टोक्यो, वैशाख २९ (एजेन्सी)- जापानको विद्युतीय (इलेक्ट्रनिक) कम्पनी पानासोनिकलाई ९ दशमलव ७ अर्ब डलरको वार्षिक नोक्सान भएको छ। उक्त कुराको घोषणा कम्पनीले गरेको छ।
पानासोनिकलाई दक्षिण कोरियाको सामसुङ कम्पनीसँग कडा प्रतिस्पर्धा गर्नुपरिरहेको छ। सामसुङसँगको कडा प्रतिस्पर्धा, प्राकृतिक प्रकोप र जापानी मुद्रा दरिलो हुनुलाई घाटाको कारणका रुपमा लिइएको छ।
यसअघि जापानमा सोनीले लगभग ६ अर्ब डलरको घाटा भएको घोषणा गरेको थियो। सोनीलाई पनि पानासोनिकको कडा प्रतिस्पर्धी मानिन्छ।