व्यापारी आउन नपाउँदा भन्सार जाँचपास अघि बढ्न सकेन
२४ असार २०७७
•
२ मिनेट पाठ
व्यापारी आउन नपाउँदा भन्सार जाँचपास अघि बढ्न सकेन
चीनबाट रसुवागढी नाका हुँदै आएको सामग्री । तस्बिरः हिमनाथ/नागरिक
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि सामग्री आयात हुन थालेको भएपनि भन्सार जाँचपास भने अझै सुरु हुन सकेको छैन । नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन् । आएका सामग्री नेपाली कन्टेनरले भन्सार यार्डसम्म ल्याउने गरेका छन् । तर नाकासम्म व्यापारी जान नपाउँदा भन्सार जाँचपास प्रक्रिया अघि बढ्न सकेको छैन ।




रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले व्यापारी आउन नपाउँदा जाँचपास प्रक्रिया सुरु नभएको बताए । ‘अहिलेसम्म सीमित व्यापारी मात्र यहाँ आइपुगेका छन्’, उनले भने, ‘आउन लागेका व्यापारी पासका कारण बाटोमा नै अड्किएका छन् ।’

सामग्री घोषणाका लागि व्यापारीका प्रतिनिधि सम्बन्धित स्थानमा नै रहन पर्ने भएकाले समस्या सिर्जना भएको हो । व्यापारी तथा व्यापारीका प्रतिनिधि आउनका लागि सम्बन्धित स्थानको वडा कार्यालयले सिफारिस गरेपछि मात्र जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउँछ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले प्रक्रिया पूरा गरेर आएका व्यापारीलाई नरोकिएको र प्रक्रिया पूरा नगरी आएकालाई रोकिएको बताए । ‘प्रक्रिया पुर्‍याएर आएकालाई हामीले रोकेका छैनौं’, उनले भने, ‘त्यहाँ जाने व्यापारी तथा व्यवसायीका लागि पास नचाहिने गरी गृह मन्त्रालयबाट छुट्टै निर्देशन आएको छैन ।’

अहिले चीनबाट रेडिमेड, इलेक्ट्रोनिक्स सामग्री, जुत्ताचप्पल, घरेलु उद्योगका सामग्री आइरहेको छ । चिनियाँ पक्षले मितेरी पुलसम्म सामग्री ल्याएर झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ ।  

चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले झारेर फर्कने छन् । मितेरी पुलमा सामग्री लोड अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट लगाएका कामदार रहने छन् । चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ । नेपाली पक्षले क्वारेन्टिनमा राखिएका १५ जना चालक र १६ कामदारलाई त्यहाँ पठाएको छ ।

नाका खोलेसँगै नेपाली तथा चिनियाँ पक्षले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन् । कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ ।

त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए ।

चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।
अर्को समाचार
संसदीय समिति निर्देशन विवादमाः व्यापारीको स्वार्थमा पानीको मूल्य निर्धारण
१० चैत्र २०७७
•
६ मिनेट पाठ
संसदीय समिति निर्देशन विवादमाः व्यापारीको स्वार्थमा पानीको मूल्य निर्धारण
प्रतिनिधिसभाको संसदीय समितिले व्यापारीको स्वार्थ अनुकूलमा उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको छ। कानुन निर्माण तथा नीतिगत निर्देशन दिने जिम्मेवारी पाएको संसदीय समितिले उद्योगीलाई फाइदा हुने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको हो।




संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खुला बजारमा हस्तक्षेप गर्दै अहिले बजारमा बिक्री भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर कार्यान्वयन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको छ।

खुला बजारमा अहिले पिउने पानी प्रतिजार ३० देखि ४५ रूपैयाँमा बिक्री भइरहेको छ। संसदीय समितिले काठमाडौंमा प्रतिजार अधिकतम एमआरपी मूल्य ४७ रूपैयाँ तोकेर कार्यान्वयन गर्न वाणिज्य विभागलाई निर्देशन दिएको छ। समितिको निर्देशन विभागले कार्यान्वयन गरेर मूल्य तोके उपभोक्ताले प्रतिजार पानीमा थप १७ रूपैयाँसम्म तिर्नुपर्छ। काठमाडौं उपत्यकामा पानीको प्रतिजार लागत मूल्य १८ रूपैयाँ छ। लागतभन्दा २९ रूपैयाँ बढी मूल्य तोकिएको छ। उपत्यकाबाहिर अधिकतम खुद्रा मूल्य प्रतिजार ६० रूपैयाँ तोकिएको छ। समितिको निर्देशनलाई विभागले कार्यान्वयन गरेर मूल्य तोके यही बहानामा मूल्य बढाउने व्यापारीको योजना छ।

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा संसदीय समितिले मूल्य तोकेर निर्देशन दिन नमिल्ने बताउँछन्। खुला बजारमा वस्तुको मूल्य बजारले निर्धारण गर्नुपर्ने उनको तर्क छ ‘संसदीय समितिले नीतिगत निर्देशन दिने हो,’ ओझाले भने, ‘मूल्य निर्धारण प्राविधिक विषय भएकाले क्षेत्राधिकारबाहिर गएर मूल्य निर्धारण गर्न मिल्दैन।’

एकाधिकार भएका वस्तुमा मात्र राज्यका निकायले मूल्य निर्धारण गरे पनि बजारमा प्रतिस्पर्धाबाट मूल्य निर्धारण गर्नुपर्ने ओझा बताउँछन्। कालोबजारी र कार्टेलिङ भए मूल्य नियन्त्रण गर्ने दायित्व राज्यका निकायको भएको उनले बताए। ‘मूल्यमा कार्टेलिङ भयो भने नियन्त्रण गर्न समितिले निर्देशन दिने हो,’ ओझाले भने, ‘मूल्य तोकेर निर्देशन दिन मिल्दैन।’ प्रतिस्पर्धा ऐन लागू गर्नुपर्ने ओझा बताउँछन्। ‘प्रतिस्पर्धा तथा बजार प्रवद्र्धन ऐनमा कमजोरी भए सच्चाउनुपर्छ,’ उनले भने।

संसदीय समितिले मूल्य बढाएर उपभोक्तामाथि खेलाँची गरेको आरोप लागेको छ। प्रतिस्पर्धी बजारमा उपभोक्ताले कम मूल्यमा पानी उपभोग गरिरहेको अवस्थामा संसदीय समितिले बजार मूल्यभन्दा बढी मूल्य तोकेर निर्धारण गरेपछि व्यापारीलाई मूल्य बढाउने बाटो खुल्छ। खुला बजारमा सरकारी निकायले नै मूल्य बढाइदिएपछि बजारमा कार्टेलिङ हुने सम्भावना हुन्छ।

पानीको मूल्य बढाउन नेपाल बोटलर्स वाटर एसोसिएसनले लबिङ गर्दै आएको थियो। एसोसिएसनका पदाधिकारीले विभागमार्फत मूल्य बढाउने मिसन सफल नभएपछि संसदीय समितिमार्फत मूल्य निर्धारण गराउन लबिङ गरेका थिए। संसदीय समितिमा सेटिङमा काम गरेको एक उद्योगीले बताए। ‘मूल्य बढाउन विभागमार्फत गरिएको प्रयास असफल भएपछि संसदीय समितिमार्फत निर्देशन दिन सफल भएका छौं,’ ती उद्योगीले भने, ‘समितिले दिएको निर्देशन विभागले कार्यान्वयन गर्नुपर्छ।’ पहिलाको भन्दा केही मूल्य घटे पनि समितिले दिएको निर्देशनअनुसार मूल्य वृद्धि भए फाइदा हुने ती व्यापारीले बताए।

गत वर्ष विभागले बनाएको एक कार्यदलले व्यापारीको स्वार्थअनुसार मिलेमतोमा बढाएर पानीको मूल्य निर्धारण गरेको थियो। मूल्य बढाउने निर्णयको चौतर्फी विरोध भएपछि विभागले तोकेको मूल्य फिर्ता लिएको थियो। पोहोर विभागका निर्देशक सागर मिश्रको संयोजकत्वमा गठित समितिले जारको अधिकतम खुद्रा मूल्य ५० रूपैयाँ तोकेको थियो। संसदीय समितिले विभागद्वारा गठित कार्यदलले तोकेभन्दा तीन रूपैयाँ घटाएर प्रतिजार अधिकतम खुद्रा मूल्य ४७ रूपैयाँ तोकेर कार्यान्वयन गर्न निर्देशन दिएको दाबी गरेको छ।

समितिले बोतलको अधिकतम खुद्रा मूल्य १६ रूपैयाँ तोकेको छ। प्रतिबोतल पिउने पानीको लागत मूल्य ९ रूपैयाँ १३ पैसा रहेको छ। संसदीय समितिले बोतलको खुद्रा मूल्य कार्टुनको एक सय ५० रूपैयाँ तोकेको छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले आफ्नो निर्देशनको बचाउ गरे। विभागले धेरै मूल्य तोकेकाले बजार अनुगमन उपसमिति गठन गरेर मूल्य घटाएर मूल्य निर्धारण गर्न निर्देशन दिएको उनले बताए। व्यापारीको स्वार्थअनुसार मूल्य निर्धारण गर्न निर्देशन दिनुभयो नि भन्ने जिज्ञासामा सभापति श्रीवास्तले भने, ‘मन्त्रालय, विभाग, उपभोक्तालाई छलफलमा बोलाएर निर्देशन दिएका हौं। कसैको स्वार्थमा काम गरेका छैनौं।’

