विदेश जाने ७५ प्रतिशतले घटे
२४ फागुन २०७६
•
१० मिनेट पाठ
विदेश जाने ७५ प्रतिशतले घटे
काठमाडौं – चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ।




नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। २०७२ मा नेपालमा आएको भूकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको संख्या ७५ प्रतिशतले घटेको बताए। ‘यतिखेर भिसा आइसकेका र नगए भिसा रद्द हुनेबाहेक अरु सबैले वैदेशिक रोजगारी स्थगित गरेको देखिन्छ,’ दाहालले शुक्रबार नागरिकसँग भने, ‘कोरोना त्रासले रोजगारीभन्दा जीवन ठूलो ठानेर हुन सक्छ, कोही पनि विदेश जान चाहेको देखिएन।’

रोजगारीका लागि नेपाली युवा जाने गरेका दक्षिण कोरिया, जापान, दुबई, मलेसिया, कुबेतलगायत कैयन गन्तव्य मुलुकमा कोरोना भाइरस फैलिएको छ। नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले यो संख्या तीन सयभित्र रहेको विभागले जनाएको छ।

सरकारले श्रम स्वीकृतिमा रोक नलगाए पनि वैदेशिक रोजगारीमा जाने (श्रमिक), पठाउने (म्यानपावर) र मगाउने (रोजगारदाता) को सहमतिमै संख्या घटिरहेको दाहालले बताए। ‘रोग फैलिएयता कुनै दिन त पहिलाको तुलनामा ७५ प्रतिशतभन्दा कम उड्ने गरेका छन्,’ दाहालले भने।

नेपाली युवा पछिल्लो समय दैनिक एक हजार हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अहिले यो संख्या तीन सयभित्र झरिसकेको छ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ कोरोना भाइरसको त्रासदी बढेपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्यामात्र नभई गन्तव्य मुलुकबाटै मागपत्र आउने क्रम घटेको बताए। ‘केही दिनयता मलेसिया, साउदी अरेबियालगायतका मुलुकबाट आउने मागपत्रमा ७०/७५  प्रतिशतले गिरावट आइसकेको छ,’ उनले भने, ‘कुबेतलगायतका कतिपय मुलुकले विदेशी कामदार लिन रोक लगाइसकेका छन्।’ वैदेशिक रोजगारीका लागि मलेसिया र साउदी ठूला गन्तव्यको रूपमा परिचित छन्।

विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब साढे १३ लाख युवा मलेसिया गएका छन्। त्यस्तै रोजगारीको खोजीमा साउदी जानेको संख्या नौ लाख हाराहारी छ। रोजगारीको खोजीमा बर्सेनि बिदेसिने करिब पाँच लाख युवामध्ये ९५ प्रतिशत खाडी मुलुक र मलेसिया जाने गर्छन्। संघका महासचिव श्रेष्ठले अहिलेसम्म नेपालबाट गएका र गन्तव्य मुलुकमै रहेका कुनै पनि नेपाली श्रमिक कोरोना भाइरसबाट संक्रमित नभए पनि गन्तव्य मुलुकका रोजगारदाताबीच बढी त्रास फैलिएको बताए। ‘रोजगारदाता मुलुकले नै कामदार माग नगरेपछि हामीले केही गर्नसक्ने अवस्था छैन,’ उनले भने।

आर्थिक वर्ष २०७५/७६ मा कुल गार्हस्थ उत्पादनमा २५.४ प्रतिशत योगदान पु-याएको रेमिट्यान्स पठाउने युवा वैदेशिक रोजगारीमा जान नपाएपछि यसले समग्र अर्थतन्त्र चौपट हुने विश्लेषण गर्न थालिएको छ। पूर्वअर्थसचिव रामेश्वर खनाल अप्रिल महिनाको अन्तिमसम्म सुधार नआए समस्याले विकराल रूप लिने बताउँछन् । ‘केही दिन युवा वैदेशिक रोजगारीमा जान नपाए त्यति समस्या नहोला,’ उनले भने, ‘तर यो क्रम अप्रिल अन्तिमसम्म कायम रहे रेमिट्यान्स घट्छ।’ रेमिट्यान्स घट्दा विदेशी मुद्रा सञ्चितिमा असर पर्ने अर्थविद् बताउँछन्। सञ्चिति घटे आयातित सामानको भुक्तानी दिन समस्या पर्छ। अहिले पाकिस्तानमा वैदेशिक मुद्राको अभाव हुँदा भुक्तानी दिन समस्या भइरहेको छ।  पूर्वसचिव खनालले कोरोना भाइरसका कारण पर्यटन, उद्योग र निर्माणको क्षेत्रमा भने ठूलो असर परिसकेको बताए ।

त्यस्तै आपूर्ति व्यवस्थापनमा अवरोध उत्पन्न भइसकेको उल्लेख गर्दै उनले तत्काल सरकारको ध्यान आपूर्ति व्यवस्थापनमा जानुपर्ने र अर्थतन्त्रलाई थप बिग्रनबाट रोक्नुपर्ने सुझाव दिए। यही बेला बजारमा तरलताको अभाव हुनसक्ने पनि उत्तिकै सम्भावना रहेको उनको भनाइ छ।

आर्थिक वर्ष २०७५/७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा विभिन्न मुलुकमा गएका युवाले आठ खर्ब ७९ अर्ब रेमिट्यान्स पठाएका थिए। नेपाल भित्रिने रेमिट्यान्समध्ये करिब ७५ प्रतिशत खाडी मुलुक र मलेसियाबाट आउने गर्छ।

आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृति लिएर पाँच लाख आठ हजार युवा वैदेशिक रोजगारीमा गएका थिए। चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या दुई लाख ६० हजार छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्रबैंकले जनाएको छ। पछिल्लो ६ वर्षयता कुल गार्हस्थ उत्पादन (जिडिपी) मा रेमिटयान्सको हिस्सा २४ प्रतिशतभन्दा माथि रहँदै आएको छ। अघिल्लो वर्ष करिब १६ महिना बन्द गरिएको मलेसिया रोजगारी सुरु भएको र कैयन गन्तव्य मुलुकमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरिएका कारण यो वर्ष रेमिट्यान्समा वृद्धि हुने सरकारी अधिकारीहरूको अपेक्षा छ।

कोरियाको उडान अर्को महिना

पारिश्रमिकको दृष्टिकोणले राम्रो मानिएको कोरिया जाने युवाको उडान अर्को महिना सारिएको छ। फागुन १८ गते उड्नुपर्ने युवाको उडान कोरोनाका कारण पहिलोपटक एक सातालाई सारिएको थियो। उडान सारिएको अवधिमा पनि कोरोना नियन्त्रणमा आउन नसकेपछि १५ दिन थप स्थगित गरिएको हो।

विभागका अधिकारीले अहिलेलाई अर्को महिना उडान गर्ने योजना बनाएको बताए। रोजगारीका लागि कोरिया जानेले कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये रोजगारदाताले छनोट गरेपछि युवा कोरिया जान पाउँछन्। यतिखेर कोरियामा कोरोना भाइरस फैलिएका कारण उडान स्थगित गर्नुपरेको विभागअन्तर्गतको इपिएस कोरिया शाखाका प्रमुख कृष्णप्रसाद खनालले बताए। जति समय लम्बिँदै जान्छ, त्यति नै कोरिया जानेको संख्या बढ्दै जान्छ। फागुन १८ गते स्थगित गरिएको उडानबाट ६५ जना कोरिया जाने कार्यतालिका थियो।

विदेसिएका युवा र भित्रिएको रेमिट्यान्स

आर्थिक वर्ष    विदेसिनेको संख्या    रेमिट्यान्स (अर्बमा)    जिडिपी हिस्सा (प्रतिशत)

२०७१/७२    ५,१२,८८७    ६१७.३    २९.०

२०७२/७३    ४,१८,७१३    ६६५.१    २९.६

२०७३/७४    ६,५८,९७८    ६९५.५    २६.३

२०७४/७५    ६,५५,०००    ७५५.१    २४.९

२०७५/७६    ५,०८,८००    ८७९.३    २५.४

२०७६/७७ (६ महिना)     २,६०,०००    ४४७.२    –

स्रोत: नेपाल राष्ट्रबैंक
अर्को समाचार
कामका लागि विदेश जाने घटे
०९ असोज २०६९
•
३ मिनेट पाठ
कामका लागि विदेश जाने घटे
काठमाडौँ, असोज ९ - गत साउन र भदौ महिनामा ६० हजार ७७२ जनाले वैदेशिक रोजगारीमा जान श्रम अनुमतिपत्र लिएका छन्। श्रम तथा रोजगार मन्त्रालयका अनुसार उक्त सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २६.७९ प्रतिशतले कम हो।




अनुमति पत्र लिने मध्ये दुई हजार ७७० महिला र ५८ हजार दुई पुरुष भएको श्र मन्त्रालयले जनाएको छ।
सोही अवधिमा वैदेशिक रोजगारीमा एक पटक गएर आएका २२ हजार ९४२ जनाले पुनः श्रम स्वीकृति लिएको बताइएको छ।

यसैगरी, साउन र भदौ महिनामा ठगीविरुद्ध कुल ४४८ उजुरीबाट रु २४ करोड ४९ लाख ६६ हजार रकम दाबी भएकोमध्ये ६७ उजुरी फरक भई रु एक करोड ८१ हजार असुली भएको सो मन्त्रालयका उपसचिव दिवस आचार्यले बताए।

उनका अनुसार सोही अवधिमा ३१ मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा पेस गरिएको र सो विभागबाट सातवटा मुद्दामा निर्णय भई रु आठ लाख ५० हजार असुली भएको छ।

यस्तै उक्त अवधिमा वैदेशिक रोजगारमा रहेका तीन कामदारको मृत्यु भएकाले तीनका परिवारलाई रु एक लाखका दरले रु तीन लाख दिइएको, गम्भीर प्रकृतिका अङ्गभङ्ग भएका आठजनालाई जनही रु ८० हजारका दरले आर्थिक सहायता प्रदान गरिएको र विदेशमा मृत्यु भएका तीस जनाको शव काठमाडौँदेखि निजको घर ठेगानामा पुर्‍याउन रु १० हजारका दरले रु तीन लाख आर्थिक सहायता दिइएको पनि उनले बताए।

वैदेशिक रोजगारीमा जानेले वैदेशिक रोजगारी कल्याण कोषमा प्रतिव्यक्ति रु एक हजार जम्मा गर्नुपर्दछ र सोही कोषबाट उनीहरूलाई आर्थिक सहायता प्रदान गर्ने गरिन्छ।

विसं २०६४ भन्दा अघिको ऐनले विदेशमा कामका लागि गएकाहरूको मृत्यु भएमा प्रतिव्यक्ति रु एक लाख २०६४ भन्दा पछिको ऐनअनुसार प्रतिव्यक्ति रु एक लाख ५० हजार आर्थिक सहयोग दिने प्रावधान रही आएको छ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तर करार अवधि समाप्त भएका १७ जना मृतकका परिवारलाई प्रतिपरिवार रु १० हजारका दरले रु एक लाख ७० हजार आर्थिक सहायता प्रदान गरिएको पनि उपसचिव आचार्यले बताए।

श्रम कार्यालयहरूबाट २०६९ साउन र भदौ महिनामा ७९ जना विदेशीलाई श्रमि स्वीकृति र ४६ जनाको श्रम नवीकरण, १३६ वटा प्रतिष्ठान निरीक्षण र ११ वटा श्रम विवाद समाधान गरिएको पनि उनले बताए।

नेपाल सरकार मन्त्रिपरिषद्को गत भदौ ११ गतेको निर्णयअनुसार कुबेत, कतार, साउदी अरब, र युएइमा व्यक्तिगत श्रम स्वीकृतिसम्बन्धी मापदण्ड स्वीकृति गरी लागु भएको बताइएको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस