नक्सामा सडक र फिल्डमा घर हुँदा आरुघाटका बिस्थापितले मुआब्जा पाएनन्
२६ असार २०७७
•
२ मिनेट पाठ
नक्सामा सडक र फिल्डमा घर हुँदा आरुघाटका बिस्थापितले मुआब्जा पाएनन्
आरुघाट बजार ।
आरुघाट गाउँपालिका साविक आरुचनौटे १ का राजकुमार गुरुङको कित्ता नम्बर ६४४ भएको जग्गा बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्छ । घर बनाएर बसेको उक्त कित्ताको जग्गाको मुआब्जा लिन आयोजना कार्यालयमा पुग्दा कार्यालयले उक्त जग्गा सडकमा पर्ने बताएपछि उनी चिन्तित छन् । मुआब्जा रकम पनि पाएका छैनन् । 




अर्का स्थानीय कमला दराईको कित्ता नम्बर ११२२ को जग्गामा घर छ तर नक्सामा सडक छ । अहिले भएको संरचना अनुसार सडक र घरको नक्सामा कित्ताकाट नहुँदा आरुघाट बजार क्षेत्रका करिब ४० जना बिस्थापितले मुआब्जा पाएका छैनन् । ‘मुल बाटो छेउको जग्गाको पनि समस्या छ’ आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले भने ‘हामीले स्थानीयलाई मागे अनुसारको सिफारिस दिईरहेका छौँ, आयोजना कार्यालयले मुआब्जा फिल्ड अनुसार दिनुपर्छ ।’ मुआब्जा निर्धारण समितिले पुनः सर्वेक्षण गर्ने भन्दै प्रशासकिय अधिकृत हर्क रोकाको संयोजकत्वमा समिति निर्माण गरेपनि त्यसयता कुनै निर्णय भएको छैन । 

आयोजना कार्यालयले नक्सा अनुसार मुआब्जा दिने भएकाले फिल्ड र नक्साको अवस्था फरक रहेको जनाएको छ । ‘अहिले फिल्डको अवस्था अनुसार नापी कार्यालयले नक्सा अद्यावधी गरिदिनुपर्छ, नगर्दासम्म हामीले मुआब्जा दिन सक्ने अवस्था छैन’ आयोजना कार्यालयका प्रमुख कृष्णबहादुर कार्कीले भने । अधिकांशको दुई/तीन आना जग्गामा घर रहेको र नक्सामा हेर्दा उक्त घर रहेको कित्तामा सडक भएको उनले बताए । 

नापी कार्यालयका निमित्त प्रमुख अमृत पाण्डेले पहिले जग्गा खरिद गर्दा बाटो नकाटेकाले समस्या देखिएको बताए । ‘बूढीगण्डकी आयोजनामा स्थलगत अवस्थासहितको प्रतिवेदन पुगिसकेको छ’ उनले भने ।  राष्ट्रिय गौरवको रुपमा लिइएको बुढीगण्डकी आयोजनाले चालु वर्ष पाँच अर्व ४३ करोड मुआब्जा वितरण गरिसकेको छ । आरुघाट, आर्खेत, धादिङको खहरे लगायत बजार क्षेत्रको मुआब्जा ढिला गरि तोकिएको हो । अहिले ति ठाउँको जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा रहेको मुआब्जा वितरण पुर्नवास तथा पुर्नस्थापना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले बताए । जग्गाको मुआब्जा वितरण भएसँगै गोरखा तर्फ आरुघाटमा घरगोठ र बोटबिरुवाको लगत संकलन पनि चलिरहेको छ ।
अर्को समाचार
भक्तपुरको निकोसेरा चोकमा ढलान गरिने
३० कार्तिक २०७८
•
२ मिनेट पाठ
भक्तपुरको निकोसेरा चोकमा ढलान गरिने
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले भक्तपुरको निकोसेरादेखि सल्लाघारीतर्फ अगाडि झण्डै १७५ मिटर सडकमा कङ्क्रिट ढलान गर्ने भएको छ। वर्षामा पानी जम्ने सो सडकमा कालोपत्र नटिक्ने भएकाले ढलान नै गरिने आयोजनाले जनाएको छ।




चार वर्ष पहिले विस्तार सुरु भएको सो सडकमा पुरानै ठेक्काबाट ढलान गरिने आयोजनाका इञ्जिनीयर वसन्तकुमार गाइँले बताए। उनका अनुसार आयोजनाले अहिले विभाग हुँदै मन्त्रालयमा फाइल पठाउन लागेको छ। उनले भने, ‘अबको १०÷१५ दिनसम्ममा निर्माण सुरु हुनसक्छ।’

यस क्षेत्रमा पहिले पहिले पनि वर्षाको पानीका कारण सडकमा खाल्डो बन्ने गरेको थियो। अहिले कालोपत्र गर्दा पनि चाँडै उप्कने र लगानी खेर जाने हुँदा ढलान गर्न लागिएको इञ्जिनीयर गाइँले बताए।

कालोपत्र सडकमा पानीको निकास राम्रो नहुँदा सडकमा चाँडै खाल्डाखुल्डी पर्छ। ढलानमा कालोपत्रमा भन्दा बढी लगानी चाहिने भए पनि बढी समयसम्म टिक्ने र पानीले असर नगर्ने बताइन्छ। अहिले यहाँ ढलानका लागि स्थानीयवासी र पालिका दुबैले माग गरिरहेका थिए।

उपत्यका विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडक पनि स्थानीयवासीले सङ्गठित रूपमा मुआब्जाको माग गरिरहेकाले लामो समयसम्म निर्माण अवरुद्ध बनेको थियो। चार दशमलव पाँच किमी लम्बाइको यो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो। निर्माणस्थल खाली गराउन नसकिएकाले अवधि पटक पटक थप भइरहेको छ।

पछिल्लो समयमा भने उपलब्ध चौडाइमा नै कालोपत्र भइरहेको छ। उपलब्ध चौडाइमा निर्माण गर्दा अधिकांश स्थानमा मापदण्डभन्दा आधा वा त्योभन्दा कम चौडाइमा निर्माण अघि बढाइएको छ। यो सडक निर्माणको ठेक्का कान्छाराम पीआर उमा कम्पनी एण्ड जेभीले लिएको थियो। काठमाडौँ उपत्यकामा आयोजनाले ११ वटा सडक विस्तारको काम सुरु गरेको थियो। त्योमध्ये अहिलेसम्म चावहिल–साँघु र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा गरी दुई सडक मात्रै सम्पन्न भएका छन्। 

अधिकांशमा मुआब्जा बिबादका कारण समयमा सम्पन्न हुनसकेको छैन। काठमाडौँ र ललितपुर जिल्लाका पाँच/पाँच र भक्तपुर जिल्लामा यही एउटा सडकको विस्तार सुरु भएको थियो।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस