कुनै हालतमा बनाउनुपर्छ : व्यवस्थापन-
काठमाडौं, साउन ९ (नागरिक)- पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण व्यवस्थापन र कर्मचारीबीच विवाद सुरु भएको छ।
प्राधिकरणका कर्मचारीहरू 'संस्थाले त्यत्ति ठूलो लागत थेग्न नसक्ने' भन्दै विरोधमा उत्रिएका छन् भने व्यवस्थापन पक्ष 'जसरी भए पनि विमानस्थल बनाउनुपर्छ' भन्ने अडानमा छन्। व्यवस्थापनले निर्माण ठेक्का रद्द नगरे आन्दोलनमा उत्रिने चेतावनी कर्मचारीले दिएका छन्। कर्मचारीले तीन दिनअघि यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि दिइसकेका छन्।
विमानस्थल निर्माण गर्न आह्वान गरिएको टेन्डरमा चीनका तीन कम्पनीमात्र योग्य भएको र त्यसमा सबैभन्दा सस्तो प्रस्ताव गर्ने चाइना सिएएमसी कम्पनी लिमिटेड छ। उसले ३० करोड ५० लाख अमेरिकी डलर (२७ अर्ब रुपैयाँ) लागतमा उक्त विमानस्थल निर्माण गर्ने प्रस्ताव हालेको थियो।
प्राधिकरणले भने १२ अर्ब रुपैयाँमा विमानस्थल निर्माण गर्ने अुनमान गरेको थियो। अर्थ मन्त्रालयले चीनको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकबाट लिने सहुलियत ऋणलाई प्राधिकरणले ८ प्रतिशत ब्याज दरमा लिन लागेको हो।
'प्राधिकरणजस्तो संस्थाले एउटै परियोजनामा २७ अर्ब खर्च गर्नु भनेको संस्था डुबाउने खेल हो,' प्राधिकरणको आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दमन रावलले भने, 'यसविरुद्ध ठूलो आँधीबेहरी ल्याउनुपर्छ।'
व्यवस्थ्ाापनले पोखरा विमानस्थल निर्माण गर्न दिए कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलसम्म बन्द गराउने बाध्य हुने चेतावनी उनले दिए।
'यो ठेक्का रद्द गर्नुपर्छ र कति दिनभित्र रद्द गर्ने हो, व्यवस्थापनलाई समय सीमा दिन्छौं,' प्राधिकरण केन्द्रीय कार्यालयमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
निर्माणबारे सोमबार आयोजित व्यवस्थापन-कर्मचारी अन्तवि्र्र्कयामा रावलले भने, 'हाम्रो संस्थाले त्यत्ति ठूलो भार थाम्न सक्दैन। सरकारको प्राथमिकता प्राप्त परियोजना हो भने उसैले लगानी गरेर बनाए हुन्छ।'
कर्मचारी संगठनका उपाध्यक्ष महेश तिमल्सिनाले विकास निर्माण रोक्ने मनसाय नभएको भन्दै सत्य तथ्य जानकारी नगराई व्यवस्थापनले विमानस्थल बनाउन खोजेको आरोप लगाए। अनुमान लागतभन्दा दोब्बर खर्च गरी विमानस्थल बनाउनुको कुनै अर्थ नहुने उनको भनाइ छ।
उनका अनुसार प्राधिकरणको वार्षिक आम्दानी ३ अर्ब रुपैयाँ हो। ८ प्रतिशत ब्याज दरमा २७ अर्ब ऋण लिए वार्षिक २ अर्ब १६ करोड रुपैयाँ ब्याज तिर्नुपर्ने छ। 'के यो संस्थाले धान्न सक्छ?,' उनले प्रश्न गरे।
लोकतान्त्रिक कर्मचारी संघका अध्यक्ष धर्मेन्द्र पाण्डेले पोखरा विमानस्थल निर्माणमा कर्मचारीले विरोध नगरेको बरू चलखेल गरिएको भए कसैलाई नछाड्ने चेतावनी दिए। 'बाहिर एउटा तस्बिर देखाउने अनि भित्र अर्कै काम गर्नेहरूको चलखेल सुरु भएको छ,' उनले भने, 'यो परियोजना प्राधिकरणका लागि आगो हो र यसमा हात नहाल्न व्यवस्थापनलाई आग्रह गर्छौं।'
त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतीशचन्द्रलाल सुमनले विमानस्थलजति देशको अर्थतन्त्रको इन्जिनको एउटा पुर्जा भइसकेको बताए। सबै विमानस्थलमा विस्तारै व्यावसायीकरण सुरु भइसकेको उनको भनाइ थियो।
'वृहत लगानी गरेर वृहतै आम्दानी हुन्छ भने ऋण लिनु ठूलो कुरा होइन,' उनले भने, 'पोखरामा वार्षिक यात्रु कति आउँछन्, विमानस्थल शुल्क कति लिनेलगायत व्यापारिक योजनाबाट योग्य देखिन्छ भने विमानस्थल निर्माण गर्नुपर्छ।' सबै कर्मचारीको भाग्य र भविष्यसँग जोडिएको भन्दै उनले विरोध गर्नुअघि यसबारे सबै कर्मचारीले एकपल्ट सोच्नुपर्ने बताए।
प्राधिकरणका उपमहानिर्देशक सुमनकुमार श्रेष्ठले प्रस्तावित विमानस्थलको ६० प्रतिशत भाग सम्म्याइसकेको जानकारी दिए। 'पोखरामा नयाँ विमानस्थल बन्नुपर्छ,' उनले भने, 'चाहे चिनियाँले बनाउन् वा अन्य कुनै देशकाले वा प्राधिकरण आफैंले।'
उनका अनुसार १४ करोड ५० लाख डलर अनुमानित लागत थियो। त्यसमा अर्थ मन्त्रालयले ८ करोड डलर ऋण दिने भनेको थियो। लागत अपुग भएपछि अर्थलाई बाँकी उपलब्ध गराइदिन आग्रह गरे पनि हालसम्म कुनै जवाफ आएको छैन। पछिल्लोपटक लागत पुनःमूल्यांकन गर्दा १६ करोड ६० लाख डलर भएको थियो।
प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना स्थानीयबासिन्दाले २०३२ सालदेखि देखेको बताए। 'विमानस्थल बनाउन कति पैसा चाहिन्छ भन्नेतिर नजाऔं,' उनले भने, 'आफ्नो औकातअनुसार जाऔं, जति पैसा छ त्यहीअनुसार काम गरौं।'
उनले प्राधिकरण सरकारी सस्था भएको भन्दै संस्थागत विकास र सामाजिक दायित्व बिर्सन नहुने पनि बताए। संस्थाको वित्तीय अवस्था सन्तुलनमा रहेको उनको भनाइ थियो। पोखरा विमानस्थल बनाउँदा संस्थाले ऋणको भारी बोक्छ भनेर चिन्ता गर्नु स्वाभाविक भएको उनले उल्लेख गरे।
पोखराको छिनेडाँडामा उक्त क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो। यसका लागि ३७ वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। यो विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको पक्की धावनमार्ग हन्छ। यसमा बोइङ ७५७ आकारसम्मका जहाज उडान-अवतरण गर्न मिल्छ।