तीन महिनाको राजश्व छुट, जनप्रतिनिधिको पोसाक भत्ता, समितिको पारिश्रमिक कटौती
१० असार २०७७
•
४ मिनेट पाठ
तीन महिनाको राजश्व छुट, जनप्रतिनिधिको पोसाक भत्ता, समितिको पारिश्रमिक कटौती
धरानको सातौं नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्ततु गर्दै उपमेयर मञ्जु भण्डारी सुवेदी । तस्बिर : रोहित राई
धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट नगरसभामा प्रस्तुत भएको छ ।




वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडोटरियम हलमा बुधबार साँझ प्रस्तुत भएको नीति तथा कार्यक्रममा कोभिड १९ को कारण व्यापार, व्यवासायमा असर परेकोले राजश्व छुटको घोषणा गरिएको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीले नीति तथा कार्यक्रम प्रस्ततु गर्दै कोभिड १९ ले परेको असरबाट राहत उपलब्ध गराउन ३ महिनाको राजश्व छुटको व्यवस्था मिलाउने घोषणा गरिन् । यस्तै, सर्दु जलाधार क्षेत्रको अतिक्रमित जमिनलाई नेपाल सरकारले मन्त्रीपरिषदबाट निर्णय भएर रोक्का भइसकेकोले लगतकट्टा कार्य तत्काल सम्पन्न गरी जालधार संरक्षण गर्न संघीय सरकारमा पहल गर्ने पनि घोषणा गरिएको छ ।

धरानको महत्वपुर्ण खानेपानी परियोजनाको सन्दर्भमा पनि साउन १ गतेबाट खानेपानी संस्थान र परियोजना दुवैलाई एकीकरण गरेर खानेपानी व्यवस्थापन बोर्डबाट नै पानी व्यवस्थापन गर्ने पनि उपमहानगरले जनाएको छ । धरानका ७ हजार धरानबासीहरूको पिसिआर टेष्टको तयारीको लागि वीपी प्रतिष्ठानसँग समन्वय गरेर स्वास्थ्य कार्यविधि अनुसार प्राथमिकताको आधारमा तुरुन्तै स्वाब टेष्ट लिई कोरोना परीक्षण गर्ने पनि उपमहागनरले जनाएको छ ।  

बजेटमा कोरोनाको असर

धरानको बजेटमा पनि विश्वव्यापी बनेको कारोना महामारीको असर परेको छ । बुधबार सातौं नगरसभामा आगामी आर्थिक वर्षको बजेट कुल १ अर्ब ७२ करोड ३५ लाख ४३ अजार ५ सय बराबरको उपमेयर भण्डारीले प्रस्तुत गरिन् । यो चालु आर्थिक वर्षभन्दा करिब ५ अकरोड कम हो । चालु वर्षको बजेट १ अर्ब ७७ करोड ९१ लाख रहेको छ ।  

कोरोना महामारीको कारण आन्तरिक आयमा भारी संकुचन देखिएकोले आगामी वर्षदेखि लागु हुने गरी जनप्रतिनिधिहरूको पोसाक भत्ता कटौती गरिएको छ भने नगरपालिकाबाट गठन गरिएका विभिन्न समितिहरूको पदाधिकारीहरूले लिदै आएको पारिश्रमिक पनि कटौती गरिएको छ । यस्तै, आगामी आर्थिक वर्षदेखि लागु हुने गरी नगरपालिकाका कर्मचारीहरूले पाउदै आएको खाजा भत्तामा मासिक २ हजारका दरले कटौतीको प्रस्ताव छ ।

कोभिड १९ को चालु आर्थिक वर्षमा धरानको आम्दानीमा ४० प्रतिशत भन्दा बढी कमी आएको उपमहानगरले जनाएको छ । जसले गर्दा आगामी वर्षको बजेटमा चालु वर्षको दायित्व रहने पनि हुनेछ ।

आगामी वर्षको आन्तरिक आयतर्फ ५३ करोड ४२ लाख ४३ हजार ५ सय अनुमान गरिएको छ भने संघीय समानीकरण अनुदानतर्फ ३० करोड ७६ लाख, प्रदेश समानीकरण अनुदानबाट ९५ लाख ३५ हजार आय अनुमान गरिएको छ भने संघीय राजश्व बाँडफाडबाट १६ करोड ४२ लाख २९ हजार ४ सय ४४ र प्रदेश राजश्व बाँडफाडबाट १७ करोड ३ लाख ८० हजार आय अनुमान गरिएको छ ।

यसैगरि, संघीय समपुरक अनुदानबाट ३ करोड ३३ लाख, संघीय बिशेष अनुदानबाट १ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट १ करोड, खानेपानी व्यवस्थापन बोर्डबाट १ करोड अनुमान गरिएको छ भने सडक बोर्डबाट १ करोड २० लाख, जनसहभागिताबाट १ करोड ५० लाख आय अनुमान गरिएको छ ।  

यस्तै, व्ययतर्फ भने प्रशासनिक खर्चमा ३१ कराड ८१ लाख ६८ हजार ५ सय विनियोजन गरिएको छ भने वडागत प्रशासनिक खर्चमा २ करोड र कार्यक्रम तथा पूँजीगत खर्च २० करोड गरि २२ करोड विनियोजन गरिएको छ । क्रमागत भुक्तानीलाई २२ करोड ५५ लाख, नगर गौरवको आयोजनातर्फ ४ करोड ५० लाख विनियोजन गरिएको छ भने बिषयगत कार्यक्रमहरू शिक्षा, पर्यटन, खेलकुद, सुचना, वन, वातावण लगायत अन्य पुँजीगत निर्माण सुधारतर्फ ९१ करोड ४८ लाख ७५ हजार विनियोजना गरिएको छ ।

आगामी वर्ष शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ क्रमागत योजनाहरूको भुक्तानी तथा नयाँ कर्याक्रम र नगर गौरवको योजनाहरूको लागि ३५ करोड ४५ लाख विनियोजना गरिएको छ भने शिक्षा युवा तथा खेलकुदतर्फ कुल ३७ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ५ करोड ३८ लाख, सामाजिक विकासतर्फ २ करोड २ लाख, आर्थिक विकासतर्फ कृषि, पशु, सहकारी र उद्योगको लागि १ करोड ९० लाख, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड ३८ लाख विनयोजन गरिएको छ भने पर्यटनतर्फ १ करोड ५५ लाख, सुचना तथा संचारतर्फ ३० लाख, साहित्य कला र साँस्कृतितर्फ ३० लाख, अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनतर्फ ५० लाख, मजदुर कल्याण कार्यक्रमतर्फ ५ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, न्याय सम्पादनतर्फ २५ लाख, सार्वजनिक जग्गा संरक्षणमा ५० लाख, विमानस्थल जग्गा व्यवस्थापनमा ८० लाख, राजश्व सुधार तथा संस्थागत क्षमता विकासमा ४० लाख बजेट छ भने नगर प्रोफाइल तथा जिएमअएस अपडेटतर्फ ५० लाख र अन्य कार्यक्रमहरूतर्फ २८ करोड १० लाख ७५ हजार बजेट विनियोजन गरिएको छ । मेयर कोषमा ८० लाख, मर्मततर्फ ५० लाख र आकस्मिक कोषमा ३० लाख बजेट विनियोजन गरिएको छ । यस्तै, विपद व्यवस्थापन कोषमा ८० लाख विनयोजन गरिएको छ भने कोभिड १९ लगायत महामारी नियन्त्रणको लागि ८० लाख विनियोजन गरिएको छ ।
अर्को समाचार
हर्कले दिए गृहमन्त्रीलाई ‘सुधारबार’ अभियानको निम्तो
१८ चैत्र २०८०
•
१ मिनेट पाठ
हर्कले दिए गृहमन्त्रीलाई ‘सुधारबार’ अभियानको निम्तो
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।




आइतबार मन्त्रालयमा भएको भेटमा दुईजनाबीच लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको थियो। 

धरानमा आफूले शुक्रबार चलाइरहेको ‘सुधारबार’ अभियानमा सहभागी भइदिन उनले गृहमन्त्रीलाई निम्तो दिएका छन्।

गृहमन्त्री लामिछानेले साम्पाङको अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

लामिछानेले लागुऔषध दुर्व्यसनी  नियन्त्रण गर्न संघले मात्र नभएर सबै तहले मिलेर अगाडि जानुपर्ने बताएका छन्। 

प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त श्रोत–साधनको माग गरेका थिए।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
यो पनि पढौँ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस