ग्रिल उद्योगलाई स्वास्थ्य सुरक्षा उपकरण
०५ असार २०७७
•
१ मिनेट पाठ
ग्रिल उद्योगलाई स्वास्थ्य सुरक्षा उपकरण
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रमले ग्रिल उद्योगहरुलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । सरकारले बन्दाबन्दी (लकडाउन) खुकुलो बनाएसँगै सञ्चालनमा आएका उद्योगमा काम गर्ने कामदार तथा ग्राहकको सुरक्षाका लागि परियोजनाले ग्रिल तथा स्टिल व्यवसायी महासंघ र अटो मेकानिकल महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।  




कोरोना संक्रमणको समयमा सञ्चालनमा आएका उद्योगहरुमा काम गर्ने कामदार तथा ग्राहकहरुको सुरक्षालाई मध्यनजर गर्दै सामग्री हस्तान्तरण गरिएको परियोजनाका टिम लिडर सुवास सुवेदीले बताए ।

सरकारले बन्दाबन्दीको मोडालिटी परिवर्तन गरेसँगै सञ्चालनम आएका उद्योगहरुलाई  सुरक्षित बनाउन  पाँचवटा उद्योगहरुलाई नमुनाका रुपमा सामग्री दिइएको बताए । स्वास्थ्य सुरक्षाका सामग्रीले कोरोना संक्रमण न्यूनीकरणका लागि थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । ग्रिल व्यवसायी राम कुमार गिरीले बन्दाबन्दीको मोडालिटी परिवर्तन भएपछि सम्पूर्ण सुरक्षा सावधानी अपनाएर उद्योग सञ्चालनमा आएको बताए ।

स्विस सरकारको स्विस विकास सहयोग र नेपाल सरकारको सहकार्यक्रम सञ्चालित एसटिसी परियोजनाअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो । 
अर्को समाचार
प्रधानमन्त्रीको सुरक्षा उपकरण किन्ने ठेक्का रद्द
२५ असार २०७७
•
२ मिनेट पाठ
प्रधानमन्त्रीको सुरक्षा उपकरण किन्ने ठेक्का रद्द
नेपाल प्रहरीले प्रधानमन्त्रीका लागि खरिद गर्न खोजेको इएलटिई ¥यापिड कम्युनिकेसन सिस्टम ठेक्का रद्द गरेको छ। प्रधानन्त्री ओलीका आइटी विज्ञ अस्गर अलीको संलग्नतामा राज्यलाई ५ करोड अनावश्यक व्ययभार थप्नेगरी सुरु गरेको खरिद प्रक्रिया विवादमा परेपछि प्रहरीले ठेक्का रद्द गरेको हो। प्रहरीले ५ करोड अनावश्यक व्ययभार थप्नेगरी प्रधानमन्त्रीलाई उक्त सिस्टम खरिद गर्न खोजेको विषय नागरिक दैनिकले सार्वजनिक गरेको थियो।




नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले इएलटिई ¥यापिड कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया रद्द गरेको जानकारी दिए। समय कम भएकाले ठेक्का रद्द गरेको बताउँदै अन्य विषय आफूलाई जानकारी नभएको उनले जिकिर गरे। प्रहरीले सिस्टम प्रस्तावदातालाई ठेक्का प्रक्रिया रद्द गरेको जानकारी पठाइसकेको प्रहरी स्रोतले बतायो।  

इएलटिई -यापिड कम्युनिकेसन सिस्टम खरिदका लागि चिनियाँ कम्पनी हुवावेको तर्फबाट दुई कम्पनीले म्यानुफ्याक्चर्स अथोराइजेसन फर्म (माफ) पेस गरेकाले खरिद कानुन बमोजिम कालोसूचीमा राख्नुपर्ने विषय नागरिक दैनिकले उठाएपछि त्यसबाट उन्मुक्ति दिने उद्देश्यले ठेक्का रद्द गरिएको प्रहरी स्रोतको भनाइ छ।

चीनले अनुदानमा दिएको सिस्टम प्रयोगमा ल्याउन सक्ने अवस्था हुँदाहुदै थप पाँच करोड अतिरिक्त व्यभार थप्न खोजेको भन्दै प्रहरीको सार्वजनिक आलोचना भएपछि अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली पनि पछि हटेको एक प्रहरी अधिकारी जानकारी दिए।  

२०७३ मा चीन सरकारले प्रदान गरेको ५० थान ¥यापिड कम्युनिकेसन सिस्टम नेपाललाई दिएको थियो। हुवावेले उत्पादन गरेको उक्त सिस्टम नेपाल टेलिकमले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो। चीनका राष्ट्रपति सी जिङ फिङ नेपाल भ्रमणमा आएका बेला प्रहरीले उक्त सिस्टम प्रयोगमा ल्याएको थियो। त्यसयता खासै प्रयोग गरेको छैन। तर अलीको जोडबलमा नयाँ सिस्टम खरिद गर्ने प्रक्रिया प्रहरी अघि बढाएको थियो।  

जेठ २७ गतेको प्रिबिड मिटिङमा सहभागीले हुवावेलाई मात्र मिल्नेगरी स्पेसिफिकेसन बनाएको आरोप लागेको थियो। आइटी विज्ञ अलीको संलग्नातामा हुवावे टेक्नोलोजिजलाई मिल्नेगरी स्पेसिफिकेसन बनाएर नयाँ ¥यापिड कम्युनिकेस सिस्टम खरिद गर्न खोजेको विषय सार्वजनिक भएपछि प्रहरी हच्किएको नेपाल प्रहरीका एक उच्च अधिकारीको भनाइ छ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भिडिओ कन्फेरेन्सिङ सिस्टमको ठेक्का हुवावेलाई दिएर विवादमा आएका अलीले हुवावेसँगकै साँठगाँठमा उसैलाई मिल्नेगरी स्पेसिफिकेसन बनाएर प्रहरीलाई विवादमा ल्याउने काम गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस