विरोधमा बजार खुल्न थाले
२३ जेष्ठ २०७७
•
१ मिनेट पाठ
विरोधमा बजार खुल्न थाले
कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन बारम्बार लम्ब्याउन थालेपछि व्यवसायी विरोधमा उत्रिएका छन् ।




सरकारले ७४ दिनसम्म लकडाउनलाई निरन्तरता दिएपछि व्यवसायी पसल खोल्न पाउनुपर्ने भन्दै विरोधमा उत्रिएका हुन् । काठमाडौं र बाहिर बिहीबार केही सहरमा विरोधस्वरुप पसल खोलिएको छ । लकडाउनको अवज्ञा गर्दै व्यापारी सडकमा उत्रिएपछि प्रहरी प्रशासन निरीह बनेको छ । सरकारले बिहीबार विभिन्न क्षेत्रका विज्ञसँग सुझाव लिए पनि लकडाउनको मोडल परिमार्जन गर्ने नयाँ नीति ल्याएको छैन ।

बिहीबारदेखि राजधानीका न्युरोडदेखि विभिन्न स्थानमा पसल खुलाइएको छ । वीरगन्ज, विराटनगर, भरतपुर, इटहरी र पोखरामा पनि पसल खोलिएका छन् ।

यसैबीच, नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहीबारबाट न्युरोड लगायत उपत्यकाभरी पसल खोल्ने निर्णय गरेको छ । महासंघले आफ्ना सबै सदस्यलाई पसल, व्यवसाय सञ्चालन गर्न आह्वान गरेको हो ।

महासंघका अनुसार उपत्यकामा २७ वटा संगठन आवद्ध छन् र प्रत्येक संगठनमा करिब एक हजारको संख्यामा सदस्य छन् । देशभरमा सम्पर्क समिति पनि छन् । संघले सबैलाई पसल खोल्न आह्वान गरेको हो ।

मुलुकमा ७२ दिनदेखि लकडाउन भएका कारण व्यापार ठप्प छ । आम्दानी सुको नहुने तर घरभाडा, बैंकको ब्याज किस्ता, कर्मचारी तलब लगायतका दायित्व सबै बेहोर्नुपरेका कारण पसल खोल्ने निर्णय गरेको हो ।

आफूकहाँ ठूला मल, कम्प्लेक्स, गार्मेन्ट, आयात–निर्यातदेखि सामान्य व्यापारीसमेत सदस्य रहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार व्यवसायीले स्वास्थ्य–सुरक्षा अपनाएर सामाजिक दुरी कायम गरी आठ बजेदेखि पसल खुलाउने छन् । पसल खोल्दा सरकारले बल प्रयोग गरे सबै दायित्व सरकारलाई बुझाउने नीति महासंघको छ ।
अर्को समाचार
म्याग्दीमा युवाहरूले गरे प्रदर्शन
३२ जेष्ठ २०७७
•
१ मिनेट पाठ
म्याग्दीमा युवाहरूले गरे प्रदर्शन
म्याग्दीमा गरिएको बिरोध प्रर्दशन । तस्बिर : हरिकृष्ण गौतम
म्याग्दीको सदरमुकाम बेनीमा आइतबार युवाहरूको समूहले विरोध प्रदर्शन गरेका छन् । बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा यूवाहरूले विभिन्न नारा लेखेको प्लेकार्डसहित विरोध जनाएका हुन् ।




किसानलाई अनुदानमा आएको रकम फ्रिज गर्ने, चुनावमा भोट माग्न प्रयोग गरिएको घोषणापत्र, कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडिटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्ने, राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्ने,लगायतका माग राखेर सरकारलाई सचेत बनाइएको अभियानका संयोजक छवि आचार्यले बताए । ‘सरकारलाई खवरदारी हो,‘सरकारका समर्थकले लगाएको आरोप प्रमाणित गर्न पनि चुनौती दिन्छौ’ आर्चायले भने ।  

उनले म्याग्दीमा विभिन्न राजनीतिक दलले घोषणापत्रमा जनाएको प्रतिबद्धता समेत पुरा गर्न नसकेको भन्दै युवाहरुले हरेक प्रतिबद्धतालाई कार्यान्वयन गर्न दवाव दिने बताए । ‘भोट माग्दा प्रतिबद्धता जनाएर पुरा नगर्नेले अव माफी माग्नुपर्छ,‘महंगो खर्चमा रमाउने जनप्रतिनिधिले झुपडीमा बस्नेको पीडा बुझ्नुपर्छ’ आचार्यले भने । जिल्ला प्रशासन कार्यालय नजिक गरिएको विरोध कार्यक्रम अगाडी राष्ट्रिय गान बजाइएको थियो ।

सामाजिक दुरी कायम गरी युवाहरुले रचनात्मक कार्यक्रम गदैं सकिएपछि प्रहरीलाई समेत धन्यवाद दिएर फर्किएका थिए । युवाहरूले विरोध कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने बताएका छन् ।  
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ११ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस