बैंकको निक्षेप बढ्दै कर्जा घट्दै, साउनबाट निक्षेपको ब्याजदर घट्ने
१५ असार २०७७
•
४ मिनेट पाठ
बैंकको निक्षेप बढ्दै कर्जा घट्दै, साउनबाट निक्षेपको ब्याजदर घट्ने
कोभिड–१९ को संक्रमणका कारण सरकारले लकडाउन (बन्दाबन्दी) को घोषणा गरेको आज ९८ औं दिन हो।  लकडाउनका कारण मुलुकका बैक वित्तीय संस्थामा निक्षेप संकलन बढ्दै गएको छ भने कर्जाको माग घट्दै गएपछि  बैकहरुले नयाँ रणनिती अपनाउने भएका छन्।  




लकडाउनका कारण कर्जाको माग हुन छाडेपछि वाणिज्य बैकहरुले चालु आवको जेठ, असारमा निक्षेपको ब्याजदर घटाउने कसरत सूरु गरेका थिए तर, राष्ट्र बैंकले हस्तक्षेप गरेपछि पछि हटेको थियो।  

गत वैशाखमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक वित्तीय संस्थालाई निक्षेपको ब्याजदर नघटाउन मौखिक निर्देशन दिएपछि बैंकहरुले आगामी आवको साउनवाट निक्षेपको ब्याजदर घटाउने तयारीमा लागेका हुन्।  

वणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघका अनुसार गत चैत ११ गतेदेखी कर्जा लगानी खुम्चीदै आएको र यसअघि लगानी भएको कर्जाको ब्याज पनि असुली नभएकाले बैंकहरुले निक्षेपको ब्याजदर घटाएर भएपनि संस्थाको नियमित खर्च घटाउने कसरतमा लागेका हुन्।  

सरकारले लकडाउनको घोषणा गरेपछि चालु आवको चैतमा कर्जा लगानी ४० अर्बले बढेको थियो भने निक्षेप ५३ अर्ब ४० करोडले बढेको थियो।  

तर, वैशाख र जेठमा मुलुकका बैंकिङ् प्रणालीमा करिब १ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप थपिदा सोही अवधीमा कर्जाको माग २९ अर्ब २० करोड रुपैयाँले कर्जा घटेको छ।  

बैक वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको बैशाख र जेठमा ४० अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो सोही अवधीमा ७२ अर्ब २० करोड रुपैयाँ निक्षेप बढेको थियो।  

राष्ट्र बैंकका अनुसार सरकारले लकडाउन घोषणा गरेपछि बैक वित्तीय संस्थाको कर्जा लगानी घटेपनि चालु आवको साउनदेखी जेठ मसान्तसम्म ११ महिनाको अवधीमा निक्षेप संकलन करिब ३ खर्ब ९८ खर्ब रुपैयाँले निक्षेप बढेको छ भने ऋण ३ खर्ब ९८ खर्ब रुपैयाँले बढेको छ।  

बैकर्सका अनुसार अहिले सरकारको चालु खर्च बढ्दै गएकाले मुलुककको बैंकिङ प्रणालीमा निक्षेप थुप्रिदै गएको छ।  एकातिर बैंकको कर्जा लगानीमा कमी आएको छ भने निक्षेप संकलन बढ्दै गएको छ।  त्यसैगरी, अर्कातिर निक्षेपकर्तालाई ब्याजमार्फत भुक्तानी गर्नूपर्ने रकम बढ्दै गएकाले बैकहरु निक्षेपको ब्याजदर घटाउने दवावमा परेका हुन्।  

लकडाउनका कारण लामोसयम बैक वित्तीय संस्थका शाखा कार्यालय बन्द रहेको र सरकारले असार १ गतेदेखी लकडाउन केही खुकुलो पारेपनि कर्जाको माग नभएपछि संघले केहीदिन अघि राष्ट्र बैकलाई सुझाव दिएको संघका अध्यक्ष भुवन दाहालले बताए।  

लामोसमय शाखा कार्यालय वन्द हुँदा खर्च कटौती गर्न यसअघि सञ्चालन भएका अनावश्यक शाखा कार्यालय मर्ज/बन्द गर्ने विषयमा आगामी आवको मौद्रिक नितीमार्फत सम्वोधन गर्न सुझाव दिएको उनले बताए।  

मुलुकको बैंकिङ् प्रणालीमा तरलता थुप्रिदै गएकोले अहिलको अवस्थामा निक्षेपको ब्याजदर घटाउनुको विकल्प नरहेको उनले बताए।  हालसम्म औपचारिक रुपमा केही निर्णय भएपनि निक्षेपको ब्याजदर घटाउँने दवावमा बैक रहेको उनले बताए।  

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सरकारले आगामी आर्थिक वर्षको बजेटमा मुद्रास्फीति ७ प्रतिशतभन्दा तल राख्ने लक्ष्य लिएको बताए।  

चालु आवको १० महिनाको अवधीमा मुद्रास्फीति करिब ६ दशमलव ५ प्रतिरहेको बताउँदै उनले निक्षेपको वास्तविक ब्याजदर बचतमा हुनुपर्ने बताए।  

श्रोतका अनुसार राष्ट्र बैंकका गर्भनर अधिकारीले निक्षेपमा ब्याज नघटाउन मौखिक निर्देशन दिएपनि बैंक वित्तीय संस्थालाई एकातिर ऋणको ब्याज घटाउने दबाब छ भने अर्कोतिर निक्षेपमा पनि ब्याज घटाउनु पर्नै भएकाले आगामी आवको साउन १ गतेदेखी निक्षेपको ब्याजदर घटाउने योजनामा छन्।  

श्रोतका अनुसार बैंकर्सबीच अनौपचारिक रुपमा भएको छलफल अनुसार आगामी आवको साउनदेखी निक्षेपको ब्याजदर बढीमा दुई प्रतिशत विन्दुसम्म घटाउने कसरतमा लागेपनि यस विषयमा राष्ट्र बैकसँग भने औपचारीक रुपमा छलफल भएको छैन।  

संघका अनुसार गत चैत मसान्तदेखि जेठ ३० गतेसम्म ८७ अर्ब रुपैयाँ निक्षेप बढेको छ तर कर्जाको माग २९ अर्ब रुपैयाँले घटेकाले अब निक्षेपको ब्याजदर घटाउन छलफल भइरहेको छ।  

संघका अनुसार हाल बैकहरुले संस्थागत निक्षेपमा बढीमा ७ प्रतिशत ब्याज दिदै आएका छन् भने ब्यक्तिगत निक्षेपमा ८ दशमलव ७५ प्रतिशत ब्याज दिदै आएका छन्।  त्यसैगरी, बचतको साढे ५ प्रतिशत ब्याज निर्धारण गरिएको छ।  

संघका अनुसार लकडाउन सूरु भएपछि प्रतितपत्र (एलसी) को बिक्रि बाहेक कर्जाको माग न्यून रहेको छ।  जसकारण यसअघि ७९ प्रतिशतसम्म पुगेको सिसिडी दर अहिले ७४ प्रतिशतमा झरेको छ।  राष्ट्र बैंकका अनुसार बैकहरुको सिसिडी दर ८० प्रतिशतभन्दा कम हुनुपर्छ।    
अर्को समाचार
‘ग्रे लिष्ट’ ले असर पार्न सक्छ
१७ फागुन २०८१
•
५ मिनेट पाठ
‘ग्रे लिष्ट’ ले असर पार्न सक्छ
पोखरामा शनिबार नेपालका बैंकको अवस्थाबारे छलफल गर्दै बैंकर्स। तस्बिरः नागरिक
नेपालको अर्थतन्त्र र बैंकको अवस्था बजारमा सुनिएजस्तो डराउनुपर्ने अवस्थामा नरहेको वित्तीय क्षेत्रका जानकारले बताएका छन्। पोखरामा चलिरहेको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा शनिबार ‘के छ बैंकको हालखबर?’ सत्रको कुराकानीमा नेपालको बैंकिङ क्षेत्रको अवस्था चिन्ता लिनुपर्ने नरहेको जानकारहरुको भनाई छ।  