प्रतिनिधिसभा सदस्य प्रकाश रसाइलीको संयोजकत्वमा समिति गठन गरेर त्यसले दिएको सिफारिसका आधारमा मूल्य निर्धारण गरेको उनले बताए। समितिमा प्रतिनिधिसभा सदस्य अमृतादेवी अग्रहरी, दिल कुमारी र मायादेवी न्यौपाने सदस्य छन्।

विभागका तत्कालीन महानिर्देशक नेत्र सुवेदीका पालामा गठित कार्यदलले उपभोक्तालाई भार पर्ने र व्यापारीलाई पोस्ने गरी ‘सेटिङ’ मा मूल्य बढाएको थियो। मूल्य निर्धारण गर्न स्वार्थ बाझिने गरी पानी उत्पादक कम्पनीको छाता संस्था नेपाल बोटलर्स वाटर एसोसिएसनका प्रतिनिधिलाई पनि सहभागी गराएको थियो। व्यापारीलाई नै मूल्य निर्धारण समितिमा राखेर मूल्य बढाउने काम उपभोक्तामाथिको अपराध भएको उपभोक्ता अधिकारकर्मीको आरोप छ। संसदीय समितिले त्यही प्रतिवेदनलाई आधार बनाएर केही मूल्य घटाएर मूल्य निर्धारण गर्न निर्देशन दिए पनि व्यापारीको स्वार्थ पूरा भएको छ।

अहिले पनि बजारमा बिक्री भएको पानीको गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ। गुणस्तर कायम गर्न निर्देशन दिनुपर्नेमा संसदीय समितिले उपभोक्तालाई मूल्य वृद्धिको उपहार दिनेगरी निर्देशन दिएको छ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले पानीको गुणस्तरको विषयमा ध्यान दिनुपर्नेमा संसदीय समिति क्षेत्राधिकारबाहिर गएको बताए। ‘अहिले जारमा गुणस्तरहीन पानी बिक्री भइरहेको छ,’ तिमिल्सिनाले भने, ‘गुणस्तरमा ध्यान दिनुपर्नेमा मूल्यलाई प्राथमिकता दिइयो।’ खुला बजारमा न्यून मूल्यमा जारको पानी बिक्री भइरहेको अवस्थामा एमआरपी मूल्य धेरै तोक्दा व्यापारीले बढी मूल्य लिने तिमिल्सिना बताउँछन्। ‘प्रतिस्पर्धी बजारमा मूल्य बजारले निर्धारण गर्नुपर्छ,’ उनले भने। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको प्रशोधित पानीको मापदण्ड पनि कार्यान्वयन नभएको उनले बताए।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले संसदीय समितिबाट निर्देशन आए पनि गुणस्तर कायम नहुँदासम्म मूल्य निर्धारण गर्न कठिन हुने बताए। ‘गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ पौडेलले भने। समितिले पानी उद्योगको स्थलगत निरीक्षण तथा पानीको जार, बोटलको मूल्य निर्धारणसम्बन्धमा अध्ययन गरेर मूल्य तोकेको जनाएको थियो।

उपत्यकामा मिनिरल र जारको पानी उत्पादन गर्ने करिब एक सय ८० उद्योग छन्। ती उद्योगले दैनिक डेढ लाखभन्दा बढी जार पानी बिक्री गर्छन्। त्यसैगरी १५ देखि २० हजार कार्टुन मिनिरल वाटर बिक्री गर्छन्। राजधानीमा बिक्री हुने पानी ललितपुरको गोदावरी, मातातीर्थ, चाल्नाखेल, गोंगबु, जोरपाटी, भक्तपुरको झौखेलमा सञ्चालन गरेका उद्योगबाट ल्याइन्छ। पानीको गुणस्तर कमजोर भएको पानी उत्पादकले स्वीकार गर्दै आएका छन्। अहिले बजारमा मापदण्ड पूरा नभएका कुच्चिएका जार बिक्री भइरहेका छन्। पानीको मूल्य, उत्पादन मिति, व्याच नम्बर, जारको मुखमा प्लास्टिकले र्‍यापिङ गरेको हुनुपर्ने भए पनि मापदण्ड पूरा नगरी बिक्री हुँदै आएको भेटिन्छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस