कोरोना भाइरसको ४ महिना लामो लकडाउनका बावजुद कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा खर्चको प्रतिशत संतोषजनक रहेको पाइएको छ । संघ र प्रदेशबाट जिल्लाका बिभिन्न सरकारी निकाय र पालिकाहरुलाई बिनियोजित बजेटको खर्चको प्रतशित संतोषजनक देखिएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय कपिलवस्तु अनुसार संघबाट आएको बजेटको ९१.५४ तथा प्रदेशको बजेटमा ७६.०६ प्रतिशत रकम खर्च भएको हो । संघ अन्तर्गत ८ अर्व ७० कारोड ६० लाख ७२ हजार बजेट बिनियोजन गरिएको थियो । चालु अन्तर्गत ७ अर्व ५५ करोड २१ लाख ३० हजार ४४२ मध्ये ९७ दशमलव १० प्रतिशत तथा पुँजीगत १ अर्व १५ करोड ३९ लाख ४१ हजार ५९९ रुपैयाँमध्ये ५५ दशमलव १७ प्रतिशत खर्च भएको छ ।
उता प्रदेश अन्तर्गत २ अर्व ७६ करोड २५ लाख ३४ हजार बजेट छुट्टाइएको थियो । जसमध्ये चालु तर्फ ९६ करोड १८ लाख ३५ हजारमध्ये ७४ दशमलव ५२ तथा पुँजीगत तर्फ १ अर्व ८० करोड ६ लाख ९९ हजारमध्ये ७६ दशमलव ८८ प्रतिशत रकम खर्च भएको हो । प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीले लकडाउनको बावजुद कपिलवस्तुमा खर्चको प्रतिशत संतोषजनक रहेको बताए । लकडाउनले गर्दा पुँजीगत तर्फ भने असर गरेको उनले बताए ।
उता जिल्लाबाट संघ तर्फ ६ अर्व ३१ करोड ५८ लाख ८ हजार ८७२ तथा प्रदेश तर्फ १८ करोड २९ लाख ३५ हजार ४२० रुपैयाँ राजस्व संकलन भएको छ ।