सिरिजङ्घाको कार्ययोजना : दोस्रो चौमासिक भित्रै पूर्वाधारका काम सक्ने
२० साउन २०७७
•
३ मिनेट पाठ
सिरिजङ्घाको कार्ययोजना : दोस्रो चौमासिक भित्रै पूर्वाधारका काम सक्ने
सरकारी कर्मचारीका लागि सामान्यतया अरु भन्दा साउन महिना केहि फुर्सदिलो मानिन्छ । स्थानीय तहसहितका विकासे कार्यालयका कर्मचारी असारको महिनाको व्यस्ततालाई समेत भूलेर साउनमा फुर्सदको श्वास लिइरहेका भेटिन्छन् । तर, ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले भने आर्थिक वर्षको सुरु अर्थात् साउन महिनाबाटै कर्मचारीलाई व्यस्त बनाएर आवको उत्तरार्ध समय जेठ–असार महिना केहि फुर्सदिलो बनाउने नीति अख्तियार गरेको छ ।  




गाउँपालिका प्रशासनले आर्थिक वर्षको पहिलो चौमासिकलाई योजना छनौट र सम्झौता, दोस्रो चौमासिकलाई कार्य प्रगति र तेस्रो चौमासिकको सुरुआती दुई महिनालाई योजना अनुगमन,योजनाको प्रगति विबरण तयारी र फोरफारक हुने गरी कार्य योजना तय गरेको छ । गाउँपालिका प्रशासनले पूर्वाधारका अधिकाँस काम हिउँद याम भित्रै पूरा गर्नेगरी कार्ययोजना तयार गरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले असारे विकास रोक्ने अभियान स्वरुप आवको सुरुआतबाटै कार्य प्रगति लिने अभियानमा गाउँपालिका प्रशासन कार्य अभ्यस्त हुन थालेको जानकारी दिए ।  

आर्थिक वर्ष सकिनै लाग्दा बर्षाको भेलसंगै जुध्दै गरिएका पूर्वाधार निर्माणले फजुल खर्च बढाउने र राज्य कोषको गलत उपयोग हुने अवस्थाबाट पाठ सिकेर गाउँपालिकाले वर्षा याम अघि नै पूर्वाधार निर्माणका कार्य अघि बढाउने योजना तय गरेको घिमिरेले जानकारी दिए । ‘मैले कर्मचारी साथीहरुलाई चालू आवबाट तपाँईहरुले जेठ–असार महिनामा फुर्सद पाउनु हुन्छ पनि भनेको छु’ घिमिरेले भने ‘तर त्यसका लागि बनाईएको कार्ययोजना भने प्रभावकारी कार्यान्वयन गर्न सबै सहकर्मीले अहिलेबाटै काम गर्नुपर्छ’। त्यहिँ उद्देश्यका साथ अरु निकायका लागि केहि फुर्सदिलो समय मानिएको साउन महिना सिरिजङ्घामा भने व्यस्त समयकै रुपमा रहेको घिमिरेले बताए ।  

गाउँपालिकाका कर्मचारी उज्वल श्रेष्ठले गाउँपालिका प्रशासनबाट बिदाका दिन बाहेक अरु दिन नछुटाईकन कार्यालयको काममा व्यस्त रहन निर्देशन आएको बताए । ‘फुर्सद अब जेठ–असार तिर मात्र हुन्छ होला’ उनले गाउँपालिका प्रशासनले तय गरेको हिउँद याम अघि नै पूर्वाधारका काम सक्ने योजना कार्यान्वयन गर्नेमा दृढता देखाउँदै भने । गाउँपालिका प्रशासनले जेठ महिनालाई क्षमता विकास तालिम, गोष्ठी, सेमीनार लगायतका कार्यमा मात्र केन्द्रित गर्ने योजना बनाएको छ । पूर्वाधार विकासका अधिकांश कार्यक्रम हिउँद याममै सम्पन्न गर्न अब उपभोक्ता समितिलाई समेत कडाई गरिने छ । 

अघिल्लो आव २०७६/०७७ मै गाउँपालिका भित्रका सबै ८ वटै वडामा टोल विकास संस्था गठन गरिसकिएकोले अब तिनै टोल विकास संस्थालाई उपभोक्ता समितिको जिम्मेवारीको रुपमा अघि बढाउने गरी गाउँपालिकाले चालू महिनाबाटै योजना अघि बढाई सकेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए । साविकका प्रत्येक गाविसका प्रत्येक वडालाई आधार मानेर त्यहाँ ७२ वटा टोल विकास संस्था गठन गरिएको छ ।  

टोल विकास संस्थालाई नै उपभोक्ता समितिको स्वरुपमा लगेपछि योजना सम्झौतापछि गाउँपालिका प्रशासनले नियमित रुपमा कार्य प्रगति बारे जानकारी लिने छ । ‘योजना अनुसार कामको अवस्थाका बारेमा उपभोक्ता समितिलाई नियमित फलो गर्ने, काम नगर्ने उपभोक्ता समितिलाई कार्यविधि अनुसार एक्सन लिने कार्य समेत हुने छ’ प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने । उपभोक्ता समितिलाई काम गर्नमा प्राविधिक र सामाजिक कठिनाई आएको अवस्थामा गाउँपालिकाका पदाधिकारी र पालिका प्रशासनले सहजीकरण गर्न सक्ने अवस्था समेत औंल्याए ।

‘असारे विकास पूर्णतया रोक्न गाउँपालिका प्रशासनले गम्भिरतापूर्वक कार्ययोजनाको कार्यान्वयन गर्ने छ’प्रमुख प्रशासकीय अधिकृत घिमिरेले दोहोर्‍याए ।
अर्को समाचार
सभापति देउवाद्वारा श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन आग्रह
१८ वैशाख २०७८
•
१ मिनेट पाठ
सभापति देउवाद्वारा श्रमिकका लागि राहतको कार्ययोजना ल्याउन आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन्। उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै कोभिड-१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाउन आग्रह गरेका छन्।




पूर्वप्रधानमन्त्री देउवाले लकडाउनका कारण आर्थिक–सामाजिक मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीको जीवन कष्टकर बन्दै गएकाले आवश्यक राहतको कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेका छन्।  

उनले संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको र बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको बताउँदै यस्तो परिस्थिति आउनामा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्।

नेपालमा विसं २००३ मा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो। तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको थियो। नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु त्यही आन्दोलन थियो।

उनले कांग्रेस र मजदूर सधैँ एकार्कामा आबद्ध भएर एकार्काका अनन्य सहयोगी भएर रहिआएको जनाउँदै अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गरेका छन्।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस