पाल्पामा चैते धान उत्पादनमा वृद्धि
१९ असार २०७७
•
५ मिनेट पाठ
पाल्पामा चैते धान उत्पादनमा वृद्धि
आधुनिक प्रविधिको प्रयोग र उन्नत जातका बिउ बिजनले चैते धानको उत्पादन बढेपछि  कृषक खुसी भएका छन् ।        




यस वर्ष अघिल्ला वर्षको तुलनामा करिब २० मुरी धानको उत्पादन वृद्धि हुने रामपुर नगरपालिका–४ सदावर्तका कृषक विनोद श्रेष्ठ बताए । उनी बर्सेनि नौ रोपनी क्षेत्रफलमा धान लगाएर ३० देखि ३५ मुरीसम्म उत्पादन लिँदै आएकामा यस वर्ष ५५ मुरी उत्पादन हुने अनुमान गर्छन् । ‘खेतमा लहलाउँदो धानका बाला झुलेका छन् । यस वर्ष बर्दियाबाट उन्नत जातको बिउ मगाएर धान लगाए, प्राविधिकको सल्लाह सुझाव पनि राम्रो पाएपछि खेती राम्रो भयो,’ उनले भने ।

सुमित्रा थापा यस वर्ष पाँच मुरी बढी धान फलेपछि खुसी छन् । धानखेती गर्ने राम्रो प्रविधिको ज्ञान सिकेपछि उत्पादन बढेको उनको ठम्याइ छ ।          

यस वर्ष कृषि ज्ञान केन्द्र पाल्पाले रामपुर नगरपालिका– ४ स्थित तल्लो वडभान क्षेत्रमा चैते धानको पकेट कार्यक्रम सञ्चालन गरेको छ । ज्ञानकेन्द्र र पकेट समितिको  १४÷१४ लाखमा पकेट कार्यक्रम सुरु गरिएको थियो ।  

दुई सय दुई रोपनी क्षेत्रफलमा २८ घरधुरीका कृषकले धान खेती गरेका छन् । ती कृषकलाई चार मिनिलिटर, दुई वटा पावर टिलर, दुई वटा रोटाभेटर, चार वटा धान काट्ने मेसिन, बेल्चा, गैटी, धान काट्ने दतिया, मल बिउ बिजनलगायतका सामग्री प्रदान गरिएको समितिका अध्यक्ष ओमबहादुर रानाले जानकारी दिउ । हाल चलन चल्तीमा  चैते १, चैते २, हर्दिनाथ, टाइचन, बगरे लगायतका चैते धानका रहेका छन् । 

नगरपालिका क्षेत्रमा करिब ५०० रोपनी क्षेत्रफलमा चैते धानखेती गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए । निस्दी गाउँपालिकामा करिब २८ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिन्छ । ढुङ्गानाबेंसी, गल्धाफाँट, भोटाहा, लामेदमार, मुढाबास, दुनिडमारलगायतका क्षेत्रमा धान लगाउने गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख खिमराज कोइरालाले बताए ।  यस वर्ष धान राम्रै फलेकाले उत्पादन धेरै हुने ढुङ्गानाबे)सीका कृषक पुर्खासिं सोती बताउँछन् । उनले करिब १० रोपनी जग्गामा धान खेती गरेका छन् । बगनासकाली गाउँपालिकाको पोखराथोक, चिर्तुङ्गधारा, यम्घालगायतका क्षेत्रका केही कृषकले धान लगाउने गरेका छन् ।      

कुनै बेला चैते धानले मात्र हरियाली हुने माडीफाँटमा भने हिजोआज धान लगाउनै छाडिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउँछन् । धान लगाउने कृषक भने पछिल्ला समयमा कम रहेको उनको भनाइ छ ।      

पूर्वखोला गाउँपालिकाको देवीनगर, जल्पा, रिङ्गनेरह क्षेत्रमा चैते धान लगाइन्छ । पछिल्ला वर्षमा कृषकले धान लगाउन कम गरे पनि उत्पादन लिन सफल भएको कृषि शाखा प्रमुख सन्तोष कँडेलले बताए ।  

रम्भा गाउँपालिकाको हुँगी क्षेत्रमा पनि धान धेरै उत्पादन हुने गर्दछ । जिल्लामा ७०५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइन्छ । ज्ञानकेन्दका बागवानी विकास अधिकृत सन्तोष पाठकले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी पकेट क्षेत्रमा नवीन प्रविधि तथा यन्त्रको उपयोगबाट खेती लगाउने तथा धान काट्ने आधुनिक औजार सहयोग गरेको जानकारी दिए ।  

चिउराका लागि चैते धान राम्रो मानिन्छ । ज्ञानकेन्द्रका प्रमुख शिवप्रसाद अर्यालले धान उत्पादन वृद्धिका लागि कृषकलाई केन्द्रले आवश्यक सहयोग गरेको बताए  ।

घाँसखेतीमा कृषकको आकर्षण      

पशु आहारका लागि पोषिलो घाँस उत्पादन वृद्धि गर्न घाँसखेतीलाई व्यवसायीकरण गर्न थालिएको छ । जिल्लाका तानसेन, रामपुर नगरपालिका रम्भा गाउँपालिकालगायत विभिन्न क्षेत्रका कृषक व्यावसायिक घाँस उत्पादनमा लागेका छन् ।           

भेटरीनरी तथा पशुविज्ञ केन्द्र पाल्पाले कृषक तथा समूह सहकारीको मागका आधारमा घाँसखेतीमा सहयोग गर्न थालेपछि कृषक सो खेतीतर्फ आकर्षित भएका हुन् । पशुपालन गर्ने कृषक बढ्दै जान थालेपछि पशु आहाराका लागि खाली रहेका जमिनमा घाँसखेती गर्न थालिएको छ । चालू आर्थिक वर्षमा केन्द्रले रामपुर नगरपालिकास्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थालाई घाँसको नर्सरी स्थापना गर्न सहयोग गरेको छ ।           

पशुविज्ञ केन्द्रको  १० लाख र सहकारीको  १० लाख समन्वयमा घाँसखेती प्रवद्र्धन कार्यक्रमका लागि सम्झौता अगाडि बढाएको केन्द्रका प्रमुख डा. चन्द्रबहादुर राना जानकारी दिए । सहकारीले यस वर्ष ६० कृषकलाई रामपुरमा नर्सरी स्थापना गर्न  १ लाख बराबरको घाँसको बिउ वितरण गरेको अध्यक्ष कृष्णकुमार अर्यालले बताए ।       

नेपाल सरकारसँग खरिद गरेको सुपर नेपियर, सिओफोर, मुलाटो, बदामे, पासपलाम र सुब्बा सेटरिया जातका घाँसको बिउ वितरण गरिएको व्यवस्थापक भविनारायण मरासिनीले बताए । सहकारीले कृषकलाई अनुदानमा बिरुवा उपलब्ध गराएपछि व्यवसाय गर्न सजिलो परेको अगुवा कृषक बलबहादुर राना जानकारी दिए ।       

पशुविज्ञ केन्द्रले गत वर्षदेखि नै घाँसखेतीलाई व्यवसायीकरण गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । भेटरीनरी तथा पशुविज्ञ केन्द्रले सञ्चालन गरेको पाल्पाको तानसेन नगरपालिकास्थित धु्रवघाटमा करिब ३१ रोपनी क्षेत्रफलमा घाँसखेती छ । यहाँ डाले प्रजातिका बडहर, किम्बु, राई खनियो, टाँकी, कोइरालो, इपिलिपीलगायतका घाँसका बिरुवा उत्पादन गरिन्छ ।           

यसअघि निःशुल्क घाँसका बिरुवा वितरण गर्ने गरिन्थ्यो भने यो वर्षदेखि प्रदेश सरकारले तोकेको शुल्कमा बिक्री गर्न थालिएको छ । यस वर्ष घाँसका बिरुवा बिक्री गरेर करिब  तीन लाख बराबरको राजस्व सङ्कलन हुने केन्द्रले जनाएको छ ।         

तानसेन नगरपालिका– ११ स्थित बृज एग्रो एन्ड रिसर्च सेन्टर, रिसर्च सेन्टर बाख्राफार्म, रम्भा गाउँपालिका– २ को फोक्सिङ्गकोट, रामपुर नगरपालिका– ३ स्थित गण्डकीढिक र वडा नं ७ मोहटी लगायतका क्षेत्रमा समूह तथा व्यक्तिगत तवरले घाँसखेती गरिँदै आइएको छ । जिल्लामा करिब एक दर्जनभन्दा बढी कृषक, समूह तथा सहकारीले व्यावसायिक घाँस खेती सुरुवात गरेका छन् ।      
अर्को समाचार
अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै
०२ वैशाख २०८१
•
२ मिनेट पाठ
अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ। सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको  हो।




जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ। यो यामको चैते धान रोपाइँ सकिँदा जिल्लामा कूल एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा खेती भएको छ। यस वर्ष चैते धान रोपाइँ गरिएको क्षेत्रफल गत वर्षको भन्दा एक सय पाँच हेक्टरले बढी रहेको कृषि ज्ञान केन्द्रका बालीविज्ञ सञ्जय ढकालले बताए।

‘चालु आवमा जिल्लामा एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ, गत आवमा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो’, उनले भने, ‘जिल्लामा पछिल्लो दुई/तीन वर्षयता चैते धान उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ।’

आव २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ भएकोमा जम्मा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको थियो। पहिला–पहिला खोलाबाट कुलोमार्फत सिँचाइ पुगेको स्थानमा मात्र चैते धान खेती गरिन्थ्यो भने अहिले डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुगेको ठाउँमा पनि यो खेती गर्न थालिएकाले क्षेत्र विस्तार भएको ढकालले बताए। सिँचाइका सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानले चैते धानलाई प्राथमिकता दिन थालेका छन्। चैते धान खेतीको क्षेत्र विस्तार भएसँगै उत्पादन पनि बढ्न थालेको छ।

बालीविज्ञ ढकालले भने, ‘जिल्लामा गत आवमा चैते धानको उत्पादन छ हजार एक सय २३ मेट्रिक टन भएको थियो भने यो सिजनमा क्षेत्र बढेकाले छ हजार सात सय ५० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ।’ वर्षे धानको तुलनामा धेरै फल्ने, रोग र किरा कम लाग्ने भएकाले किसानले चैते धान बालीलाई प्राथमिकता दिन थालेको उनको बुझाइ छ। कतिपय स्थानमा किसानले एउटै धानको बीउ धेरै वर्षसम्म लगाउँदा उत्पादनमा वृद्धि हुन नसकेको ढकालले जानकारी दिए।

जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेती हुने गरेको छ। यहाँ चैते धानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए।

‘धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा अनुदान प्रदान गरेको छ’, उनले भने, ‘जिल्लाभित्र उत्पादन हुने चैते धान कृषक आफैँले बिक्री गर्ने गरेका छन्।’

जिल्लाको भौगोलिक अवस्थाअनुसार माघ अन्तिम हप्तादेखि सुरु भएको चैते धान रोपाइँ चैत अन्तिम हप्तामा सकिएको प्रमुख तिवारीको भनाई छ। जिल्लामा चैते धानको उत्पादन हुने क्षेत्र प्रशस्त रहेको जनाउँदै उनले क्षेत्रफल र उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्र धान निर्यात गर्न सकिने बताए। -रासस  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस