तमोर करिडोरमा ८० प्रतिशत काम
२९ फागुन २०७६
•
१० मिनेट पाठ
तमोर करिडोरमा ८० प्रतिशत काम
तमोर/कोसी करिडोरअन्तर्गत पाँचथरको स्याबरुम्बा सडकखण्ड। तस्बिर: गिरिराज/नागरिक
पाँचथर – पूर्वी पहाडलाई तराई र काठमाडौंसँग जोड्ने द्रुत सडकमार्गको रूपमा लिइएको तमोर–कोसी करिडोरको काम ८० प्रतिशत पूरा भएको छ। फिदिमस्थित सो सडक आयोजना कार्यालयका अनुसार ग्राभेल स्तरसम्मको सडक निर्माणका लागि तोकिएको समय सीमाभित्र काम सम्पन्न हुने अवस्थामा रहेको छ।




पाँचथरको गणेश चोकदेखि सुनसरीको बराहक्षेत्रसम्म तमोर तथा सप्तकोसी नदीको किनारैकिनार १० मिटर चौडाइ रहेको सो सडकको ट्र्याक खोल्ने तथा खोलिएको ट्र्याक स्तरोन्नति गर्ने काम धमाधम भइरहेको छ। खोलिएको ट्र्याकमा ग्राभेल गर्ने, नाला बनाउने, टेवा–पर्खाल लगाउनेलगायत काममा निर्माण कम्पनीले तदारुकतासाथ काम गरिरहेका छन्।

ठेकेदार तथा निर्माण कम्पनीहरू निर्धारित समयसीमाभित्रै काम सक्न खटिए पनि वातावरणीय प्रभाव मूल्यांकन नहुँदा वन कार्यालयले पाँचथरको माझीटार तथा रानीगाँउ खण्डअन्तर्गत करिब तीन किलोमिटर क्षेत्रमा करिडोर निर्माणको काम रोकेको छ। यस्तै रुटमा परिमार्जन हुँदा धनकुटामा पाँच किलोमिटर र पाँचथरको लोरिपामा तीन किलोमिटर सडकको ट्र्याक खोल्ने काम बाँकी छ।

एक सय ४८ किलोमिटर प्रस्तावित उक्त सडकको लम्बाइमा भने फेरबदल हुने भएको छ। तमोर जलाशययुक्त आयोजना बन्ने चर्चापछि केही ठाउँमा रुट बदलिएको छ। चुहावट (थपघट) सर्भेपछि मात्र यकिन किलोमिटर खुल्ने आयोजना कार्यालयले जनाएको छ।

वन कार्यालयको अनुमति नहुँदा तमोर करिडोरअन्तर्गत पाँचथरको माझीटार तथा रानीगाँउमा करिब तीन किलोमिटर क्षेत्रमा निर्माण कार्य रोकिएको छ भने रुटमा परिमार्जन हुँदा धनकुटामापाँच किलोमिटर र पाँचथरको लोरिपामा तीन किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ।

आयोजना कार्यालयका इन्जिनियर प्रमोद खतिवडाका अनुसार तमोर करिडोरको काममा ८० प्रतिशत भौतिक प्रगति भएको छ। ‘आयोजनाको कार्यतालिकाअनुसार नै काम भइरहेको छ। सातमध्ये पाँचवटाको ठेक्का भदौमा र दुईवटा ठेक्का मंसिरमा सम्पन्न गर्नुपर्नेछ। अहिलेसम्मको कामलाई हेर्दा निर्धारित समयमा नै काम सकिन्छ भन्न सकिन्छ,’ इन्जिनियर खतिवडाले भने, ‘बाँकी काम गर्नलाई पर्याप्त समय भएकाले समयमै काम सकिने अपेक्षा छ।’

वातावरण प्रभाव मूल्यांकन (इआई) नभई आयोजनाको काम अघि बढ्दा सामुदायिक वन क्षेत्रमा काम रोकिएकोमा वन मन्त्रालयको सुझाव लिएर इआईको काम अन्तिम चरणमा पुगेको खतिवडाले बताए। ग्राभेल स्तरको काम सकिएपछि कालोपत्रेको काम अघि बढाउने आयोजनाको कार्यतालिका छ।

६ अर्ब १५ करोड १४ लाख रुपैयाँ लागत रहेको तमोर करिडोरको काम सात प्याकेजमा ठेक्का लागेको थियो। आयोजना कार्यालयका लेखा अधिकृत डिल्ली अधिकारीका अनुसार करिडोरको काममा ७९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ।

यो सडक सम्पन्न भएपछि ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका बासिन्दालाई तराई तथा सुविधायुक्त सहर पुग्न सजिलो हुने भएकाले यसलाई निकै महत्वपूर्ण योजनाको रूपमा लिइएको छ। धरान, इटहरी, विराटनगरलगायत सहर पुग्न, ठुला अस्पताल तथा अन्य व्यापारिक केन्द्रसँग जोडिन लामो समयदेखि दुर्गम मानिँदै आएको तमोर करिडोर क्षेत्रमा बनिरहेको सडकले सकारात्मक प्रभाव पर्ने प्रदेश सरकारको भनाइ छ। छोटो दूरीबाट पहाड र तराईलाई जोड्ने यस करिडोर सडकबाट यस क्षेत्रका जनता निकै नै लाभान्वित बन्ने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो बताउँछन्। कामले तीव्रता पाएकाले यो अपेक्षा चाँडै पूरा हुने उनको विश्वास छ।

यो छोटो दूरीको फराकिलो सडक हुनाले ढुवानी र यात्रामा निकै सहज हुने अपेक्षा गरिएको छ। उत्पादित वस्तुको बजारीकरण र निर्माण–सामग्री ढुवानीमा सहज हुनुका साथै ओलांचुङगोला जोड्ने उतर–दक्षिण सडक निर्माणसँगै चिनियाँ र भारतीय बजार जोड्ने महत्वपूर्ण सडक बन्ने योजना मन्त्री आङ्बोको भनाइ छ। ‘यो क्षेत्र समग्रमा देशकै एउटा महत्वपूर्ण आर्थिक करिडोर बन्ने देखिन्छ,’ आङ्बोले भने, ‘उत्पादन अनुमतिप्राप्त र प्रक्रियामा रहेका थुप्रै जलविद्युत् आयोजनाका निर्माण सामग्री ओसारपसारमा यो सडक निर्माणले सहज हुनुका साथै लागत घट्ने अवस्था आउनेछ।’

तमोर करिडोर सडकको २०७४ फागुनमा तीनवटा र २०७५ वैशाखमा दुईवटा ठेक्का लागेको थियो। करिडोरको काम ३० महिनामा सक्ने गरी ठेक्का लागेको छ। करिडोरको पहिलो खण्ड रसुवा/टुडी जेभी, दोस्रो श्रेष्ठ/एफएक्स/थेगिम, तेस्रो लामा/पिएस/बिरुवा, चौथो रौताहा/सन्तोषी, पाचौं शर्मा एन्ड कम्पनी, छैठौं कालिका/थोदुङ/महलक्ष्मी जेभी र सातौं रौताहा/सन्तोषी जेभीले ठेक्का लिएका छन्। पूर्वी पहाडलाई छोटो बाटोबाट तराईका जिल्ला जोड्ने गरी तमोर/कोसी करिडोरको परिकल्पना गरिएको थियो। पाँचथरको गणेश चोकमा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग र मेची राजमार्ग जोडिन्छन्। सोही ठाउँमा तमोर करिडोर सडक पनि जोडिएको छ। सोही क्षेत्रको पञ्चमीदेखि उत्तर–दक्षिण लोकमार्गको काम चीनसँगको सिमाना ओलांचुङगोला जोड्ने गरी अघि बढेको छ।

तमोर करिडोर सडक निर्माण क्षेत्रमा निकै चहलपहल देखिन्छ। मेसिनरी सामग्री दौडिएका तथा मानवीय चहलपलह बढेको छ। सडक छेउमा घर बनाउने, चिया तथा साना होटलहरू खुल्न थालेका छन्। यो सडकले स्थानीयको आर्थिक गतिविधि बढाउन थालेको छ। ट्र्याक खुलेका ठाउँहरूमा गाडी कुद्न थालेका छन्।

करिडोर सडक गणेश चोकबाट सुभाङ खोला, माझीटार, रानीगाँउ, स्याबरुम्बा, आङ्ना मौवाहुँदै धनकुटा जोडिन्छ। धनकुटाको चौबीसे, साँधुरे, मुलघाट, त्रिवेणी हुँदै बराहक्षेत्र पुग्छ। यो आयोजनाबाट तमोर तथा कोसी गडतीर सेरोफेरोका बासिन्दाले बढी राहत पाउने बताइन्छ। पूर्वी पहाडलाई काठमाडौंसम्म जोड्ने वैकल्पिक मार्गको रूपमा यस सडकलाई विकास गर्न खोजिएको छ। सुनसरीको बराहक्षेत्र (चतरा) देखि खुर्कोट जोड्ने एक सय ६१ किलोमिटर सडक कोसी करिडोर आयोजना–१ भनेर अघि बढाइएको छ। खुर्कोटदेखि धुलिखेलको दूरी ६५ किलोमिटर र धुलिखेलबाट काठमाडौं ३१ किलोमिटर रहेको छ।

तमोर जलाशययुक्त आयोजना बन्ने चर्चालाई ध्यानमा राखेर तमोर नदीदेखि ६ सय मिटरमाथि सडक बनाइएको इन्जिनिर खतिवडाले बताए। यसअघि तमोर नदीनजिकै सडकको परिकल्पना गरिएको थियो। करिडोरअन्तर्गत साना–ठुला गरी १८ ठाउँमा पुल बनाइनेछ, तीमध्ये केहीको डिजाइन तयार भइसकेर ठेक्का लगाउने काम अघि बढाइएको खतिवडाले जानकारी दिए। तेह्रथुमतर्फका सडकलाई करिडोरसँग जोड्न तमोर नदीमा थप पुल बनाउनुपर्नेछ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस