महेन्द्र र चमेरे गुफाको लागि २२ करोड
११ साउन २०७७
•
३ मिनेट पाठ
महेन्द्र र चमेरे गुफाको लागि २२ करोड
गतवर्ष मात्रै पोखराको दुईवटा गुफालाई व्यवस्थित र संरक्षण गर्ने उद्देश्यसहित गुरुयोजना तयार गरियो । तयार पारिएको गुरुयोजना अन्तर्गत केही काम सुरु गरिएको छ । महेन्द्र गुफा चमेरे गुफा सचिवालयका अनुसार दुई गुफाको लागि २२ करोडको योजना बनाइएको हो ।




महेन्द्र गुफा संरक्षण र सम्बद्र्धन गर्दै आएको विन्ध्यवासिनी माविले एक करोड रुपैयाँको लागतमा नाला निर्माण तथा सिमेन्टयुक्त ढलान बाटो, रेलिङ तथा ढुंगा विच्छ्याउने काम गरेको छ । गण्डकी प्रदेश सरकारकै लगानीमा महेन्द्र गुफाभित्र ४८ लाखको लागतमा बालबालिकाको लागि खेल्ने सामान जडान गरिदैं छ । साढे तीन करोड रुपैयाँको चिल्ड्रेन पार्क बनाउन सुरु गरिएको छ ।

‘चैतदेखि लकडाउनकै कारण गुरुयोजनाका काम प्रभावकारी रुपमा हुन सकेको छैन’ सचिवालय प्रमुख शिशिर पौडेलले भने–‘सरकारले बजेट दिए योजनालाई मूर्त रुप दिन धेरै वर्ष लाग्दैन । तर बजेट नआए वर्षैसम्म पुरा हुदैनन् ।’  उनका अनुसार विद्यालयले महेन्द्र गुफाभित्र पानी छिर्दा निम्त्याउने समस्या न्यूनीकरण गर्न चारैतिर नाली निर्माण गरिएको छ ।

गुरुयोजना अन्तर्गत गुफाभित्रै बालिबालिकालको लागि व्यवस्थित खेल मैदान निर्माणको योजना छ । मनोरन्जनात्मक साधनहरु जडान गरिने छ । सपिङ कम्प्लेक्स निर्माण, गुफाभित्रै मिनी चिडियाखाना(जु) निर्माण गर्ने समेत गुरुयोजनामा समेटिएको उनले बताए । गन्धर्व संग्रहालय, फ्लावर गार्डेन, एउटा रुखदेखि अर्को रुखसम्म जम्प गर्ने ‘रोप’, बालबालिकालाई लक्षित गर्दै क्लाइम्बिङ निर्माण गर्ने योजना समेत छ । ‘सबै योजनाको लागि २२ करोड रुपैयाँको छ । महेन्द्र गुफालाई १८ करोड र चमेरे गुफाको लागि ४ करोडको योजना सार्वजनिक गरिएको हो ।’ उनको भनाई थियो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रमा पनि लुकेर रहेका पर्यटकीय आर्कषणलाई विश्व वजारमा पुर्‍याउनु पर्नेमा जोड दिए । उनले विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको पर्यटन विकासमा सरकार केन्द्रित रहेको बताउँदै व्यवस्थित विकासबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताए । कोरोनाका कारण प्रभावित भएका व्यवसायलाई माथि उकास्न सरकारले विशेष पहल गर्ने बताउदै मन्त्री लम्सालले भने–‘ कोरोनाले थिलो परेको पर्यटन व्यवसाय अब छिट्टै उकासिन्छ ।’

वातावरण संरक्षणगर्ने हेतुले महेन्द्र गुफा पूर्वाधार निर्माण समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश सदस्य कृष्ण थापाले विकासका नाममा राजनीति गर्नु गलत हुने बताए । सबैको प्रयासबाट मात्रै समृद्धि हासिल हुने जिकिर गरे । सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण सबै क्षेत्र संकटमा परेको बताउँदै आर्थिक राहत प्याकेज ल्याउन सरकारलाई सुझाव दिए । प्रदेशकै अर्का सदस्य प्रभा कोईरालाले पोखरामा रहेका पर्यटकीय क्षेत्रलाई सर्किटका रुपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

समितिको आयोजनमा गुफा परिसरमा पारिजात, कल्की, कपुर, गोदावरी, धुपी लगायतका विभिन्न प्रजातीका एक सय ५० वटा विरुवा रोपिएको छ । पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, विन्ध्यवासिनी मा.वि वाटुलेचौरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्राथापा, समितिका सदस्य केशव बस्नेत, पत्रकार शिशिर पौडेल लगायतले पोखरा भित्रिने पर्यटक एकै ठाउँमा केन्द्रित हुँदा आसपासका अन्य पर्यटकीय क्षेत्र ओझेलमा परेको भन्दै गुनासो गरे । 

कोरोना संक्रमणका कारण महेन्द्र गुफा र चमेरे गुफा चैतको पहिलो सातादेखि बन्द रहेको छ । बन्दको ४ महिनामामात्रै अघिल्लो आवमा भन्दा १ करोड ७४ लाख रुपैयाँ आम्दानी कम भएको महेन्द्र गुफा चमेरे गुफा सचिवालयले जनाएको छ ।
अर्को समाचार
बराह क्षेत्रको दीर्घकालीन विकास आवश्यक : राष्ट्रपति पौडेल
२८ चैत्र २०८०
•
३ मिनेट पाठ
बराह क्षेत्रको दीर्घकालीन विकास आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरी बराह क्षेत्रको गुरुयोजना तयार गरी दीर्घकालीन विकासमा योगदान गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन्।




चतरामा मंगलबारदेखि सुरु भएको महाकुम्भ मेला उद्घाटन गर्दै तीनै तहका सरकारले बराह क्षेत्रको विकास गर्न वार्षिक नीति तथा कार्यक्रममा समेटेर आकर्षक धार्मिक तथा पर्यटकीय स्थलको रूपमा द्रुत गतिमा विकास गर्नुपर्ने राष्ट्रपतिले बताए।

‘बराह क्षेत्रलाई दु्रत विकास गरेर आकर्षक धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गरेमा मुलुकको समृद्धिमा योगदान पुग्ने छ,’ उनले भने, ‘कुम्भ मेलाले बराहक्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्य रूपमा विकास गर्न सघाउँ पुर्‍याउने छ।’

उनले दिगो विकास र मुलुकको समृद्धिका लागि सबैको एउटै मन्त्र हुनुपर्नेमा जोड दिए। उनले कुम्भ मेलाले सबै जातजाति, धर्म, सम्प्रदाय र भाषाभाषीबीच  सद्भाव कायम हुने पनि विश्वास गरे।

‘धर्मको अर्थ नै विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना हो,’ पौडेलले भने, ‘कुम्भ मेलामा स्थानसँगै विभिन्न देशका भक्तजन भेला भएर गरिने विदत् सम्मेलन, सामूहिक ब्रतबन्ध र साहित्यिक गतिविधिले सामाजिक उन्नतिमा समेत भूमिका खेल्ने छ।’

मेलाले जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कलहको समेत समाधानमा योगदान पुग्ने पौडेलले विश्वास व्यक्त गरे।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुम्भ मेलाले आर्थिक गतिविधिलाई चलायमान बनाएको बताए। उनले धार्मिक मेलामार्फत जनताको आर्थिक र सांस्कृतिक गतिविधिमार्फत नेपाललाई नयाँ बाटोमा डो¥याउने बताए।

सो अवसरमा कुम्भ मेलाका परिकल्पनाकार नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले कुम्भ नेपालको गौरवसँग जोडिने बताए। उनले कुम्भलाई धर्मसँग नभएर नेपाली जनता र देशसँग जोडेर हेर्नुपर्ने बताए।

महाकुम्भमा आउने भक्तजनका लागि पाँचवटा स्थानमा स्नानस्थल निर्माण गरिएको छ। भक्तजनका लागि खानाको व्यवस्था धरान र विराटनगरका मारवाडी समुदायले निःशुल्क रूपमा व्यवस्था गर्ने भएका छन्। कुम्भमा आउने भक्तजन बिरामी पर्दा उपचारको व्यवस्था गरिएको छ।

कुम्भमा नेपालसहित विश्वका अन्य मुलुक गरी दुई करोड हाराहारी भक्तजन आउने दाबी गरिएको छ। अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कुम्भ मेला लाग्ने गरेको छ।

धार्मिक मान्यताअनुसार समुन्द्र मन्थनपछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यबीच भएको लुछाचुँडीको क्रममा जहाँजहाँ अमृत खस्यो खस्यो त्यहाँ–त्यहाँ कुम्भ पर्व लाग्ने गर्छ। चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ।

पहिलोपटक २०५९ सालको चैत शुक्ल प्रतिपदा अर्थात् चैत ६ गतेदेखि वैशाख शुक्ल तृतीयासम्म एक महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो। जुन नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो।

यस्तै, चतराधाममा २०६४ मा दोस्रो कुम्भ, २०७० तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला लागेको थियो। कुम्भ मेलामा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास रहेको छ। बराह क्षेत्रको चतरामा १२-१२ वर्षमा महाकुम्भ मेला र ६-६ वर्षमा अर्ध कुम्भ मेला लाग्ने गर्छ।  
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस