गजेन्द्र बोहरा,दाङ फागुन २७ - उर्जा मन्त्री पोष्टबहादुर वोगटीले पश्चिम सेती जलविद्युत आयोजनाको काम सम्पन्न गर्न गरिएको सम्झौता कानुन सम्मत भएको दावी गरेका छन्।
संसदको प्राकृतिक स्रोतसाधन समितीले उक्त आयोजना सम्पन्न गर्नका लागि गरिएको सहमती ऐन कानुन विपरित भएको भन्दै काम रोक्न निर्देशन दिएपछि मन्त्री वोगटीले भने सम्झौता कानुन सम्मत भएको दावी गरेका हुन्।
क्रान्तिकारी पत्रकार संघले शनिवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले भने 'पश्चिम जलविद्युत आयोजनाको सम्झौता ऐन कानुन विपरित गएर गरिएको हैन, यो ऐन कानुन सम्मत नै छ।' संसदको प्राकृतिक स्रोत साधन समिती सम्झौता वारे स्पष्ट नभएका कारण पनि काम रोक्न निर्देशन हुन सक्ने भन्दै मन्त्री वोगटीले यसवारे समितीलाई स्पष्ट पार्ने समेत बताए। 'सम्झौता वारे समिती स्पष्ट नभएको हो मैले यसवारे स्पष्ट पार्ने छु' मन्त्री वोगटीले भने।
शुक्रवार बसेको प्राकृतिक स्रोत साधन समितीको वैठकले चीनको थ्री गर्जेज कम्पनीसँग पश्चिम गरिएको सेती जलविद्युत आयोजनाको सम्झौता ऐन कानुन विपरीत भएको भन्दै १० दिन सम्मका लागि काम रोक्न निर्देशन दिएको थियो।
उक्त योजना पुरा भए लोडसेडिङमा निकै कमी आउने दावी गर्दै मन्त्री वोगटीले जलविद्युत आयोजनाको काम रोक्नु जायज नभएको बताए। तर संसदले काम रोक्न निर्देशन दिईसकेका कारण त्यसलाई आँफुले नकारात्मक रुपमा नलिएको समेत वताए।
'पश्चिम सेती जलविद्युत आयोजना पुरा भए लोडसेडिङमा धेरै कमी आउँछ, त्यसैले यस्ता योजनाको काम रोकिनु हुँदैन थियो' मन्त्री वोगटीले भने 'तर संसदले गरेको निर्णयलाई मैले नकारात्मक रुपमा लिएको छैन। '
त्यसैगरी उनले लोडसेडिङ कम गर्न सरकारले गृहकार्य थालीरहेको वताए। पहिलेको तुलनामा लोडसेडिङको समयमा धेरै कमी आएको वताउँदै उनले अव छिट्टै लोडसेडिङको समय दैनिक ६ घण्टामा झारिने वताए।