काठमाडौं, असार २५ (नागरिक)- अर्थमन्त्री वर्षमान पुनले पूर्ण बजेट नआए शान्ति प्रक्रिया, सेना समायोजन, निर्वाचन र विकास आयोजनालाई रकम अभाव हुने बताएका छन्। 'चालु आर्थिक वर्षको बजेटको एक तिहाई मात्र खर्च गर्ने कार्य कर्मचारी तलब खुलाउनका लागि हो,' उनले भने, 'अरु सबै महत्वपूर्ण काम ठप्प हुनेछन्।'
स्वेच्छिक अवकाशमा जाने माओवादी लडाकुलाई चालु वर्षमा आधा रकम मात्रै दिईएको छ। आधा रकम आगामी आर्थिक वर्षमा सरकारले दिनुपर्ने छ। सेना समायोजनका लागि सेनाले दुई अर्ब रुपैयाँ थप बजेट मागेको छ। पूर्ण बजेट नआएको अवस्थामा यो रकम दिन पनि सरकारले सक्ने छैन।
निर्वाचन आयोगले मंसिर ७ मा तोकिएको संविधानसभा चुनावका लागि सात अर्ब रुपैयाँ मागेको छ। सुरक्षाका लागि अरु तीन अर्ब रकम चाहिन्छ। 'एक तिहाईले काम चलाउँदा चुनावका लागि पनि सरकारले बजेट दिन सक्दैन' पुनले भने, 'चालु वर्षमा निर्वाचन आयोगका लागि २४ करोड विनियोजन गरिएको छ। यसको एक तिहाई आठ करोड हुन आउँछ।' पूर्ण बजेट नल्याएर रकम विनियोजन हुन नगर्दा सरकारले चुनाव गर्न नचाहेको देखिने उनले बताए।
उच्च प्राथमिकतामा परेको विकास आयोजनालाई समेत सरकारले बजेट दिन नसक्ने उनले बताए। मेलम्ची खानेपानी आयोजना, हुलाकी लोकमार्गको निर्माणमा बजेट अभाव हुने र करिव ७० अर्बको वैदेशिक सहायता पनि प्रभावित हुने पुनले बताए। 'एक तिहाई बजेटको अवधि चार महिनामा सकिन्छ,' उनले भने, 'त्यसपछि झन समस्या बढ्ने छन्।'
पूर्ण बजेट नआउँदा निजी क्षेत्र पनि निराश हुनेछ। पूर्ण बजेटका लागि निजी क्षेत्रले नेताहरुसँग सहमति गर्न अनुरोध गर्दै आएको छ। बजेट आउन नसके लगानी र रोजगारी सिर्जना प्रभावित हुने पुनले बताए। 'बजेट ल्याउन नसके आर्थिक रुपमा मुलुकलाई समस्या पर्नेछ,' उनले भने।
दलहरु बीच अहिले पूर्ण बजेट ल्याउने विषयमा विवाद छ। प्रधानमन्त्री बावुराम भट्टराईले राजीनामा नदिई पूर्ण बजेट ल्याउन नदिने अडानमा कांग्रेस, एमाले लगायतका दल छन्। सत्ताधारी माओवादी पूर्ण बजेट नै ल्याउनुपर्ने पक्षमा छ। 'मुलुकका लागि पूर्ण बजेट अत्यावश्यक भए पनि दलहरु बीच सहमति आवश्यक छ,' पुनले भने, 'यसका लागि दलहरुसँग छलफल जारी छ। बजेटका कारण दलहरु बीच विवाद बढाउने र समझदारी बिगार्ने काम नगर्ने उनले बताए।
दलहरुसँग सहमतिका लागि छलफल जारी राख्दै अर्थमन्त्रालय पूर्ण बजेटको गृहकार्यमा जुटेको छ। बजेटमा चुनावलाई लक्ष्य गरी लोकप्रिय कार्यक्रम नल्याए पनि लगानीमैत्री वातावरण बनाउने आश्वासन पुनले दिए। बजेटको प्राथमिकता जलविद्युत, पर्यटन र कृषिमा रहने उनले बताए। लैंगिक बजेट घट्न नदिई स्वास्थ्य, शिक्षामा पर्याप्त लगानी गरी महिलाका लागि रकम विनियोजन गर्ने पुनले बताए। चार खर्ब २९ अर्बको बजेटको सीमा चार महिनाअघि नै राष्ट्रिय योजना आयोगले तोकेको निर्वाचन आचारसंहिता नलाग्ने जिकिर उनले गरे। 'निर्वाचन घोषणा हुनअघि नै बजेटको सिमा तोकिएको हो,' उनले भने, 'तीन वर्षअघि तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट ल्याउँदा अहिलेको सीमा तोकिएको हो।' अर्थशास्त्री विश्वम्भर प्याकुर्यालले विस्तारकारी ठूलो बजेट ल्याएर मुुलुकलाई खाडलमा नहाल्न माओवादीलाई सुझाव दिए।
महिला सञ्चारकर्मीहरुको अग्रसरताले आइतबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा पुनले प्रत्यक्ष लैंगिक बजेटलाई १९ प्रतिशतबाट बढाउँदै लग्ने आश्वासन दिए। सरकारी बजेट शिक्षा र स्वाथ्यमा क्षेत्रमा बढी हुँदा महिलाकै हितमा रहने अर्थसचिव कृष्णहरि बास्कोटाले बताए। प्याकुर्यालले अप्रत्यक्ष भन्दा महिलाको पक्षमा प्रत्यक्ष बजेट बढाउनुपर्ने सुझाव दिए। 'लैंगिक बजेट आउन थालेको पाँच वर्ष भयो,' उनले भने, 'विभेद नहुने बजेटले प्राथमिकता पाउनुपर्छ।' नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाले महिला उद्यमीको संख्या बढाउने कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइन्। अग्रसरताका अध्यक्ष मनिषा घिमिरेले मन्त्रीपरिषदमा महिला मन्त्री नभएको सरकारले लैंगिक बजेटलाई प्राथमिकता दिनुपर्ने माग राखिन्।