लकडाउन अवधिको सुविधा : रोजगारदाता र श्रमिकबीच सहमति
१३ साउन २०७७
•
३ मिनेट पाठ
लकडाउन अवधिको सुविधा : रोजगारदाता र श्रमिकबीच सहमति
सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नपाओस् भनेर घोषणा गरेको लकडाउनको अवधिमा समस्यामा परेका मजदुरलाई चैत महिनाको पूरा तथा वैशाख र जेठको भने ५० प्रतिशत पारिश्रमिक दिने सहमति भएको छ ।




नेपाल उद्योग वाणिज्य महासंघ तथा सम्वद्ध सरोकार भएका व्यक्ति तथा समूहको आज बसेको संयुक्त बैठकले लकडाउन अवधिमा समस्यामा परेको श्रमिकलाई पारिश्रमिक उपलब्ध गराउने सम्बन्धमा सहमति जुटेको हो । सहमतिअनुसार उद्योग प्रतिष्ठानले २०७६ चैत महिनाको पारिश्रमिक भुक्तानीको हकमा लकडाउन अवधिसमेतका लागि साविक बमोजिम पूरा पारिश्रमिक भुक्तानी गर्ने भएका छन् ।

गत चैतको पारिश्रमिकबारे नेपाल सरकारले निर्णय गरिसकेको सन्दर्भमा गत वैशाख महिनाको लागि श्रमिकको ५० प्रतिशत पारिश्रमिक भुक्तानी गरी फरफारक गरिने भएको छ । यस्तै गत जेठ महिनाको हकमा लकडाउनको कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत मात्र भुक्तानी गर्ने सहमति भएको छ ।

श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका विषयमा सरकार समक्ष सिफारिस गर्न रोजगारदाता र संयुक्त ट्रेड युनियन महासंघबीच द्विपक्षीय सहमति भएको हो । नेपाल उद्योग वाणिज्य महासंघसहित रोजगारदाता संस्थाहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्व ट्रेड युनियन महासंघबीच लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका विषयमा सरकार समक्ष सिफारिस गर्न द्विपक्षीय सहमति भएको छ ।

महासंघको समन्वयमा लामो समयदेखि जारी औपचारिक एवं अनौपचारिक छलफलबाट रोजगारदाता र ट्रेड युनियन महासंघहरूबीच आज सहमति भएको हो । विश्वव्यापीरुपमा फैलिएको कोरोनाको महामारीको रोकथामको लागि सरकारले जारी गरेको लकडाउनका कारण उद्योग र व्यवसाय बन्द रहेको समयको पारिश्रमिक दिन कठिनाइ भएकाले लकडाउन अवधिको ५० प्रतिशत पारिश्रमिक दिने सम्बन्धमा रोजगारदाताका तर्फबाट सुझाव दिइएको थियो ।

महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको समन्वयमा रोजगारदाताका प्रतिनिधि संस्थाकातर्फबाट यसमा निरन्तर पहल भएको आज जारी विज्ञप्तिमा उल्लेख छ । गत वैशाख २ गते सम्पन्न रोजगारदाताको छाता संस्थाको उच्चस्तरीय भेलाले लकडाउन अवधिको श्रमिकको पारिश्रमिक लगायतका विषयमा सुझाव पेश गर्न महासंघको रोजगारदाता परिषद्का सभापतिलाई जिम्मा दिइएको थियो ।

श्रमिकको पारिश्रमिकलगायत कोभिड–१९ को संक्रमणबाट उत्पन्न समस्या समाधानका लागि सुझाव सिफारिस गर्न श्रम मन्त्रालयको पहलमा गत वैशाख २८ गते त्रिपक्षीय कार्यदल समेत गठन भएको थियो । सोही आधारमा रोजगारदाता र ट्रेड युनियन महासंघहरू बीचको निरन्तर गृहकार्यपछि आज सहमति भएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको उपस्थितिमा आज सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा रोजगारदाताका तर्फबाट महासंघका उपाध्यक्ष ढकाल, परिषद्का उपसभापति भरतराज आचार्य, नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवालले हस्ताक्षर गरेका छन्।  

यस्तै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्र एवं नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य महासचिव एवं राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष लालकुमार लामा, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडा, समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमान सिंह कुँवर, मधेशी ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष पल्टन ठाकुर र ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष हिकमतजंग भण्डारीले हस्ताक्षर गरेका छन्।
अर्को समाचार
फेरी आयो सुविधा सम्बन्धी विधेयक
१९ असार २०७७
•
२ मिनेट पाठ
फेरी आयो सुविधा सम्बन्धी विधेयक
स्थानीय तहका जनप्रतिनिधिलाई सुविधा दिने व्यवस्था गर्न बनेको विधेयक गण्डकी प्रदेश सभामा प्रस्तुत भएको छ । गाउँसभा, नगर सभा तथा जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक चैतमै संसदमा दर्ता भएपनि विहीबार मात्रै आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रस्तुत गरेका हुन् ।




विधेयक प्रस्तुत हुनुअघी नेपाली कांग्रेसका कुमार खड्का र जनता समाजवादीका हरिशरण आचार्यले उक्त विधेयक माथि विरोधको सूचना दर्ता गराएका थिए । तर सो सूचना बहुमतले अस्वीकृत भएपछि सुविधा सम्बन्धी विधेयक अगाडि बढाइएको हो ।

यसअघि सर्बोच्च अदालतले स्थानीय जनप्रतिनिधिलाई तलब तोकेर दिन नमिल्ने भन्दै सुविधा खारेज गरिदिएको थियो । सर्बोच्चको सो निर्णयपछि गण्डकी प्रदेशसहित अन्य ६ प्रदेशका जनप्रतिनिधिहरूले कात्तिकबाट स्थानीय सुविधा पाएका छैनन् । तर प्रदेश १ का जनप्रतिनिधिले भने सुविधा लिइरहेका छन् । प्रदेश १ मा तलब, भत्ता नभनी शीर्षक छुट्याएर सुविधा दिएकाले सर्बोच्चको आदेशले त्यहाँ नभेट्दा सुविधा नरोकिएको हो ।

गण्डकी प्रदेश सरकारले हाल ल्याएको विधेयक पहिलेको भन्दा सुविधा थपेर ल्याइएको छ । हाल ल्याइएको विधेयकमा महानगरपालिकाका प्रमुले ६ शीर्षकमा मासिक ६६ हजार प्राप्त गर्ने उल्लेख छ । यसअघी महानगरको प्रमुखले ४३ हजार प्राप्त गर्थे । त्यस्तै उपप्रमुखले ६० हजार, महानगरको वडाध्यक्षले मासिक ३० हजार, कार्यपालिका सदस्यले २७ हजार र नगरसभा सदस्यले १५ हजार बराबरको सुविधा प्राप्त गर्नेछन् । जनप्रतिनिधिले ईन्धन, मोविल, दैनिक भ्रमण भत्ता, विदेश भ्रमण भत्ता, चाँडपर्व खर्च र विमाको सुविधा प्राप्त गर्ने विधेयकमा प्रस्तावित छ ।

विधेयकमा जिल्ला समन्वय समितिका प्रमुखले कुल ६१ हजार र उपप्रमुखले ४८ हजार र समितिका सदस्यले मासिक २६ हजार बराबरको सुविधा प्राप्त गर्ने उल्लेख छ । यसअघी प्रमुखले ३८ हजार, उपप्रमुखले ३० हजार र सदस्यले ११ हजार पाउँथे ।

यसैगरी नगरपालिकाका प्रमुखले ५२ हजार ५ सय, उपमेयरलाई ४७ हजार, वडाध्यक्षले मासिक २६ हजार, कार्यपालिका सदस्यले २२ हजार र नगर सभा सदस्यले १३ हजार प्राप्त गर्नेछन् । यसअघी नगर प्रमुखले ३५ हजार प्राप्त गर्थे ।

गाउँपालिका अध्यक्षले ८ शीर्षकमा मासिक ४८ हजार, उपाध्यक्षले ६ शीर्षकमा ४३ हजार वडाध्यक्षले २३ हजार, कार्यपालिका सदस्यलाई मासिक १९ हजार ५ सय र गाउँसभा सदस्यलाई १२ हजार दिन प्रस्ताव गरिएको छ । यसअघी अध्यक्षको ३१ हजार र वडाध्यक्षले १८ हजार प्राप्त गर्थे ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस