुइँचो छ। मेला अवलोकन गर्न आन्तरिकका साथै भारतको बिहारबाट समेत आएका छन्। दुई दिनमा करिब ४० हजारभन्दा बढीले मेला अवलोकन गरेको प्रचारप्रसार संयोजक नन्दु राठीले बताए। उनले भने, ‘दुईदिनमा हामीले अपेक्षा गरेभन्दा बढीले मेला अवलोकन गरे।यही गतिले मेला अघि जाने हो भने हामीले सोचेको संख्या धेरै हुने देखिन्छ। दुई दिनमा ४० हजारभन्दा बढीले अवलोकन गर्नुका साथै चार करोड बढीको कारोबार भएको बताइएको छ।




शनिबार मेलाको विशेष आकर्षण हात्ती थियो। हात्ती चढेर रमाइलो गर्ने र छेउमा सेल्फी खिच्नेको घुइँचो थियो। ‘मेलामा एक अर्ब बराबरको कारोबार हुने अपेक्षा गरेका छौं,’ मेलाका संयोजक भोलेश्वर दुलालले भने, ‘मेलामा अटोमोबाइल्स लगायत अन्य दैनिक उपभोग्य वस्तुबजार भाउ भन्दा सस्तोमा दिएका छौं।हाम्रो उद्देश्य नाफा कमाउने भन्दापनि उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने हो।’ होराइजन होलिडेले मेलाको अवसरमा हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकनका साथै पाथीभरा र हलेसीको दर्शन गराइरहेकोछ। मेलामा बालबालिकाका लागि विभिन्न खेल्ने सामग्रीका साथ सेल्फीजोन बनाएको छ।

यस्तै राष्ट्रिय र स्थानीय स्तरका कलाकारको साँगीतिक प्रस्तुति, फेसन सो गर्दै आएका छन्। फागुन १० गतेसम्म सञ्चालन हुने मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ। एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैया प्रवेश शुल्कको व्यवस्था गरिएको छ। तीन सय ४० स्टल एक्स्पोमा रहेको छ।
अर्को समाचार
नाडा अटो सो मा एक १५० करोडको कारोबार
२३ भदौ २०७१
•
६ मिनेट पाठ
नाडा अटो सो मा एक १५० करोडको कारोबार
काठमाडौं— नेपाल अटोमोबाइल्स डिलर्स एसोसियन (नाडा)ले बर्सेनी आयोजना गर्ने नाडा अटो सोको ९ औं संस्करणमा ५ दिनमा १ सय ५० करोडको कारोबार भएको छ। ५० कम्पनीको १०० स्टलबाट १ अर्ब ५० करोडको कारोबार भएको अटो सोमा ६ सय ९० वटा २–पाङग्रे तथा ६ सय वटा ४–पाङ्ग्रे गाडीहरु बुक भएको मेलाका संयोजक शम्भुप्रसाद दाहालले बताए।प्रदर्शनी ५५ हजार दर्शकले अवलोकन गरेको उनले जानकारी दिए। 'गत वर्ष ३५ हजार दर्शकले मेला अवलोकन गरेकोमा यो वर्ष यो संख्या ५५ हजार पुगेको हो' उनले भने । त्यस्तै गत वर्ष मेलामा ८० करोडको कारोबार भएको थियो । गत वर्षको तुलनामा प्रदर्शको गुणस्तर बढेकाले मेला अन्तराष्ट्रिय स्तरको हुन सकेको आयोजकको दाबी छ।




मेलामा भएको कारोबार र ग्राहकको उत्साहले यो क्षेत्र निकै फराकिलो बन्दै गएको नाडाका अध्यक्ष शेखर गोल्छाले बताए। 'अटोमोबाइल क्षेत्र फस्टाए मुलुकको अर्थतन्त्र फस्टाउँछ' उनले भने। ७५ जिल्लामा खोलेको सडक ट्र्याकले पनि अटोमोबाइल क्षेत्रमा सम्भावना प्रशस्त बढेको उनले बताए। मेलामा सामसङ मोबाइलको आधिकारिक विक्रेता इन्टरनेश्नल मार्केटिङ सर्भिसेजले ५ थान सामसङ मोबाइल डोर प्राइजका लागि उपलब्ध गराएको थियो। टिभीएस बाइकको आधिकारिक विक्रेता अरुण इन्टरकन्टिनेन्टलले एउटा टिभीएस मोटरसाइकल उपलब्ध गराएको आयोजकले जनाएको छ।

दसैं शुरु हुनुभन्दा तीन साताअघि शुरु भएको अटो मेलाको पहिलो दिनमै विभिन्न कम्पनीले नयाँ नयाँ उत्पादनहरु सार्वजनिक गरेका थिए। त्यस्तै मेला अवधिभर विभिन्न कम्पनीले ग्राहका लागि छुट तथा उपहारको पनि व्यवस्था गरेका थिए ।

नेपाली बजारमा दुई पांग्रे सवारी साधन बिक्री गरिरहेका यामाहा, हिरो, होण्डालगायतका कम्पनीले विभिन्न मोडलका मोटरसाइकल सार्वजनिक गरेका थिए। मेलाकै अवधिमा हिरो कम्पनीले स्पलेण्डर, प्यासन, करिज्मा, एक्सट्रिम मोटरसाइकलका नयाँ संस्करणहरु बजारमा सार्वजनिक गरेको थियो भने होण्डाले सीबीआर १५० मोटरसाइकल र १२५ सीसीको एक्टिभा स्कूटर प्रदर्शनमा राखेको थियो। मारुति सुजुकी, होण्डा, टोयोटा, फियाट, टाटालगायतका कम्पनीले चार पांग्रे कारहरु सार्वजनिक गरेका थिए । मारुति सुजुकीको सेलेरियो, होण्डाको मोविलियो, टोयोटाको इटियोस क्रस, फियाटको पुन्टो इभो र न्यू लिनिया कार नाडा अटो शोमा सार्वजनिक गरिएको भने टाटाको टाटा सफारी स्टोर्म लदाख संस्करण प्रदर्शनमा राखिएको थियो ।

मेलामा चार पाँग्रे, दुई पाँग्रे सवारीसाधन बाहेक लुब्रिकेन्ट्स, टायर, स्पेयर पार्टस्, जेनरेटर, ग्यारेज उपकरण, ब्याट्री लगायतका सामाग्रीका स्टल समेत रहेका थिए । अवलोकनकर्ताको सुविधाका लागि मेलामा दुई पांग्रे र चार पांग्रे गाडिको प्रदर्शनका लागि छुट्टाछुट्टै व्यवस्था मिलाइएको थियो । यसपटक नाडा अटो सोमा उपभोक्ताको सुविधाकालागि फाइनान्स सुविधा बारे जानकारी दिन बैंक तथा वित्तीय संस्थाको स्टलसमेत राखिएको थियो ।

मेलामा टाटा मोटर्स, फक्सवागन, मारुती सुजुकी, बजाज, हिरो, दाइहास्तु, फियाट, फोर्ड, होन्डा, हुन्डाई, हिरो, महिन्द्रा, रोयल इन्फिल्ड, टेरा मोटर्स, टिभिएस, युएम बाइक्स, निसान, स्कोडा, यामाहालगायतका कम्पनीले ११ ओटा दुइ पाँग्रे र १२ ब्राण्डका चार पाँग्रे प्रदर्शन गरेका थिए ।

बजारमा भित्रिसकेका र भित्रिन लागेका सवारी साधनका बारेमा एउटै थलोमा जानकारी दिन बर्सेनी यस्तो मेला आयोजना हुने गरेको दाहालले बताए । पछिल्लो दुई तीन वर्षदेखि यसप्रति उपभोक्ताहरुको आकर्षण उल्लेख्य रुपमा बढेको उनले बताए । नाडा अटो शो २०७१को निर्णायक समितिले यस वर्ष स्टल सजावटमा प्रथम स्थानमा सुजुकी कार, दोस्रो स्थानमा बजाज मोटरसाइकल र तेस्रो स्थानमा टाटा पीसीभीयूलाई छनोट गरेको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस