सहकारीले ताल संरक्षणसंगै व्यावसायिक माछापालन
२५ असार २०७७
•
३ मिनेट पाठ
सहकारीले ताल संरक्षणसंगै व्यावसायिक माछापालन
पोखरा फेवाताल किनारमा बल्छी खेल्न पुगेका युवाको भिड। तस्बिर: उमेश/नागरिक
लेखनाथ क्षेत्रका साना तालमा सहकारी संस्थामार्फत व्यावसायिक माछापालन सुरु गरिएको छ । केही सहकारीले आम्दानी लिईसकेका छन् । केही सहकारीले भने व्यावसायिक उत्पादनको लागि अग्रसर भएका छन् ।  




कास्कीकै तेस्रो ठूलो ताल रुपामा व्यावसायिक माछापालन सुरु गरिएको दुईदशकभन्दा बढी समय वित्यो । त्यसैको सिको गर्दै अन्य तालमा पनि सहकारी माफर्त माछापालन सुरु गरिएको हो । खास्टे तथा न्युरेनी, दिपाङ, गुँदे, मैदीतालहरुमा सामूहिक माछापालन सुरु गरिएको हो । केही सहकारीले तीन वर्षदेखि तालमा माछाका भुरा छाडेर उत्पादन लिईसकेका छन् । केही सहकारीले भने उत्पादन लिने संघारमा अझै भईनसकेको जनाएका छन् ।  

खास्टे र गुँदें तालबाट सहकारीले व्यावसायिक उत्पादन लिईसकेका छन् । २०७३ माघमा खास्टे कृषि तथा मत्स्य सहकारी संस्था दर्ता भई व्यावसायिक माछापालन सुरु गरिएको हो । एक महिनाको अवधिमा खास्टे तालबाट सहकारीले झण्डै ७० हजारको माछा बिक्री गरेको छ । ‘उत्पादनको हिसाबले केही कम हो । जुन हिसाबले हुनुपर्ने हो त्यस अनुरुप भएको छैन ।’ खास्टे कृषि तथा मत्स्य सहकारी संस्थाका व्यवस्थापक विशाल राजभाटले भने–‘१५३ केजी माछा एक महिनामा बिक्री गर्‍यौं ।’ उनका अनुसार तालमा ग्रासकार्प, कमन, रघु, नैनी, तिलपिया लगायतका माछा छन् । खास्टेको क्षेत्रफल ३ सय रोपनी छ ।  

लेखनाथकै गुँदें तालमा पनि व्यावसायिक उत्पादन सुरु गरिएको छ । तालमा बढीजसो जालो भएकोले जाल थाप्न सहज नभएको गुँदे बातावरण संरक्षण तथा मत्स्य सहकारी संस्थाले जनाएको छ । ‘अर्को वर्षदेखि व्यावसायिक रुपमा माछाको उत्पादन हुन्छ । यो वर्ष पनि ट्रायलमा निकाल्यौं ।’ गुँदे बातावरण संरक्षण तथा मत्स्य सहकारीका संस्थाका अध्यक्ष बमबहादुर घर्तीले भने–‘एक वर्षको बीचमा १५० केजी झिक्यौं । ’ उनका अनुसार तालमा जालो भएको कारणले जाल हाल्न समस्या हुँदा माछाको स्थिती कस्तो छ थाहा पानै मुश्किल भएकोले पनि उत्पादन लिन ढिलाई हुन पुग्यो । तालको जालो हटाउन सहकारीले विशेष गरी कपन कार्प, सिल्भर कार्प, विग हेड, नैनी लगायतका माछाका भुराहरु तालमा छाड्दै गएको जनाएको छ । उनका अनुसार ६ केजीसम्मको माछा जालमा परेको थियो । गुँदे १६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।  

मैदी र दिपाङ तालमा भने सहकारीले व्यावसायिक सुरु गरेपनि उत्पादन भने लिईसकेका छैनन् । मैदी ताल संरक्षण तथा विकास समाजले भुरा छाड्दै आएको छ । तालको संरक्षण र सम्बद्र्धन गर्ने काम समाजले गर्ने छ भने कृषि तर्फ मैदी कृषि सहकारी संस्थाले हेर्ने छ । समाजले व्यावसायिक कृषिजन्य उत्पादनको लागि संस्थालाई हस्तान्तरण गरेपछि व्यावसायिक उत्पादन तर्फ विशेष जोड दिईने संस्थाका अध्यक्ष भरत न्यौपानले बताए । ‘गत वर्ष १० लाखको माछाका भुरा छाड्यौं । यो वर्ष ४ लाखको भुरा छाड्दै छौं’ उनले भने–‘एक/दुई वर्ष झिक्दैनौं । त्यसपछि व्यावसायिक रुपमा उत्पादन लिने सोचमा छौं ।’ कृषि सहकारी संस्था नै २०७६ साल माघ ९ गते दर्ता गरिएको हो । मैदी ताल ५३ हेक्टर क्षेत्रफलमा छ ।  

दिपाङ तालमा पनि दिपाङ मत्स्य तथा कृषि सहकारी संस्थाले संरक्षण गर्दै माछाबाट आम्दानी लिईसकेको छ । ‘हरेक मंगलबार जाल थापेर बुधबार निकाल्छौं । गतवर्ष मात्रै साढे दुईलाखको माछा बिक्री गर्‍यौं ।’ संस्थाका अध्यक्ष रामजी लामिछानेले भने–‘५ लाखको माछाका भुरा छाड्यौं ।’ उनका अनुसार तालमा जेलिएको जालो सफा गर्दै तालको पानीको सतह बढाउँदै लगिएको छ । ६३८ रोपनी क्षेत्रफलको ताल १ हजार रोपनी क्षेत्रफल पुर्‍याउने लक्ष्य छ ।  

चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो । झण्डै दुई महिना चैत ११ गतेदेखि लकडाडन सुरु भएको थियो । झण्डै दुई महिनापछि तालबाट माछा झिकेर बिक्री वितरण सुरु गरिएको रुपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्थाले जनाएको छ । ‘एक महिनामा रुपातालबाट १५ लाख रुपैयाँ बराबरको बिक्री गर्‍यौ ।’ रुपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले भने–‘दुई सिफ्टमा झिकिएको छ । कर्मचारीको अभावले पनि झिक्न सकिएको छैन ।’ रुपाताल १३५ हेक्टर क्षेत्रफलको छ । 

तत्कालिन लेखनाथ नगरपालिका हुँदा रुपा र बेगनास बाहेक अन्य ताल संरक्षणको पर्खाइमा थिए । पाँचवटा तालहरु संरक्षण गर्न सहकारी संस्था मार्फत संरक्षणको पहलकदमी भएपछि तालको मुहार फेरिदैं गएको छ ।
अर्को समाचार
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछापालन
०४ पौष २०८०
•
२ मिनेट पाठ
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछापालन
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन्।




चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैंजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन्।  माछापालन गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको कावासोती– ७ का  किसान देवराज सुब्बाले बताए। 

वनको सीमासँग जोडिएका यहाँका बासिन्दाको प्रायः घरैपिच्छे माछापोखरी रहेको उनले बताए। ‘यहाँ करिब ७० घरपरिवार सबैजसोको पोखरी छ, वनसँग जोडिएको ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प माछापोखरी बनेको छ’, उनले भने।

माछापालनबाट आम्दानीसमेत राम्रो हुँद आएको उनले बताए।  पहिले धानखेती लगाउँदै आएका यमबहादुर नेपालीले पनि पछि माछापोखरी खनेको बताए। दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि यस माछापोखरी निर्माण गर्ने क्रम बढेको उनले बताए।

जिल्लाको देवचुली, कावसोती, मध्यविन्दु नगरपालिकाको मध्यवर्ती आसपासका क्षेत्रमा दिनप्रतिदिन माछापालन गर्ने किसानको संख्या वृद्धि हुँदै गएको छ। वनको सीमा क्षेत्रमा रहेका जग्गामा माछापोखरी निर्माणका लागि यहाँका सामुदायिक वनले समेत सहयोग गर्दै आएका छन्।  माछापालन गर्न चाहनेका लागि नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले सहयोग गर्ने गरेको वनका अध्यक्ष खिलबहादुर गुरुङले बताए।

नमुना मध्यवर्ती सामुदायिक वन र कृष्णसार मध्यवर्ती सामुदायिक वनअन्तर्गत पर्ने यस क्षेत्रमा मात्रै एक सय ४०  माछापोखरी रहेका छन्। माछापालनले वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनमा समेत सहयोग पुगेको अध्यक्ष गुरुङले बताउनुभयो। अन्य बाली लगाउँदा वन्यजन्तुले क्षति पु¥याउने हुँदा वन नजिकमा माछापालन व्यवसाय फस्टाउँदै गएको उनले बताए। यसले वन्यजन्तुले बाली मास्ने समस्या पनि हटेको र माछापालन व्यवसायबाट मनग्य आम्दानी हुने गरेको उनले बताए।

कावासोती नगरपालिकाले माछापालनमा मध्यवर्ती क्षेत्रका वासिन्दा आकर्षित भएसँगै वडाहरूलाई पकेट क्षेत्रका रुपमा घोषणा गरी अनुदान उपलब्ध गराउँदै आएको छ। कावासोती नगरपालिकाभित्रका वडा नं ७ र १३ लाई माछा पकेट क्षेत्रका रुपमा विकास गर्दै अनुदान उपलब्ध गराउने गरेको कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले बताए। ‘मध्यवर्ती आसपासमा माछापालन गर्ने क्षेत्र बढ्दै जाँदा नगरपालिकाबाट आवश्यक अनुदान उपलब्ध गराउन थालेका छौं, किसानले पनि राम्रो आम्दानी लिने गरेका छन्’, उनले भने। –रासस
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस