सुध्रिएन अलैचीको मूल्य
१३ साउन २०७७
•
४ मिनेट पाठ
सुध्रिएन अलैचीको मूल्य
थन्क्याएर राखेको अलैची । तस्बिर : नागरिक
अलैची उत्पादनको नयाँ सिजन सुरु हुनैलाग्दा पनि पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अलैचीको मूल्यमा सुधार आउन सकेको छैन । गत वर्ष उत्पादन गरेको अलैचीको भाउ कुर्दै किसानले थन्क्याएर राखेका छन् । साउन अन्तिमदेखि अलैची टिप्ने काम सुरु हुन्छ ।




अलैचीको भाउ राम्रो नहुँदा किसान चिन्तित छन् । कोरोना भाइरसको प्रकोपले भारतमा निकासी रोकिएको अलैचीको निकासी सूचारु भएपनि मूल्यमा सुधार आउन सकेको छैन । अहिले बजार मूल्य प्रतिमन (४० केजी) को २४ हजार रुपैयाँ रहेको नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । नयाँ अलैची उत्पादन हुने बेलामा पनि मूल्यमा सुधार आउन नसकेको उनको भनाई छ । गतवर्षको अलैची अझै किसान र व्यवसायीको गोदाममा रहेको उनको भनाई छ ।

अलैचीको मूल्यमा वर्षेनी गिरावट देखिन्छ । विगतमा प्रतिमन १ लाख १० हजारसम्मले बिक्री भएको अलैचीको मूल्य पछिल्लो वर्षमा निकै कमी छ । अलैचीको लागत नै नउठ्ने अवस्था रहेको किसानहरुको भनाई छ । व्यवसायीक रुपमा अलैचीको खेतीमा लागेका फाल्गुनन्द गाउँपालिका फाक्तेपका युवा किसान तिल विक्रम नेम्बाङले यो सिजनमा उत्पादन गरेको अलैची नबेची थन्क्यएर राखेका छन् । भदौँ–असोजमा अलैची टिपेर प्रशोधन गरेर राखेका उनले भाउ कुर्दाकुर्दै अलैची उत्पादन हुने नयाँ सिजन आउन लागिसकेको सुनाए ।

‘ठूलो लगानी गरेर अलैची खेती गरियो । अलैची राम्रै फल्न थालेको थियो । मूल्य राम्रो नुहँदा घरमै थन्क्याएर राखेको छु’ चेम्जोङले भने ‘अहिलेकै भाउमा बेच्दा खर्च पनि उठ्दैन । भाउ आउला र बेचुला भनेर कुरीरहेका छौँ । खै अलैचीले डुबाउला जस्तो छ ।’ उता ताप्लेजुङको लिङ्खिमका सन्तोष काम्बाङको कथा बेग्लै छ । उनले फावादिन भन्ने ठाँउमा रहेको १२ रोपनीको अलैची फाँडेर धान खेती लगाएको सुनाए । 

‘धान खेती हुने फराकिलो गरा भएको ठाउँमा अलैची लगाएको थिए । अलैचीको भाउ सारै सस्तो भयो । खेतालाको दाम उठाउन पनि नसक्ने भएपछि अलैची मासेर धान खेती गरेको हु’ उनले भने ‘ अलैचीको भाउ बढ्दै जाँदा खेती मासेर अलैची लगाइएको थियो । मैले मात्र हैन गाउँमा धान खेती हुने ठाउँमा अलैची मास्न थालिएको छ । भिरपाखामामात्र अलैची छ ।’

त्यसोत ताप्लेजुङको फुरुम्बु, लिखिम, फावादिन लगायका क्षेत्रमा अलैची मासेर अन्य अन्नबाली खेती गर्न थालिएको काम्बाङको भनाई छ । किसानहरु अलैचीको भाउ बढ्न नसकेको भन्दै निरासा व्यक्त गर्छ । पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेवालीको रुपमा अलैची रहेको छ ।

विगतमा अलैचीको आम्दानीले आर्थिक उन्नती गरेका प्रशस्त उदाहरण थिए । तर पछिल्ला वर्षहरुमा अलैचीको भाउमा गिरावट आउँदा किसानमा निरासा देखिन्छ । यो बिक्री सिजनमा अलैचीको मूल्य प्रतिमन ३० हजार रुपैयाँ भन्दा बढि उक्सिन सकेको छैन । क्रमशः अलैचीको भाउ घट्दै गएको छ । अलैचीका लागि लागत भन्दा खर्च बढि हुने अवस्था आएको किसानको भनाई छ । साहुको जमिन लिएर अधिया खेती गरीरहेकाहरुले पनि बगान छाड्न थालेका छन् । अधिया खेती गर्दा घाटा हुन थालेपछि यस्तो भएको हो ।

विगतमा यस्तो समस्या थिएन । पछिल्ला केहि वर्षमा अलैचीको भाउ नराम्ररी घटेको छ । डेढ दशकयता अलैची खेती र व्यापार गर्दै आएका ताप्लेजुङका खेम केसिका अनुसार परिवार पाल्ने, नानीहरु पढाउने तथा सहरमा घरेडी/घर जोड्ने आम्दानीको माध्यम रहेको अलैचीबाट दुई/तीन वर्ष यतादेखि राम्रो आम्दानी हासिल हुन सकिरहेको छैन । पछिल्ला वर्षमा लगानी नै नउठ्ने अवस्था आएको उनले सुनाए ।

तत्काल खर्च टार्नका लागि बेच्ने बाहेक अलैचीको भाउ कुर्दै बसेका किसानहरु प्रशस्त छ । पाँचथरको फिदिम–८ का कुशल गुरुङले अलैचीको भाउ बढ्ने आशाले थन्क्याएर राखेको सुनाए । प्रतिमन ५० हजार रुपैयाँ भन्दा बढिमा अलैची बेच्न पाए किसानलाई राहत पुग्ने गुरुङको भनाई छ ।

नेपालबाट निकासी हुने प्रमुख कृषिवालीको रुपमा रहेको अलैचीको मूल्य नराम्ररी घटेको छ । नेपालका ४२ भन्दा बढि जिल्लामा अलैची खेती हुने गरेको छ । तर प्रदेश १ का ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम, धनकुटा, तेह्थुम, खोटाङ जिल्लामा धेरै हुने गरेको पाईन्छ । कृषि मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने नेपालमा १८ हजार २ सय ७३ हेक्टरमा अलैची खेती हुने गर्छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालमा ७ हजार ९ सय ५४ मेट्रिकटन अलैची उत्पादन भएको तथ्याङ्क रहेको छ ।

नेपालको मुख्य बजार भारत भएकाले उतैबाट मूल्य घटेर आएकाले यतापनि मूल्य घटेको बताईन्छ । बजारले अलैचीको मूल्य निर्धारण गर्छ । न्यूनतम समाथ्र्य मूल्य समेत छैन । भारतीय बजारमा निर्भर रहनु पर्ने हुन्छ । यहाँको अलैची भारत हुँदै तेश्रो मुलुक पुग्ने गर्छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५९ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस