सरकारले कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउन हटाउँदै भदौ एकदेखि आन्तरिक तथा बाह्य हवाई उडान सुरु गर्ने तयारी गर्दैछ । त्यही अनुसार जहाजमा यात्रु चढ्नेदेखि ओर्लनेसम्मको ‘प्रोटोकल’ लागू गरिएको छ । त्यही प्रोटोकल अनुसार मंगलबार पोखरा विमानस्थलमा जहाजमा यात्रु चढाउने र ओराल्नेसम्मको अभ्यास पनि गरिएको थियो ।
तर, बुधबार भने साच्चै नै प्रोटोकल पालना गराएर यहाँबाट आन्तरिक उडान गरिएको छ । पोखरा विमानस्थलबाट ‘अपरेशन गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर’ प्रोटोकल अनुसार गरिएको यो पहिलो उडान थियो । विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाँइका अनुसार सिंगापुर पुलिसका जागिरे नेपाली युवालाई लिन काठमाडौंबाट यती एयरलाइन्सको एटिआर–७२ विमान बुधबार बिहान पोखरा विमानस्थलमा अवतरण गरेको थियो । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ती युवा सिंगापुर फर्किने गरि पोखरामा भेला भएका थिए ।
त्यही विमानमा नयाँ हेल्थ प्रोटोकल अनुसार युवाहरुलाई चढाएर काठमाडौं पठाइएको विमानस्थलप्रमुख गुरागाँइले बताए । ‘मंगलबार मात्र हामीले हवाई प्रोटोकलबारे प्रहरीलाई बोलाएर अभ्यास गराएका थियौ । तर, बुधबार साँच्चै प्रोटोकल पालना गरेरै उडान गर्यौ,’ उनले भने, ‘यो हाम्रा लागि पहिलो अवसर थियो ।’ नयाँ तरिकाबाट यात्रुलाई जहाजमा चढाउने अभ्यासले आफूहरुलाई अबका उडानमा सहज हुने उनले बताए ।
बुधबार ५२ जना युवालाई लिएर जहाज पोखराबाट काठमाडौंका लागि उडेको थियो । गुरागाँइका अनुसार जहाजमा ती युवाहरु चढ्नुअघि ज्वरो नाप्ने, सेनिटाइज गर्ने, फेस सिल्ड लगाउने, दूरी कायम गरेर जहाजमा चढाउने र सिटमा बस्न लगाइएको थियो । ‘हिजोको अभ्यास र आजको वास्तविक कामले हामीलाइ सहज भयो,’ उनले भने । संक्रमणका त्रासले गरिएको लकडाउनपछि पोखरा क्षेत्रमा रोकिएका विदेशीलाई उद्धार गर्न यसअघि केही चार्टर उडान गरिएको भएपनि नयाँ प्रोटोकल अनुसार उडान भएको यो नै पहिलो रहेको उनले बताए ।
यती एयरलाइन्सका एक उच्च अधिकारीका अनुसार सिंगापुर फर्किन थालेका ती युवाहरु पहिरोका कारण स्थलमार्ग अवरुद्ध भएपछि जहाजमा फर्किएका थिए । ‘स्थलमार्ग अवरुद्ध हुँदा युवाहरु गाडीमा जान पाएनन । गाडी खुल्ने दिन पर्खिदा ढिलाई हुने भएपछि उनीहरुलाई लिन काठमाडौंबाट जहाज आएको हो,’ यतीका ती अधिकारीले भने । उनले पनि हवाईजहाज उडानको नयाँ प्रोटोकल अनुसार युवाहरुलाई पठाउन पाएको बताए । ‘नयाँ प्रोटोकल पालना गरेर हामीले युवालाई जहाजमा पठाएका हौ,’ उनले भने, ‘आगामि दिनमा नियमित उडान हुँदा हामीलाई सहज हुनेछ ।’
युवाहरुले पनि स्थलमार्गबाट जान पहिरोले अवरोध गरेपछि जहाज चार्टर गरेर फर्केको बताएका छन् । ‘बिदामा घर फर्केका थियौ । तर, कोरोनाले गर्दा यतै रोकियौं । योपटक जाने अवसर मिल्यो,’ एकजना युवाले भने, ‘गाडीमा जाने भनेपनि पहिरोले बाटो अवरुद्ध गर्यो । त्यसपछि जहाज बोलाएर गएका हौ ।’
यती एयरलाइन्सले पोखराका होटल व्यावसायीलाई हवाई उडानमा छुट दिने भएको छ। होटल संघ पोखरा र यती एयरलाइन्सबीच संघका सदस्यलाई सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउने विषयमा हालै समझदारी भएको छ।
नेपालभित्र आधा दर्जन भन्दा बढी हवाई रुटका टिकटमा चारसय रुपैयाँदेखि छ सय रुपैयाँसम्म छुट प्रदान गर्ने समझदारी गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। यति एयरलाइन्सको मोवाइल एप्स र वेबसाइटबाट टिकट खरिद गर्ने होटल संघ पोखराका सदस्यले यस्तो सुविधा पाउने यतिका पोखरास्थित स्टेशन म्यानेजर रामप्रसाद लामिछानेले जानकारी दिए। संघका अध्यक्ष सुवेदी र यतिका स्टेशन म्यानेजर लामिछानेले हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरेका थिए।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...