विभिन्न किसिमका कर छुट गर्न होटल व्यवसायीको माग
२१ असार २०७७
•
२ मिनेट पाठ
विभिन्न किसिमका कर छुट गर्न होटल व्यवसायीको माग
राहतका प्याकेज ल्याउनका लागि प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापन–पत्र बुझाउँदै होटल व्यवसायी संघका अध्यक्ष जेपी राई (वायाँ) । तस्बिर : नागरिक
खोटाङका होटल व्यवसायीले लकडाउन अवधिको विभिन्न किसिमको कर छुटको माग गरेको छ । गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण जिल्लाका होटल व्यवसायी, होटल व्यवसायका क्षेत्रमा संलग्न कर्मचारी र मजदुरलाई आर्थिक संकट भएको भन्दै होटल व्यवसायी संघले आईतबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन–पत्र बुझाएर राहतको प्याकेज व्यवस्थाको माग गरेको हो । 




केही समयअघि प्रधानमन्त्री तथा १ नम्बर प्रदेशका मूख्यामन्त्री समक्ष लकडाउन अवधिको विभिन्न किसिमको कर छुटको माग राखेको होटल व्यवसायीले पुनः प्रशासनलाई ज्ञापन–पत्र बुझाएर सोही माग दोहो¥याएको हो । होटल व्यवसायीले राज्य तथा स्थानीय सरकारबाट कार्ययोजना बनाएर लकडाउनको समय अवधिको विजुलीको बिल, खानेपानीको बिल, स्थानीय सरकार तथा राज्य सरकारलाई तिर्नुपर्ने विभिन्न किसिमका कर तथा नविकरण शुल्क छुट गराउन आग्रह गरेको छ ।  

होटल व्यवसायी संघका अध्यक्ष जेपी राईले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई बुझाएको ज्ञापन–पत्रमा घर भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई ५० प्रतिशत भाडा र घर वहाल कर छुटको व्यवस्था गर्न, होटल व्यवसायी, कर्मचारी र मजदुरलाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सामाजिक सुरक्षाकोष वा अन्य श्रोतबाट आर्थिक प्याकेजको व्यवस्था मिलाउन माग गरिएको छ ।  

यस्तै, बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर लगानी गरेका होटल व्यवसायी लकडाउनका कारण व्याज तथा मासिक कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका कारण ५० प्रतिशत व्याज छुट गराइ कम्तीमा एक वर्षसम्म व्याज तथा मासिक किस्ता तिर्न नपर्ने व्यवस्था मिलाउन, पुन: व्यवसाय सञ्चालनका लागि तीनवटै तहका सरकारबाट सहुलियत व्याज दरमा बैंकिङ कर्जाको व्यवस्था मिलाउन लगायतका लगायतका ७ बुँदे माग गरिएको छ । भ्रमण वर्ष सफल बनाउनका लागि सेवा सुविधा थप गर्न बैंक तथा वित्तीय संस्थाबाट अनुदान लिएका दिक्तेलबजार, हलेसी लगायतका ठाउँका होटल व्यवसायी आर्थि संकटबाट गुज्रेको होटल व्यवसायीले बताएका छन् ।  
अर्को समाचार
होटल व्यवसायीका दुःख: न खोप, न खोल्ने अनुमति
१२ साउन २०७८
•
४ मिनेट पाठ
होटल व्यवसायीका दुःख: न खोप, न खोल्ने अनुमति
कोरोना महामारीले होटल व्यवसायमा निम्त्याएको सङ्कट लम्बिँदो छ। निषेधाज्ञा खुकुलो पारिएपनि होटल, रेष्टुरा पहिला झैं खुल्न पाएका छैनन्। स्थानीय प्रशासनले ‘टेक अवे’ र ‘होम डेलिभरी’ मात्र गर्न पाउने प्रावधान तोकेको छ।




झण्डै डेढ वर्षदेखि खराब स्थिति झेलिरहेका होटल व्यवसायीहरु कोरोनाविरुद्धको खोपमासमेत प्राथमिकतामा नपर्दा निराश भएका छन्। बन्दाबन्दी र निषेधाज्ञाको प्रत्यक्ष मार होटल व्यवसायमाथि छ। पर्यटन क्षेत्र ठप्प हुँदा र जिल्लाभित्रै पनि मानिसको आउजाउ घटेपछि प्रायः होटल सुनसान बनेका छन्।

होटल व्यवसायीकाअनुसार व्यापार छैन। घरभाडा, कर्मचारीको तलब, पानी र बिजुलीमा हुने खर्च भने नियमित छ। यहाँका ९५ प्रतिशत होटल भाडाको घरबाट सञ्चालित छन्। ऋणधन गरेर व्यवसाय थालेकाहरुलाई ब्याज र किस्ता चलाउनै धौ धौ छ। छिट्टै व्यवसाय लयमा नफर्के कतिपय व्यवसायी पलायन हुनुपर्ने स्थिति छ।  

होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले खोपमा आफूहरुलाई विभेद गरिएको बताए। उनले सेवा क्षेत्रको मुख्य र संवेदनशील व्यवसायलाई सरकारले उपेक्षा गरेको आरोप लगाए। 'सार्वजनिक यातायात, बजार, कार्यालय खुलेका छन्, तर होटल खोल्न अनुमति दिइएको छैन', उनले भने। होटल पिस प्यालेसका सञ्चालकसमेत रहेका राजभण्डारीले रेष्टुराले जस्तो ‘टेक अवे’ र ‘होम डेलिभरी’ सेवा होटलले दिन नसक्ने बताए।

होटलमा खाना र रात बिताउनका लागि पाहुना आउने भएपनि त्यही बेला होटल बन्द गर्नुपर्ने नियम अमिल्दो भएको व्यवसायी बताउँछन्। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार जारी निषेधाज्ञामा साँझ ७ बजेसम्म मात्र सेवा सञ्चालन गर्न पाइने उल्लेख छ।

यहीबीच होटल व्यवसायीले सोमबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई भेटेर व्यवसाय सञ्चालनमा सहजीकरण र खोपको प्रबन्ध गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। व्यवसायीका पीर मर्का सुनेका प्रजिअ कार्कीले होटल व्यवसाय माथिबाटै प्राथमिकताको सूचिमा नपरेका कारण खोप दिलाउन नसकिएको बताए। उनले केन्द्रको नीति अनुसार तोकेर आएमा अबको चरणमा होटल व्यवसायीलाई खोपको सुनिश्चितता गरिने प्रतिबद्धता व्यक्त गरे।  

किराना, मासु, फलफूल तथा तरकारी, ग्यास व्यापारीलगायतले खोप पाइसकेका छन्। अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मीपछि उमेर समूह र अति संवेदनशील व्यवसायलक्षित गरी अहिले खोप अभियान चलिरहेको छ। होटललाई पनि अति संवेदनशील व्यवसायमा सूचिकृत गरी यथाशीघ्र खोप उपलब्ध नगराए तालाचाबी बुझाएर आन्दोलनमा जान व्यवसायीहरु बाध्य हुने होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए।  

महासङ्घ र जिल्ला सङ्घले संयुक्त रुपमा प्रजिअसमक्ष बुझाएको ज्ञापनपत्रमा यही साउन १५ गतेभित्र माग पूरा नभए १६ गतेदेखि धर्नालगायत विरोधका कार्यक्रम गरिने उल्लेख छ। यसअघि पटकपटक ध्यानाकर्षण गराउँदा पनि खोप नपाएको व्यवसायीको गुनासो छ। शुरुमा एक सय व्यवसायीलाई मात्र भएपनि खोपको प्रबन्ध गर्न माग गरिएको जिल्ला सङ्घका अध्यक्ष राजभण्डारीले बताए।उमेर समूह र प्राथमिकताप्राप्त क्षेत्र/पेशा बाहेकका व्यक्तिले पनि भनसुनका आधारमा खोप लगाइरहेका बेला होटल व्यवसायी भने अहिलेसम्म खोपबाट बञ्चित छन्। खोपसँगै सहज रुपमा व्यवसाय सञ्चालन र व्यवसाय पुनःउत्थानका लागि सरकारले राहत र सहुलियत दरको कर्जा प्रवाहको योजना ल्याउनपर्ने व्यवसायीको माग छ।

पर्यटन व्यवसाय उकास्नका लागि गण्डकी प्रदेश सरकारले ल्याएको राहत प्याकेजबाट व्यवसायीहरुले नै लाभ लिन नसकेको महासङ्घका अध्यक्ष चोखालले बताए। 'कर्जा दिनका लागि बैङ्कले धितो खोज्यो, हाम्रा व्यवसायीहरु अधिकांश गाउँबाट आएर होटल चलाएका छन्, धितो राख्न सक्ने अवस्था छैन', उनले भने, 'पहिले पनि कर्जा लिएका र ठूला व्यवसायीले मात्र लाभ लिए।'कर्जामा ब्याज मिनाहा, पुनःकर्जा, कर छुटलगायतका योजनाबाट सबै व्यवसायी समान रुपमा लाभान्वित हुने वातावरण बनाउनुपर्ने अध्यक्ष चोखालको भनाइ छ। महामारी अझै यस्तै रहिरहे र राहत पनि नपाउने हो भने व्यवसायीहरु होटल बन्द गर्नुपर्ने अवस्थामा पुग्ने उनले बताए।

स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होटल व्यवसायलाई नियमित सञ्चालनका लागि अनुमति दिनुपर्ने आवाज व्यवसायीबाट उठेको छ। होटल व्यवस्थापनले पनि भौतिक दूरी कायम गर्ने, पाहुना कम राख्ने, स्वास्थ्य सावधानी अपनाउने कुरामा सचेत हुनुपर्नेमा अध्यक्ष चोखालको जोड छ। यहाँ झण्डै दुई सय होटल, रेष्टुरा छन्। बागलुङ नगरपालिकामा मात्र त्यो सङ्ख्या ७० को हाराहारीमा छ। साना, ठूला सबै होटलमा गरी करिब रु। ५० करोड लगानी छ। पर्यटकीयस्तरका होटलको सङ्ख्या भने १५ छ।  

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशले गत वर्ष नै प्रदेशभर सञ्चालित होटलको सङ्ख्या र लगानी विवरणसमेत सङ्कलन गरेको थियो। होटलको स्थिति बुझने र सोही अनुसार राहत कार्यक्रमका लागि पहल गर्न विवरण उठाइएपनि त्यसले कुनै परिणाम दिन सकेन। कोरोना महामारी साम्य नभएसम्म होटल, रेष्टुरा व्यवसाय पुरानै अवस्थामा फर्कन कठिन छ। धेरै जनसङ्ख्यालाई खोपको पहुँचमा पुर्‍याउन सके स्थिति सहज हुने ठानिएको छ। कोराना मत्थर भएर निषेधाज्ञा पूर्ण रुपमा हटेपछि आन्तरिक पर्यटक घुम्न निस्कने र त्यसबाट होटल व्यवसाय चलायमान हुनेमा व्यवसायी आशावादी छन्। कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी होटलमा पूर्वाधार, गुणस्तर र स्वास्थ्य सावधानीका लागि व्यवसायीले पनि लगानी बढाउनुपर्ने अवस्था छ।  रासस
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस