३० हजार आयोजना अलपत्र
१२ फागुन २०८२
•
५ मिनेट पाठ
३० हजार आयोजना अलपत्र
ठेकदारको लार्पबाही, सरकारी तयारीको अभाव, नेताहरूले मनपरी योजना हाल्ने प्रवृत्ति, बजेट अभावको कारण करिब ३० हजार आयोजना अलपत्र परेका छन्। निर्माण व्यवसायी महासंघका अनुसार करिब एक दशकमा ती आयोजना अलपत्र परेका हुन्।




आर्थिक वर्ष २०७२/७३ यता करिब एक लाख आयोजना कार्यान्वनय भएकोमा करिब ३० प्रतिशत आयोजना अलपत्र परेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए। ‘भौतिक पूर्वाधारसँग सम्बन्धित करिब ३० हजार आयोजना अलपत्र छन्’, अध्यक्ष सिंहले भने, ‘ती संघ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने योजना हुन्।’

नीतिगत जटिलता, मनपरी आयोजना छनोट गर्ने प्रवृत्तिले धेरै योजना अलपत्र भएका हुन्।

सडक पूर्वाधार, सिँचाइ, भवन लगायतका आयोजना छन्। २०७२/७३ यता करिब १९ खर्बका एक लाख बढी आयोजना बनाउने निर्णय भए पनि समस्या भएको संघले जनाएको छ। सार्वजनिक खरिद ऐन २०६३ र अन्य ४१ वटा बाझिएका कानुनका कारण निर्माण क्षेत्र ठप्प भएको  उनले बताए। मुलुकको पूर्वाधार विकास निर्माणले गति लिन नसकेकोमा पनि निर्माण व्यवसायीले चिन्ता व्यक्त गरेका छन्।

ठूला तथा साना विकास आयोजनाहरू विभिन्न कारणले अलपत्र पर्ने प्रवृत्ति बढ्दो देखिएको छ। समयमै काम सम्पन्न नहुँदा लागत बढ्ने, सेवा प्रवाह प्रभावित हुने र सर्वसाधारण निराश हुने अवस्था दोहोरिँदै आएको छ।

आयोजनाहरू अलपत्र पर्नुको मुख्य कारण कमजोर योजना छनोट र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बिना नै ठेक्का प्रक्रिया अघि बढाइनु हो। पहुँचवालाले तोक आदेशको भरमा बजेट बिना नै ठेक्का लगाउने र बिचमा अलपत्र पर्ने समस्या पनि छ। प्रारम्भिक अध्ययन पर्याप्त नभएपछि काम सुरु भएको केही समयमै डिजाइन परिवर्तन, लागत संशोधन तथा समय थप गर्ने क्रम चल्दा  आयोजना लम्ब्याउने गरेको छ।

त्यसैगरी ठेकेदार कम्पनीको क्षमता मूल्यांकन प्रभावकारी नहुनु अर्को प्रमुख कारण मानिन्छ। न्यूनतम बोलपत्रका आधारमा ठेक्का दिने प्रचलनले अनुभव र स्रोत–साधन कमजोर भएका कम्पनीले काम पाउने अवस्था सिर्जना गरेको छ। परिणामस्वरूप समयमै जनशक्ति, उपकरण र वित्तीय व्यवस्थापन गर्न नसक्दा काम अधुरै रहन्छ।

बजेट अभाव र भुक्तानी ढिलाइका कारण पनि आयोजना अलपत्र हुने गरेका छन्। विनियोजित बजेट समयमै निकासा नहुँदा निर्माण कार्य सुस्त हुने गरेको छ। कतिपय अवस्थामा राजनीतिक हस्तक्षेप, स्थानीय विवाद, मुआब्जा वितरणमा ढिलाइ तथा वातावरणीय स्वीकृतिको जटिल प्रक्रियाले समेत आयोजना प्रभावित हुने गरेको देखिन्छ। सम्बन्धित निकायबिच स्पष्ट जिम्मेवारी बाँडफाँट र नियमित अनुगमन नहुँदासमयमै समस्या पहिचान र समाधान हुन सकेको छैन।

आयोजना कार्यान्वनयमा समस्या देखिए पनि अलपत्र आयोजना अलपत्रको संख्याको विषयमा यकिन तथ्यांक नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए। ‘बजेट लगायतको कारण आयोजना कार्यान्वयनमा केही समस्या छ,’ शर्माले भने, ‘निर्माण व्यवसायीले भने जस्तो ठूलो संख्या नहुन सक्छ।’

सरकारले सार्वजनिक खरिद प्रणाली सुधार, कडा अनुगमन, समयमै बजेट निकासा र दक्ष जनशक्ति परिचालनमार्फत अलपत्र आयोजनाको समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ। अन्यथा विकासको गति सुस्त हुने र राज्यको स्रोत–साधन दुरुपयोग हुने चिन्ता सरोकारवालाले चिन्ता व्यक्त गर्छन्।

महासंघले देशको भौतिक पूर्वाधार क्षेत्र धराशयी भएको भन्दै यसलाई चलायमान बनाउन ‘पूर्वाधार संकटकाल’ घोषणा  गर्नसमेत माग गरेको छ।

महासंघका अध्यक्ष रवि सिंहले हालका ऐन, कानुन र नियम कार्यान्वयनयोग्य नभएकै कारण आयोजना समयमै सम्पन्न हुन नसकेको बताए।

जग्गा प्राप्ति, वन ऐन, स्थानीय प्रशासनका झन्झट र सार्वजनिक खरिद ऐनका जटिलताले ठेक्का प्रक्रिया अवरुद्ध भएको उनको दाबी छ।

भुक्तानी नपाउँदा बैंक ग्यारेन्टी जफत हुने, आपूर्ति शृंखला र बैंकिङ प्रणाली प्रभावित हुने अनि व्यवसायी विस्थापित हुने अवस्था आएको उनले बताए। निर्माण क्षेत्र चलायमान भए पाँच लाख नेपालीलाई रोजगारी दिन सकिने दाबी छ। उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढेको भन्दै त्यस्ता समिति खारेज गर्न माग गरे।

ठेकदारलाई बाँध्ने बालेनको अभिव्यक्तिमा निर्माण व्यवसायीको आपत्ति

नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन) ले धनगढीमा आयोजित चुनावीसभामा दिएको ‘रुखमा बाँध्ने, बाटोमा सुताउने र खोरमा हाल्ने’ अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ। निर्माण व्यवसायी लक्षित उक्त अभिव्यक्तिले करिब ३० हजार व्यवसायीको मानमर्दन भएको महासंघको ठहर छ।

फागुन ६ गते गरिएको अभिव्यक्तिलाई महासंघले सस्तो लोकप्रियताका लागि गरिएको गैरजिम्मेवार कदमको संज्ञा दिएको छ। काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव रोशन दाहालले इन्जिनियरिङ पृष्ठभूमिका जिम्मेवार नेताबाट वास्तविक समस्या पहिचान नगरी व्यवसायीलाई मात्र दोषारोपण गर्नु खेदजनक भएको बताए। उनले बालेनसँग अविलम्ब सार्वजनिक माफी माग्न माग गरे।

राज्यको अदूरदर्शी नीति, बजेट अभाव तथा कानुनी जटिलताका कारण निर्माण क्षेत्र ‘कोल्याप्स’ हुने जोखिममा पुगेको छ । व्यवसायीहरूले समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

उता, गगन थापाले निर्माण क्षेत्रको जटिलता समाधान गर्न ४१ वटा कानुन संशोधन गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।

थापाको अभिव्यक्ति नीतिगत र संरचनागत सुधारतर्फ केन्द्रित देखिन्छ भने बालेनको अभिव्यक्ति कार्यान्वयनमा कठोरता अपनाउने संकेतका रूपमा व्याख्या गरिएको छ। निर्माणक्षेत्र सुधारका सन्दर्भमा एकातर्फ कठोर चेतावनी र अर्कोतर्फ कानुनी संशोधनको प्रस्तावबिच बहस चर्किएको छ। सरोकारवालाले दण्डात्मक भाषाभन्दा नीतिगत समाधानमा जोड दिनुपर्ने बताएका छन्।
अर्को समाचार
ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै
२३ भदौ २०८१
•
३ मिनेट पाठ
ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अलपत्र परेको छ।




सरकारको ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो। 

आयोजनाको एक नम्बर ‘प्याकेज’ अन्तर्गत वडा नं ८ सल्लेको महादेवबेँसीबाट वडा नं ७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नम्बर प्याकेजअन्तर्गत सोही नगरपालिकाको वडा नं १ बाहुनीडाँडाको कदुवास्थित लिलिमाबेँसीबाट भुम्जुडाँडामा लिफ्टिङ प्रविधिबाट पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले २०७६ साल मङ्सिरमा सक्नेगरी २०७४ असार २१ मा सम्झौता गरेको थियो।

दुवै प्याकेजको काममा ठेकेदार कम्पनीले पटकपटक म्याद थपिए पनि काम नगरेपछि अलपत्र परेको हो। खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण स्थानीयले पेयजल प्राप्तिमा दुःख पाउनुका साथै राज्यले ठूलो आर्थिकभार बेहोर्नुपरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए।

‘ठेकेदार कम्पनीले चारपटक म्याद थप गराइसकेको छ। ठेकेदारको हेलचेक्र्याइँका कारण दुई महिनादेखि काम ठप्प छ’, उनले भने, ‘यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ।’

महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका विभिन्न वडामा वितरण गर्न ल्याइएको पाइपलाइनको काम पनि अलपत्र छ। यसमध्ये एक नम्बर  ‘प्याकेज’ को ‘मेनलाइन’ को कामअन्तर्गत पानी तान्ने छवटा पम्पमध्ये दुईवटा मात्र जडान गरिएको र अन्य चारवटा जडान गर्न बाँकी रहेको पाइएको छ।

आयोजनाअन्तर्गत दुई नम्बर प्याकेजको मेनलाइनको काम भने सकिएको तर, शाखा लाइनको काम बाँकी छ। उक्त आयोजनाअन्तर्गत करिब एक सय परिवारलाई पानी वितरण गरिसकेको र तीन सय परिवारलाई पानी वितरण गर्न बाँकी छ।

दुवै ‘प्याकेज’ को काममा ८५ प्रतिशत आर्थिक प्रगति भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ। शाखा लाइन विस्तारको  ठेक्का पाएका निर्माण कम्पनीले पनि काम पूरा गरेका छैनन्।

लिलिमाबेँसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नं १, २, ३ का दुई हजार चार सय नौ घरपरिवारलाई वितरण गर्ने ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो।

उक्त कम्पनीले पनि कदुवा क्षेत्रमा पानी वितरण गर्न सकेको छैन। भुम्जुडाँडामा निकालेर वितरण गरिएको पानी तीन महिनादेखि आउन छाडेको वडा नं २ डिकुवाका उपभोक्ता सुदीप अधिकारीले बताए।

लामा कन्स्ट्रक्सनले ३७ करोड ९३ लाखको लागतमा  २०७७ साल साउन १ गते आयोजना पूरा गर्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो।

निर्माण कम्पनीले चार लाख लिटर क्षमताको तीनवटा ट्याङ्की, तीन लाख लिटरको एउटा, एक लाख लिटरका पाँचवटा ट्याङ्की र चार किलोमिटर पाइप लाइन विस्तार गर्ने सम्झौतामा भएको थियो।

यस्तै, महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी वडा नं ५, ६ र ७ का दुई हजार चार सय ८८ घरपरिवारलाई वितरण गर्ने कामको ठेक्का रमण–सगरमाथाले लिएको थियो।

२६ करोड ७५ लाख ५१ हजारको लागतमा २०७७ साल साउन १ गते काम सक्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो।

आयोजनासँग गरिएको सम्झौताअनुसार ७३ वटा ट्याङ्की, डिसी/डिपिटी ७३ वटा निर्माण गर्नुपर्ने थियो। निर्माण कम्पनीले अहिले आयोजना अलपत्र परेको स्थानीय बासिन्दाले बताएका छन्।

पम्पिङ खानेपानी आयोजनाको काम छाडेर ठेकेदार निर्माणस्थलबाट हिँडेपछि स्थानीय उपभोक्ता निराश भएका छन्।

आयोजनाले ठेकेदारलाई भुक्तानी दिन नसक्दा काम रोकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिए।

आयोजनाका लागि थप बजेटको व्यवस्था नहुँदा ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख विपुलकुमारलाल दासले जानकारी दिए।

अहिले वर्षाकाल भएकाले  काम रोकिएको छ’, उनले भने, ‘दसैँअघि मेनलाइनको काम सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसँग समन्वय भइरहेको छ।’ - रासस
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस