रामचन्द्र भट्ट, काठमाडौं, फागुन १७ - सात सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि आज उर्जा मन्त्रालय र चीनको थ्री गोज्रेज कम्पनीबीच सम्झौता भएको छ। एक अर्ब ६० करोड डलर लागत रहेको आयोजनाको लगानीमध्ये ७५ प्रतिशत चिनिया कम्पनी र बाँकी २५ प्रतिशत विद्युत प्राधिकरणले गर्ने छ।
सम्झौता अनुसार गोज्रेजको ७५ प्रतिशतमध्येबाट दुई देखि ५ प्रतिशत सेयर नेपालीलाई दिनुपर्ने छ। त्यस्तै प्राधिकरणलाई आवश्यक पर्ने रकम सहुलियत ऋणका रुपमा चिनिया कम्पनीलेनै उपलब्ध गराइदिनेछ।
सम्झौता अनुसार सन् २०१४ जुलाइमा ठेकेदार परिचालन गरेर २०१९ सम्म निर्माण कार्य पूरा हुनेछ।
उर्जा मन्त्रीको उपस्थितिमा मन्त्रालयका सहसचिव अर्जुनकुमार कार्की र थ्री गोज्रेजका कार्यकारी उपाध्यक्ष वाङ सओसेङ्गले हस्ताक्षर गरेका थिए।