प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बैंकको अवस्था बजारमा सुनिएजस्तो गम्भीर नरहेको बताए। ‘बैंकको अवस्था सिटामोलसम्म दिन परेको अवस्था हो, त्यहाँभन्दा माथि जान भने परेको छैन। सडकमा सुनिएजस्तो बैंकको अवस्था नराम्रो होइन,’ उनले थपे, ‘हाम्रो बैंकिङ प्रणालि बलियो छ, किनभने केन्द्रीय बैंकको मनिटरिङ र बैंकभित्रको जुन किसिको बलियो नीति, रणनीति र आवश्यकता अनुसारको काम भईरहेको छ। त्यसैले डराउनु पर्ने अवस्था छैन।’  

पछिल्ला महिनामा ब्याज दर घटेकाले व्यवसायीलाई सहज भएको सीईओ शेरचनले दाबी गरे। तर, लगानी गर्ने वातावरण नदेखेर ऋण लिन नआएको हुनसक्ने उनले बताए। बैंकले ऋणी खोजिरहने भएकाले प्रस्ताव लिएर गएमा त्यसमा लगानी गर्न वर्तमान समयमा कुनै समस्या नरहेको सीईओ शेरचनले बताए।  

अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ‘ग्रे लिष्ट’ ले बैंक र व्यवसायीलाई असर गर्ने सम्भावना रहेको भने उनले औंल्याए। ‘हामीले आयात–निर्यात गर्ने क्रममा विभिन्न देशका बैंक, व्यावसायिक घरानासँग कारोबार गर्छौ, ग्रे लिष्टमा परेका कारण हेर्ने नजर फरक हुन सक्छ,’ शेरचनले थपे, ‘त्यसबापत थप शुल्क लगाउन सक्ने सम्भावना छ। कतिपय देशले हामीलाई पन्छाउने सम्भावना छ । कति देशले आउने जाने कुरा हो भन्न सक्छन।’

नेपालले ग्रे लिष्टमा पर्दा आइपर्ने असर हेरेर त्यसलाई समाधान गर्न अहिल्यै लाग्नुपर्ने उनले बताए। ‘हाम्रो ग्रे लिष्टबाट बाहिर निस्कन गरिरहेको प्रगति हेर्ने हुनाले ठूलो असर नपर्ने पनि हुनसक्छ। तर, यसले केही न केही व्यवसाय, बैंक, अनुदान र सहयोगमा असर पर्न सक्छ भनेर पूर्व तयारी गर्नुपर्छ,’ शेरचनले भने।    
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले लगानीयोग्य पैसा थुप्रनु र खराब कर्जा बढ्नु बैंकिङ क्षेत्रको वर्तमान चुनौती रहेको सुनाए। नीति नियम वा रणनीति बनाएर सदुपयोग गर्न सके लगानीयोग्य पैसा थुप्रिएको विषयलाई सकारात्मक लिनुपर्ने उनको भनाइ थियो।

‘अहिलेको समयमा आठसय अर्ब रुपैयाँ लगानीयोग्य पैसा बैंकसँग छ। यसलाई कसरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ, जीडीपीमा योगदान गर्ने क्षेत्र पहिचान गरेर कसरी व्यवसायीलाई लगानी गर्न सकिन्छ भन्ने चुनौती छ,’ उनले भने। खराब कर्जा ५ प्रतिशतभन्दा बढी नरहेकाले धरासायी नभएको सीईओ गुरुङले जिकिर गरे।  

तर, खराब कर्जा वर्षेनि बढ्दै गएकाले त्यसलाई सुधार गर्न आवश्यक भने रहेको उनको भनाइ थियो। ‘५ प्रतिशत तलको खराब कर्जा मान्य नै देखिन्छ। बैंकिङ उद्योग अहिले ५ प्रतिशतभन्दा तल छ,’ सीईओ गुरुङले भने, ‘३/४ वर्षअघि १.५ देखि बढ्दै गएर साडे ४ प्रतिशत पुगेको छ। खराब कर्जा कसरी घटाउने भन्ने आजको चुनौती हो।’ बजारमा हल्ला भएजस्तो नेपालको वित्तीय अवस्था नरहेको उनले पनि जिकिर गरे। सामाजिक धारणा र सामाजिक सञ्जालमा बनाइने धारणाले केही असर परेको तर समग्रमा सकारात्मक रहेको उनको भनाइ थियो।  

आन्तरिक र बाह्य अडिट, राष्ट्र बैंक, सेबनदेखि धेरै निकायले बैंकको वित्तीय अवस्था अध्ययन गर्ने भएकाले बैंकिङ क्षेत्रमा धेरै समस्या नहुने सीईओ गुरुङले बताए। अर्थतन्त्र कोभिड–१९ को समयमा सिथिल भएपनि अहिले सुधार भइसकेको सीईओ गुरुङले बताए।  

‘अर्थतन्त्रको सम्बन्धमा कोभिडदेखि अलिकति सिथिल भएको हो, तर, त्यो अब सकियो। गत वर्ष र यो वर्षको ६ महिनामा सबै सूचक सकारात्मक छन्,’ उनले थपे, ‘हिजो १४ प्रतिशत ब्याजदर थियो। करिब ७/८ प्रतिशत घटिसक्यो भनेपछि सकारात्मकतर्फ अघि बढेको छ।’ अर्थतन्त्र र बैंक अन्तरसम्बन्धित हुने भएकाले एउटा बिग्रँदा अर्को पनि समस्यामा पर्ने उनको भनाइ थियो।  
नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कर्जा प्रवाह बढाउन लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए। ‘उत्पादन भइसकेपछि त्यसलाई बजारसम्म लैजान सक्ने संयन्त्रको विकास भएको छैन। किसानले उत्पादन गर्नुपर्ने, किसानले नै बिक्री गर्नुपर्ने अनि घाटा पनि किसानले खेप्नुपर्ने भएको छ,’ पौडेलले भने, ‘राज्यबाट प्रत्याभूतिको वातावरण गर्न सक्यौं कि सकेनौं भन्ने कुरा पनि छ।’ कर्जा लिएपछि तिर्नुपर्दैन भन्ने भाष्य बनाउने र बैंक कर्मचारीलाई अभद्र व्यवहार गर्नु अर्थतन्त्रका लागि राम्रो नभएको पौडेलको भनाइ थियो।  

नेपाली व्यावसायिक क्षेत्रमा लगानी नहुनुको एउटा कारण खुल्ला सीमाना पनि रहेको उनले औंल्याए। ‘खुल्ला सीमा छ, आयात निर्वाध गर्न सक्छौं। छिमेकी देशमा जुन अनुदान दिएर किसान र उत्पादन क्षेत्रलाई न्यून लागतमा उत्पादित वस्तु बजार आउँछ,’ उनले थपे, ‘यहाँ चर्को मूल्यमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न सके कि सकेनन् भन्ने लेखाजोखा गर्न आवश्यक छ।’ अर्थतन्त्रका सबै पक्ष मिले मात्र उत्पादन, वितरण र बजारीकरण, आयात, निर्यातलाई व्यवस्थित गर्न सकिने पौडेलले बताए।  

छलफलमा गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले वित्तीय सेवा अपांगमैत्री हुन नसकेको गुनासो गरिन्। अपांगता भएकाहरूले मोबाइल बैंकिङको प्रयोग गर्न नपाएको उनले बताइन्। कार्यकारी निर्देशक पौडेलले वित्तीय सेवा प्रविधिमैत्री हुने क्रममा रहेको जवाफ दि ।  

आफूहरूले देशभरका ५ हजार १ सय एटीएम मेसिन र बैंकिङ सेवा अपांगमैत्री बनाउन परिपत्र गरेको उनले जानकारी दिए। ‘अबका पूर्वाधार अपांगतामैत्री बनाउन भनेका छौं। सुविधाबाट वञ्चित गराएको भनेर नलिनुहोला,’ पौडेलले थपे।  

पोखराका पर्यटन व्यवसायी बबरजंग गुरुङले बैंकले करोड रुपैयाँ भन्दा बढी लगानीका योजनामा मात्र लगानी गर्ने गरेको तर साना र मझौला व्यवसायीलाई चासो नदिने गुनासो पोखे। बैंकले व्यवसायीको विगत हेर्ने हो भने कोभिड पछि पनि अवस्था ठिक नभएको उनको भनाइ थियो। जवाफमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले साना व्यवसायीलाई हेपिएको भन्ने सत्य नभएको दाबी गरे। कृषि विकास बैंकबाट डेढलाख रुपैयाँभन्दा बढीले कृषि तथा महिला उद्यमशील कर्जा लिएको उनले सुनाए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस