अलपत्र पुनःनिर्माणले सधैं सम्झाउँछ भूकम्प
०८ जेष्ठ २०७७
•
१० मिनेट पाठ
अलपत्र पुनःनिर्माणले सधैं सम्झाउँछ भूकम्प
सकिनुपर्ने समयमा गोरखा दरबार पुनःनिर्माणको काम ५० प्रतिशत मात्रै भएको छ। पुराŒव विभाग र निर्माण जिम्मा लिएको पचली सिवाको जेभी कन्स्ट्रक्सनले समयमै काम गर्न गराउन नसक्दा निर्माण सकिनुपर्ने दरबार अलपत्र परेको छ।  




२०७४ कात्तिकमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको दरबारको काम २४ महिनामा मासिक करिब एक प्रतिशतको दरले मात्रै भएको छ। यही समय र गतिअनुसार दरबार पुनःनिर्माण हुने हो भने अझै पाँच वर्ष लाग्छ। यस्तो पृष्ठभूमिमा पुराŒव विभागले ठेकेदारलाई र ठेकेदारले पुराŒव विभागलाई पुनःनिर्माण ढिलाइ हुनुको आरोप लगाउने गर्छन्।  

चार करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण पूरा गर्ने गरी सुरु भएको दरबारको जगमा ढुङ्गा राखेर ‘सोलिङ’ गरिएको र फलामे टेका र काठको थाम राखिएको छ। दरबार पुनःनिर्माणमा सरोकारवालाको ध्यान पुग्न नसकेको स्थानीय दिपक योगीले गुनासो गरे। गोरखकाली दरबार वरपर निर्माण सामग्री यत्रतत्र छ। पुराना भत्केका काठपात, इँटाले बाटो थुनिएको छ। दरबार परिसर चारैतिर घुम्न हेर्न मिल्दैन।

पुरात्व विभागकी अधिकृत मञ्जु सिंह भण्डारीले ठेकेदारले समयभित्रै सिध्याउने भने अनुसार काम नगरेको बताइन्। गत पुस ५ गते गोरखा दरबार पुगेका पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षभित्रै गोरखा दरबार ठड्याउने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिने बताएका थिए। तर उनी फर्किएपछि पनि कामको गति बढेन।

पुरानो कलाकौशल, शाहबंशको इतिहास, गोरखाको धार्मिक सांस्कृतिक परम्परा झल्कने गरी निर्माण भएको गोरखा दरबार तत्कालीन राजा राम शाहको कार्यकालमा निर्माण भएको मानिन्छ। त्यहाँ पुगेका जो कोहीलाई भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखा अझै उठ्न सकेको छैन, यहाँका संरचना अझै ध्वस्त छन् भन्ने आभास गोरखा दरबारले गराउँछ।  

त्यस्तै, उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राक नमुना बस्ती निर्माणको अन्तिम चरणमा छ। एक वर्षभित्र बस्ती पुनःनिर्माण सिध्याउने गरी २०७३ वैशाखबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जिम्मा लिएको थियो। तर अझै लाप्राकी एनआरएनले निर्माण गरिदिएको घरमा सरेका छैनन्।

पाँच सय ७३ घर एकै ठाउँमा बनेकाले बस्ती सुन्दर देखिन्छ। कुन घर कसका लागि भन्ने यकिन पनि भइसक्यो। तर त्यहाँ बनेका सबै घरमा शौचालय, ढल, खानेपानी, सडक सहज नहुँदा लाप्राकी त्यति खुसी छैनन्। हिउँपर्ने सिजनमा छपक्कै हिँउले घर ढाक्ने भएकाले चिसोबाट जोगिन पनि मुस्किल छ। लाप्राकको पुरानो गाउँमा हिउँ कम पर्छ। उक्त गाउँबाट बेंसी (खेती गर्ने जमिन) नजिक पर्ने भएकाले लाप्राकी भूकम्पमा भत्किएको घरलाई मर्मत गरेर पुरानै घरमा रमाएका छन्। हावापानी, भूगोल सुहाउँदो व्यवस्थित घर नभएकाले तत्काल सर्ने योजना लाप्राकीको छैन। 

‘गुप्सिको नयाँ घरमा सरे पनि बेंसीमा पनि घर राख्छन्,’ वडाध्यक्ष राज गुरुङ भन्छन्, ‘एनआरएनको घरमात्रैले लाप्राकीको आवस्यकता पूरा हुँदैन।’ सरकारले तीन लाख रुपैयाँ दिएर आफैं घर बनाउन दिएको भए अहिलेसम्म पुनःनिर्माण सकिएर लाप्राकी आफ्नै घरमा सरेका हुन्थे। घर छ, शौचालय छैन, नयाँ घरमा खुसीले हौसियर बस्नुपर्नेहरू पुरानै घरमा रमाएका छन्। यो बस्तीले अहिले पनि भूकम्पको पीडा स्मरण गराउँछन्।  

भिमसेन थापा गाउँपालिका–५ बगुवाको एकीकृत मिलन बस्तीको काम कछुवा गतिमा चलेको छ। एक सय ३८ लाभग्राही रहेकामध्ये केहीको अझै गुनासो सम्बोधन हुन बाँकी रहेकाले केही घर थपिने सम्भावना छ। घर निर्माणको क्रममा भए पनि अझै एक वर्ष सबै पीडित सर्न सक्ने अवस्था देखिँदैन। कारण बस्ती निर्माणका लागि साधन स्रोतको अभाव छ। बस्ती निर्माणको यो गतिले अझै वर्ष दिन अस्थायी घरमै गुजारा चलाउनुपर्ने बाध्यता धरमपानी, रिठ्ठेपानी, पाण्डेगाउँ, नयाँगाउँ र डाँडागाउँका स्थानीयलाई छ। ‘पुरानै घर टालेर, केहीले जस्ताको टहरा हालेर, भत्किएको घरको एक तला फालेर मर्मत गरेर बस्नुभएको छ,’ वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले भने, ‘निर्माण पूरा गरेर सबैलाई मिलनबस्तीमा सार्न अझै समय लाग्छ।’ २०४४ सालदेखि चिरा परेको बस्ती भूकम्पले थप जोखिम पारेपछि स्थानान्तरण गर्न लागिएको हो।  

बारपाकसम्म जाने ४७ किलोमिटर सडक कालोपत्रे सकिनुपथ्र्यो। ठेकेदारको लापरबाहीले अहिलेसम्म पूरा भएको छैन। भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्पस्मृति पार्क निर्माणको काम ढिलो भएको छ। त्रिसूली नदीमाथि पप्पु कन्ट्रक्सले निर्माण गर्नुपर्ने पक्की पुल निर्माण नहुँदा गण्डकी गाउँपालिकाका स्थानीयले निर्माण सामग्री बोकेर घर निर्माण गर्नुप¥यो। भूकम्पमा भत्किएका गुम्बा, मन्दिरहरू, पाटीपौवा पुनःनिर्माण हुन बाँकी छ। भत्किएका सरकारी संरचनासमेत सबै ठडिएका छैनन्। केही प्रहरी चौकी पनि बन्न बाँकी छ। स्वास्थ्य संस्था प्रिफ्याबको घरबाट पक्की घरमा सरेका छैनन्। अझै १० हजार व्यक्तिको घर बन्न बाँकी देखिन्छ। यी कारण केन्द्रबिन्दु जिल्ला गोरखाका सर्वसाधारणले भूकम्प सम्झिरहेका छन्। 
अर्को समाचार
अलपत्र पुनःनिर्माणले सधैं सम्झाउँछ भूकम्प
०५ जेष्ठ २०७७
•
१० मिनेट पाठ
अलपत्र पुनःनिर्माणले सधैं सम्झाउँछ भूकम्प
गोरखा एकीकृत बस्तीमा बनेको घर । घर बन्यो मानिस बसेका छैनन् । तस्बिर : नागरिक
सकिनुपर्ने समयमा गोरखा दरबार पुनःनिर्माणको काम ५० प्रतिशत मात्रै भएको छ । पुरात्त्व विभाग र निर्माण जिम्मा लिएको पचली सिवाको जेभी कन्स्ट्रक्सनले समयमै काम गर्न गराउन नसक्दा निर्माण सकिनुपर्ने दरबार अलपत्र परेको छ ।  




२०७४ कात्तिकमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको दरबारको काम २४ महिनामा मासिक करिब एक प्रतिशतको दरले मात्रै भएको छ । यही समय र गतिअनुसार दरबार पुनःनिर्माण हुने हो भने अझै पाँच वर्ष लाग्छ । यस्तो पृष्ठभूमिमा पुरात्त्व विभागले ठेकेदारलाई र ठेकेदारले पुरात्त्व विभागलाई पुनःनिर्माण ढिलाइ हुनुको आरोप लगाउने गर्छन् ।  

चार करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण पूरा गर्ने गरी सुरु भएको दरबारको जगमा ढुङ्गा राखेर ‘सोलिङ’ गरिएको र फलामे टेका र काठको थाम राखिएको छ । दरबार पुनःनिर्माणमा सरोकारवालाको ध्यान पुग्न नसकेको स्थानीय दिपक योगीले गुनासो गरे । गोरखकाली दरबार वरपर निर्माण सामग्री यत्रतत्र छ । पुराना भत्केका काठपात, इँटाले बाटो थुनिएको छ । दरबार परिसर चारैतिर घुम्न हेर्न मिल्दैन ।

पुराŒव विभागकी अधिकृत मञ्जु सिंह भण्डारीले ठेकेदारले समयभित्रै सिध्याउने भने अनुसार काम नगरेको बताइन् । गत पुस ५ गते गोरखा दरबार पुगेका पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षभित्रै गोरखा दरबार ठड्याउने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिने बताएका थिए । तर उनी फर्किएपछि पनि कामको गति बढेन ।

पुरानो कलाकौशल, शाहबंशको इतिहास, गोरखाको धार्मिक सांस्कृतिक परम्परा झल्कने गरी निर्माण भएको गोरखा दरबार तत्कालीन राजा राम शाहको कार्यकालमा निर्माण भएको मानिन्छ । त्यहाँ पुगेका जो कोहीलाई भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखा अझै उठ्न सकेको छैन, यहाँका संरचना अझै ध्वस्त छन् भन्ने आभास गोरखा दरबारले गराउँछ ।  

त्यस्तै, उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राक नमुना बस्ती निर्माणको अन्तिम चरणमा छ । एक वर्षभित्र बस्ती पुनःनिर्माण सिध्याउने गरी २०७३ वैशाखबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जिम्मा लिएको थियो । तर अझै लाप्राकी एनआरएनले निर्माण गरिदिएको घरमा सरेका छैनन् । पाँच सय ७३ घर एकै ठाउँमा बनेकाले बस्ती सुन्दर देखिन्छ । कुन घर कसका लागि भन्ने यकिन पनि भइसक्यो । तर त्यहाँ बनेका सबै घरमा शौचालय, ढल, खानेपानी, सडक सहज नहुँदा लाप्राकी त्यति खुसी छैनन् । 

हिउँपर्ने सिजनमा छपक्कै हिँउले घर ढाक्ने भएकाले चिसोबाट जोगिन पनि मुस्किल छ । लाप्राकको पुरानो गाउँमा हिउँ कम पर्छ । उक्त गाउँबाट बेंसी (खेती गर्ने जमिन) नजिक पर्ने भएकाले लाप्राकी भूकम्पमा भत्किएको घरलाई मर्मत गरेर पुरानै घरमा रमाएका छन् । हावापानी, भूगोल सुहाउँदो व्यवस्थित घर नभएकाले तत्काल सर्ने योजना लाप्राकीको छैन ।

‘गुप्सिको नयाँ घरमा सरे पनि बेंसीमा पनि घर राख्छन्,’ वडाध्यक्ष राज गुरुङ भन्छन्, ‘एनआरएनको घरमात्रैले लाप्राकीको आवस्यकता पूरा हुँदैन ।’ सरकारले तीन लाख रुपैयाँ दिएर आफैं घर बनाउन दिएको भए अहिलेसम्म पुनःनिर्माण सकिएर लाप्राकी आफ्नै घरमा सरेका हुन्थे । घर छ, शौचालय छैन, नयाँ घरमा खुसीले हौसियर बस्नुपर्नेहरू पुरानै घरमा रमाएका छन् । यो बस्तीले अहिले पनि भूकम्पको पीडा स्मरण गराउँछन् ।  

भिमसेन थापा गाउँपालिका–५ बगुवाको एकीकृत मिलन बस्तीको काम कछुवा गतिमा चलेको छ । एक सय ३८ लाभग्राही रहेकामध्ये केहीको अझै गुनासो सम्बोधन हुन बाँकी रहेकाले केही घर थपिने सम्भावना छ । घर निर्माणको क्रममा भए पनि अझै एक वर्ष सबै पीडित सर्न सक्ने अवस्था देखिँदैन । कारण बस्ती निर्माणका लागि साधन स्रोतको अभाव छ । बस्ती निर्माणको यो गतिले अझै वर्ष दिन अस्थायी घरमै गुजारा चलाउनुपर्ने बाध्यता धरमपानी, रिठ्ठेपानी, पाण्डेगाउँ, नयाँगाउँ र डाँडागाउँका स्थानीयलाई छ ।

‘पुरानै घर टालेर, केहीले जस्ताको टहरा हालेर, भत्किएको घरको एक तला फालेर मर्मत गरेर बस्नुभएको छ,’ वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले भने, ‘निर्माण पूरा गरेर सबैलाई मिलनबस्तीमा सार्न अझै समय लाग्छ ।’ २०४४ सालदेखि चिरा परेको बस्ती भूकम्पले थप जोखिम पारेपछि स्थानान्तरण गर्न लागिएको हो ।  

बारपाकसम्म जाने ४७ किलोमिटर सडक कालोपत्रे सकिनुपथ्र्यो । ठेकेदारको लापरबाहीले अहिलेसम्म पूरा भएको छैन । भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्पस्मृति पार्क निर्माणको काम ढिलो भएको छ । त्रिसूली नदीमाथि पप्पु कन्ट्रक्सले निर्माण गर्नुपर्ने पक्की पुल निर्माण नहुँदा गण्डकी गाउँपालिकाका स्थानीयले निर्माण सामग्री बोकेर घर निर्माण गर्नुप¥यो । भूकम्पमा भत्किएका गुम्बा, मन्दिरहरू, पाटीपौवा पुनःनिर्माण हुन बाँकी छ । भत्किएका सरकारी संरचनासमेत सबै ठडिएका छैनन् । केही प्रहरी चौकी पनि बन्न बाँकी छ । स्वास्थ्य संस्था प्रिफ्याबको घरबाट पक्की घरमा सरेका छैनन् । अझै १० हजार व्यक्तिको घर बन्न बाँकी देखिन्छ । यी कारण केन्द्रबिन्दु जिल्ला गोरखाका सर्वसाधारणले भूकम्प सम्झिरहेका छन् ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस