भारतीय बाँधका कारण ३ सय हेक्टरमा लगाइएको धान खेत डुबानमा
०९ साउन २०७७
•
४ मिनेट पाठ
भारतीय बाँधका कारण ३ सय हेक्टरमा लगाइएको धान खेत डुबानमा
भारतले एकतर्फी रुपमा बनाएका बझाहा बाँधको बन्द गरिएको ढोका । तस्बिर : किरणमान/नागरिक
भारतद्वारा एकतर्फी रुपमा बनाइएको बझाहा बाँधका कारण धान लगाइएको ३ सय बढी बिघा जमिन डुबानमा परेको छ । दुई सातादेखि परेको लगातारको वर्षापछि मायादेबी गाउँपािलका ४ स्थित तुलसी डिहवामा गाउँको आसपास रहेको धान खेत डुबानमा परेको हो । खेतमा बढी पानी जमेकाले ५० हेक्टर त बाझै छाडिएको कृषकहरु बताउँछन् । बाँधका कारण भएको डुबानले मायादेवी गाउँपालिका वडा नं. ४ का तुल्सीडिहवा, गौरा, सिसहनिया र सिहोरवा गाउँका धान लगाएका खेत पानीमा डुबेका छन् ।  




त्यस्तै यशोधरा गाउँपालिका वडा नं. १ रजवापुर, वडा नं ६ पुन्नीहवा र पकडी गाउँको धान खेत डुबेका छन् । ३ देखि ५ किमि दक्षिणका खेत पानीमा डुबेपछि धान पहेलिएको छ । जता हेर्‍यो उतै पानी पानी देखिन्छ । पिपराको तुल्सीडहवा गौरामा लगाइएको धान डुेबेको छ । अहिले खेतमा ५ फिट बढी पानी रहेको छ । डुबानकै कारण २०–२५ वर्ष यता कृषकले राम्ररी खेतीपाती गर्न पाएका छैनन् ।

भारतीय पक्षले हिउदमा बाँधको ढोका खोल्ने र वर्षायाममा बन्द गर्ने गरेको र २८ वटा ढोका नखोलिदा खेती डुबानमा परेको कृषकहरु बताउँछन् । वर्षापछि बाँधको ढोका नखोलिदा ३ सय बिघामा लगाईएको धानबाली पानीले डुबेको पिपरा गाबिसको तुलसी हिडवाका जगदी यादवले बताए । ‘पानीमा डुबेकोले सप्रदै रहेको धान डुबेको छ,’ उनले दुःखी हुँदै भने, ‘खेतको आली डुबेको छ ।’ केही दिन मै पानीको निकास नगरिए नेपाल तर्फका सयौ कृषकले ठूलो क्षति ब्याहोर्नु पर्ने उनले बताए । सरसापट, बैंकबाट ऋण लिएर धान खेती गरेका कृषकहरु धानको दुर्दसा देखेर निकै चिन्तित छन् । ढोका खोल्नका लागि आफूहरुले गेट खोल्ने कर्मचारीलाई रकम र अन्नपात दिनुपर्ने बाध्यता रहेको यादवले सुनाए ।  

पुरै धान सखाप हुने अवस्थामा पुगेको छ, तर समस्या समाधानका लागि कसैले पहल गरेको छैन । ‘तुलसी डिहवाका अर्का कृषक मोबिन अहमदले भने, ‘अब कसरी परिवारको गुजारा चलाउने ।’ सीमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाधको ढोका बन्द गरिदा यस क्षेत्रमा रहेको ४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुबेको छ । हजार हेक्टर क्षेत्रमा फैलिएको तालको आाधा भाग नेपाल र आधा भारत तर्फ पर्छ । बझाहा तालमा पानी जम्मा गरेर भारतले सिँचाइ गर्ने गरेको छ । तालमा २८ बटा फलामका ढोका राखेर बाध बनाइएको छ । बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाध बनाएको छ ।  

सीमा क्षेत्रको उक्त ठाउँ बाँधका कारण वर्षेनी डुबानमा पर्दै आएको छ । धेरै पानी जम्मा गर्न भारतीय पक्षले तालको बाँध वर्षेनी अग्लो बनाउदै आएका छ । सीमा क्षेत्रको बजहा बाँधले सधैं नेपाली कृषकलाई पीडा दिँदै अएकोले यसको दिर्घकालिन समाधान खोज्नु पर्ने मायादेबी गाउँपालिका प्रमुख बजरंगीप्रसाद चौधरीले बताए । उनले वर्षा र गर्मी तालमा कति पानी राख्ने भनेर प्राबिधिकसंग सल्लाह गरी स्थानीय प्रशासनलाई दिनुपर्ने बताए । पीडितको मागलाई संबोधन गरी स्थानीय प्रशासनले भारतीय समकक्षीसंग कुरा राखेर मौषम अनुसारको समस्या समाधान गर्नुपर्ने उनी बताउँछन् । उनले बाँधका बारेमा संघीय र प्रदेश सरकार तथा प्रशासन कार्यालय हरेक वर्ष स्मरण गराए पनि समस्या समाधान नभएको गुनासो गरे ।

बाँधले भारतीय कृषकलाई फाईदा नेपाली कृषकलाई घाटा
भारतले एकतर्फी रुपमा बनाएको बाँधका कारण भारतीय कृषकलाई फाईदैफाईदा छ भने नेपाली कृषकलाई सधै घाटा छ । आफूलाई पानी चाहिदा बाँधको ढोका खोल्ने गरिएको छ । पानी बढी भए भने ढोका बन्द गर्ने गरिन्छ । भारतको सिद्धार्थनगर जिल्लास्थित चिल्हिया थाना अन्तर्गत बजहामा बाँध बनाएको छ । बाँध सीमामै छ । बाँधको उत्तर ठूलो सागर छ । हजार बढी विगाहामा रहेको सागर आधी नेपाल र आधी भारतमा पर्छ । त्यही पानी जम्मा गरेर भारतले सिँचाइ गर्छ । विषेश गरि हिउदलाई लक्षित गरेर पानी जम्मा गरिन्छ । वर्षा र अत्यधिक पानी पर्दा बाँधका ढोकाहरु नखोलिदा पानीले नेपाल तिर डुबान गर्छ । सागरको पश्चिम दक्षिणमा २० र ८ ढोके पक्की बाँध छ । २० ढोके बाँध ५० मिटर लामो छ । ८ ढोके बाँध २० मिटर लामोछ । ५ मिटर चौडा बाटो छ । ३/४ वर्ष अघि बाँधमाथिबाट एउटा मोटरसाईकल मात्र आवतजावत गर्ने बाटो थियो ।  

अहिले विस्तार गरेर ४ चक्के ठूलो सवारीसाधन आवतजावत गर्ने बनाईएको छ । बाँध पनि मर्मत संभार गर्दै नयाँ गरिएको छ । आवतजावतका लागि बाटो भन्दा उचो बनाउदै लगिएको छ । यसले नेपाल तिर डुबान क्षेत्र बढेको स्थानीय जयबुद्ध यादबले बताए । बाँधबाट ३ सय बढी कृषक प्रभावित हुँदै आएका छन् । स्थानीय प्रशासनले दुुई देशको अधिकारी बिच हुने समन्वयात्मक बैठकमा हरेक पल्ट सो बाधहरुले पार्ने समस्याका कुरा उठाए पनि समाधान हुन सकेको छैन । प्रजिअ दीर्घनारायण पौडेलले आफूहरुले बझाहा र महलीसागर बाँधको निरीक्षण गरी अनुगमन गरेको बताए । बढी वर्षा भए नेपाल तर्फको खेतहरु डुबानमा पर्ने भए पनि अहिले भने डुबानको समस्या नदेखेको दाबी गरे । बढी वर्षा भयो भने सो बाँधले नोपली खेत डुबानमा पार्ने उनले बताए । उता महली सागर मझौली बाँधले पनि नेपालका सयौ बिघा जमिन डुबानमा पर्ने गरेको छ ।
अर्को समाचार
भारतीय बाँधका कारण हजार हेक्टर नेपाली भूमी डुबानमा
०३ कार्तिक २०७३
•
७ मिनेट पाठ
भारतीय  बाँधका कारण हजार हेक्टर नेपाली भूमी  डुबानमा
भारतले बझाहामा निर्माण गरेकाे बाँध ।
कपिलवस्तु–भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाँधको फाटक बन्द गर्दा नेपालको ९ सय ४० हेक्टरमा लगाइएको धान बाली डुवानमा परेको छ। गत असोजमा आएको वर्षापछि भारतीय पक्षले निर्माण गरेको बझाहा, महलीसागर, सिसवा र मझौलीमा रहेको बाधको फाटक नखोलेपछि दक्षिणी एक दर्जन गाविसको काटने अवस्था रहेको धानबाली लगाइएको भूभाग डुवानमा परेको हो। कृषि कार्यालय अनुसार चार बाँधका कारण ५ गाविसका १५ गाउमा लगाइएको ९ सय ४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा क्षति पुगेको छ।




सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो। पिपराको तुल्सीडहवामा सय, गौरामा २ सय, बलहुवा गाविसको सिसहनियामा ३५, बिजुवा गाबिसको १ देखि ६ वडाका २ सय ७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ। यस्तै तितिर्खी गाबिसको रजवापुरमा ६०, पकडीमा १ सय ५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ३० हेक्टर क्षेत्र डुबानमा परेको पीडित कृषक बताउँछन्।  अहिले खेतमा ५ फिट बढी पानी जमेको। डुवनकै कारण २०–२५ वर्ष यता कृषकले राम्ररी खेतीपाती स्याहार्न पाएका छैनन्।

भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाँधको फाटक बन्द गर्दा नेपालको ९ सय ४० हेक्टरमा लगाइएको धान बाली डुवानमा परेको छ।

असोजको वर्षापछि बाधको ढोका नखोलिादा ढेड दर्जन गाँउमा लगाइएको हजार बढी हेक्टर धानबाली पानीले डुेको पिपरा गाविसको तुलसीहिडवाका जगदी यादवले बताए। ‘पानीमा डुबेकोले काटने अवस्थामा रहेको धान ढलेको छ,’ उनले दुखी हुँदै भने,  ‘खेतको आली डुबेको छ, धानका बाला डुबेर उम्रेको छ।’ केही दिनमौ पानीलाई निकास नदिए नेपालतर्फका हजारौं कृषकले ठूलो क्षति ब्याहोर्नु  पर्ने उनले बताए।

सरसापट, बैंकबाट ऋण लिएर धान खेती गरका कृषक धानको दुर्दसा देखेर निकै चिन्तित छन्। फाटक खोल्नका लागि आफूहरुले गेट खोल्ने गई कर्मचारीलाई रकम र अन्नपात दिनु पर्ने बाध्यता रहेको यादवले सुनाए। ‘२ हजार भारतीय रुपैयाँ, ५०/५० किलो धान र गँहु दिनुपर्छ,’ कृषकहरुको मर्का सुनाउँदै उनले भने, ‘ हरेक बर्ष दिने रकम र अन्नपात दिन तयार हुँदापनि गईले माथिको आदेश भन्दै फाटक खोल्न मानेन।’

करिब ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिंचाई गर्ने गरेको छ। तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ।

धान पुरै सखाप हुने अवस्थामा पुगेपनि समस्या समाधानकालागि कसैले पहल नगरेको कृषकहरुले बताएका छन्। बलुहबाका कृषक राजकिशोर पाण्डेयलले भने, ‘अब कसरी परिवारको गुजारा चलाउने।’  सीमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाधको ढोका बन्द गरिँदा क्षेत्रमा रहेको ४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुबेको छ।

करिब ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिंचाई गर्ने गरेको छ। तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ। बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाँध बनाएको छ। २८ वटा बन्द गरिँदा  जमेको पानी निकास हुन पाएको छैन। सीमा क्षेत्रको उक्त ठाँउ बाँधका कारण बर्षेनी डुबानमा पर्दै आएको छ। सीमा क्षेत्रको बजहा तालले बर्षेनी नेपाली कृषकलाई पीडा दिँदै आएकाले यसको दीर्घकालीन समाधान खोज्नु पर्ने कृषकहरुको माग छ। बाँध पीडितले बर्षा र गर्मी तालमा कति पानी राख्ने भनेर प्राबिधिकसँग सल्लाह गरी स्थानीय प्रशासनलाई दिनु पर्ने उनीहरुको भनाइ छ।

कपिलवस्तुको सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँधहरुका कारण कृषकहरु बर्षेनी डुबानको समस्या झेल्दै आएका छन्। ती बाँधको ढोका भारतले आफूखुसी खोल्ने र बन्द गर्ने भएकाले भारतीय पक्षले निकै लाभ लिए पनि नेपाली कृषकहरुले भने निकै क्षति ब्योहोनू परेको कृषकहरु बताउँतछन । उता स्थानीय प्रशासनले दुुई देशको अधिकारीबीच हुने समन्वयात्मक बैठकमा हरेक पल्ट ती  बाँधले पार्ने समस्याका कुरा उठाए पनि समाधान हुन सकेको छैन्।

यसैबीच डुबान पीडित ५० बढी कृषकले जमेको पानीको निकाशकालागि बाधको फाटक खोल्न पहल गर्न भन्दै प्रशासन  कार्यालयमा ज्ञापन पत्र दिएका छन्। काट्ने अवस्थामा रहेको धान बालीमा पानी जम्मा धान बाली सडन लागेकोले समस्या समाधानकालागि पहल गर्न उनीहरुले माग गरेका हुन्। प्रजिअ इन्दु घिमिरेले कृषकको समस्याका बिषयमा गृह मन्त्रालयमा जानकारी गराइएको बताइन। बाधको फाटक खोल्नकालागि भारतको सिद्धार्थनगरका डिएमसँग समन्वय गर्ने बताइन् ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५ सेकेन्ड अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस