कामै नभएको सडकको नाममा लाखौं भुक्तानी
१८ साउन २०७७
•
३ मिनेट पाठ
कामै नभएको सडकको नाममा लाखौं भुक्तानी
हिलाम्मे धरमपोखरा–ठाँटी सडक खण्ड । यो सडकमा कामै नभएपनि डिभिजन वन कार्यालय सुर्खेतले ३७ लाख ८१ हजार ५६१ रुपैयाँ भुक्तानी गरेको छ । तस्बिर : नगेन्द्र/नागरिक
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अघिल्लो आर्थिक वर्ष चिंगाड गाउँपालिकाका दुई वटा सडक योजनाका लागि एक करोड आठ लाख ६१ हजार ७९१ रुपैयाँ छुट्यायो । दैलेखसँग सीमा जोडिएको धरमपोखरा–ठाँटी–मौलाहाले र मटेला–ठाँटी–काँडाधुवानी–चुली–हौलाहाले सडक निर्माणका लागि दुई छुट्टाछुट्टै उपभोक्ता समिति गठन भए । असार १२ गते डिभिजन वन कार्यालय सुर्खेतसँग दुबै उपभोक्ता समितिले सडक आयोजनाको संझौता गरे ।




धरमपोखरा–ठाँटी–मौलाहाले सडकको ३७ लाख ८१ हजार ५६१ र मटेला–ठाँटी–काँडाधुवानी–चुली–हौलाहाले सडकको ६४ लाख ९३ हजार ६७५ रुपैयाँ असारको अन्तिम साता डिभिजन वन कार्यालय सुर्खेतले उपभोक्ता समितिलाई भुक्तानी दियो । निर्माण सम्पन्न भएको भन्दै भुक्तानी दिइएका मध्ये एउटा सडकमा कामै भएको छैन । अर्कोमा सडक योजनामा पनि स्टिमेट र संझौता अनुसारको काम भएको छैन । उपभोक्ता समितिका अध्यक्ष स्वयम् स्थानीय तहदेखि मन्त्रालयसम्म ‘मिलाएर’ भुक्तानी लिएको बताउँछन् ।

धरमपोखरा–ठाँटी–मौलाहाले पर्यटन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर जिसीले तल (स्थानीय तह)देखिमाथि (मन्त्रालय)सम्म मिलाएर भुक्तानी लिएको बताए । ‘सडक दुई वटा हुन्, उपभोक्ता समिति पनि दुई वटै बनाइएको हो,’ उनले भने, ‘तलदेखि माथिसम्म मिलाएर एउटै ठाउँको काम गर्‍यौं, भुक्तानी दुई ठाउँको लियौं ।’ उनले वडा कार्यालयदेखि मन्त्रालयसम्म सल्लाह गरेरै काम गरेको र भुक्तानी लिएको दोहोर्‍याए ।

धरमपोखरा–ठाँटी–मौलाहाले पर्यटन सडक ३७ लाख ८१ हजार ५६१ मध्ये सात लाख ९९ हजार ९७६ रुपैयाँ डोर हाजिरीमार्फत भुक्तानी गरिएको छ भने बाँकी रकम चिंगाड निर्माण सेवालाई डोजर प्रयोगवापतको भुक्तानी गरिएको छ । गाउँपालिका अध्यक्ष देवबहादुर चन्दले पालिकासँग समन्वय नै नगरेर वन कार्यालयले योजना संझौता र भुक्तानी गरेको दावी गरे । ‘उपभोक्ता समिति गठन गर्दा पनि पालिकालाई जानकारी भएन, दुई वटा सडकको लागि आएको रकम कामै नगरेर कुन आधारमा भुक्तानी भयो,’ अध्यक्ष चन्दले भने, ‘सडकमा ठूलो आर्थिक अनियमितता भएको छ, यसको छानविन हुनुपर्छ ।’

धरमपोखरा–ठाँटी–मौलाहाले पर्यटन सडक वडा नं. ४ मा पर्छ । तर, वडा नं. ३ मा उपभोक्ता समिति गठन गरिएको छ । सडक निर्माण सम्पन्न भएको सिफारिस वडा नं. ३ ले गरेको छ । स्थानीयहरु वडाध्यक्ष रेशम जिसी र वन कार्यालयका कर्मचारीको मिलेमत्तोमा कामै नभएको सडकको भुक्तानी दिएको दावी गर्छन् । ‘चार नम्वर वडामा पर्ने सडक आयोजनाका लागि तीन नम्वर वडामा उपभोक्ता समिति गठन हुनु, कामै नभएको ठाउँको रकम भुक्तानीका लागि सिफारिस दिनु र वन कार्यालयले भुक्तानी दिनुको पछाडि ठूलै आर्थिक चलखेल हुन सक्छ,’ एक स्थानीयले भने, ‘यसको छानवीन हुन आवश्यक छ ।’

डिभिजन वन कार्यालयका प्रमुख गोविन्द दाहालले इन्जिनियरको सिफारिसका आधारमा रकम भुक्तानी गरिएको बताए । ‘हामीसँग आफ्नै प्राविधिक नभएकाले कन्सल्टेन्सीबाट प्राविधिक पठाएका थियौं, प्राविधिक रिपोर्टका आधारमा रकम भुक्तानी गरेका हौं,’ उनले भने, ‘असार अन्तिमतिरको काम भएकाले अनुमगनमा पनि जान पाएनौं ।’ दुई छुट्टाछुट्टै उपभोक्ता समिति गठन भएपनि एउटै सडक भएकाले एकै ठाउँमा काम भएको दावी उनले गरे । ‘नाम फरक भएपनि सडक एउटै हो,’ उनले भने, ‘प्राविधिकले पनि रकम अनुसारको काम भएको प्रतिवेदन दिएकाले भुक्तानी गरेका हौं ।’

डोजरमार्फत काम

डिभिजन वन कार्यालय र उपभोक्ता समितिबीच भएको संझौताको बुँदा नं. ६ मा श्रममुलक प्रविधिबाट कार्य गराउने गरी लागत अनुमान स्वीकृति गराई सोही बमोजिम संझौता गरी मेशिनरी उपकरणको प्रयोगबाट कार्य गरेको पाइएमा त्यस्तो उपभोक्ता समितिसँग संझौता रद्द गर्ने उल्लेख छ । तर वन कार्यालयले प्रगति प्रतिवेदनमा डोजरकै फोटो राखेर रकम भुक्तानी गरेको देखिन्छ ।

डिभिवन वन कार्यालयमा उपलब्ध प्रतिवेदन अनुसार मटेला–ठाँटी–काँडाधुवानी–चुली–हौलाहाले सडकका लागि उपभोक्ता समितिलाई दिइएको ६४ लाख ९३ हजार ६७५ रुपैयाँ भुक्तानी मध्ये ५५ लाख ३६ हजार डोजर प्रयोग गरेवापत के.एस.के. कन्ट्रक्सन कम्पनी प्रालिलाई भुक्तानी दिइएको छ । बाँकी रकम डोर हाजिरीका आधारमा भुक्तानी दिइएको छ ।

यस्तै कामै नभएको धरमपोखरा–ठाँटी–मौलाहाले सडकको ३७ लाख ८१ हजार ५६१ मध्ये डोजर प्रयोग गरेवापत चिंगाड निर्माण सेवालाई २९ लाख ८१ हजार ५८५ रुपैयाँ भुक्तानी दिइएको छ । डिभिजन वन अधिकृत दाहालले डोजर प्रयोग गरिएको विषयमा छानविन हुने बताए । ‘असारको अन्तिमतिर भएकाले प्रतिवेदन पनि राम्रोसँग हेर्न पाइएन्,’ उनले भने, ‘प्रगति प्रतिवेदनमा डोजरको फोटो राखेको या डोजर प्रयोग गरेर भुक्तानी लिएको देखिए छानविन गछौं ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस