काठमाडौं, भदौ २ (नागरिक)- एक वर्षभित्र साढे आठ अर्ब घाटा लागेको विद्युत प्राधिकरणको आर्थिक अवस्था सुधार्ने भन्दा कार्यरत कर्मचारीले सुविधाको मागलाई चर्को रुपमा उठाएका छन्।
कर्मचारी युनियनका प्रतिनिधिहरुले आर्थिक रुपमा जीर्ण संस्थाले पोशाक भत्ता, बीमा, पेन्सनदेखि लिएर अरु सुविधा नदिएको भन्दै सञ्चालक समितिदेखि लिएर व्यबस्थापनप्रति रोष व्यक्त गरे। गत आर्थिक वर्ष २०६८/६९ मा प्राधिकरणलाई ८ अर्ब ५५ करोड रुपैयाँ घाटा लागेको छ।
वार्षिक प्रतिवेदनमा आम्दानी २१ अर्ब ४२ करोड रुपैयाँ भएको उल्लेख छ। प्राधिकरणको आयले सञ्चालन खर्च समेत नधानेको प्रतिवेदनले देखाएको छ।
सात महिना अघि सरकारले त्यतिखेरसम्मको नोक्सानी २७ अर्ब ५३ करोड रुपैयाँ अपलेखन गरेको थियो। अपलेखन गरिएको रकम सरकारको सेयरपूँजीबाट घटेको छ।
कर्मचारी प्रतिनिधिहरुले निजामति कर्मचारी सरह पोशाक भत्ता नपाएकोमा आपत्ति जनाए। निजामति कर्मचारीले वर्षमा एक पटक सात हजार रुपैयाँ पोशाकका लागि पाउँछन्। प्राधिकरणका कर्मचारीले भने पाँच हजार रुपैयाँमात्र पाउने गरेका छन्।
'हामीलाई उपलव्ध गराइने घरभाडाले अहिलेको अवस्थामा काठमाडौंमा डेरा पाइन्छ?' राष्ट्रिय कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष अजितमान तामाङले प्राप्त सुविधा कम भएको भन्दै प्रश्न गरे। उल्लेखनीय तथ्य के छ भने प्राधिकरणका कर्मचारीले निशुल्क रुपमा प्रयोग गरिरहेको मासिक एकसय २५ युनिट बिजुली उचित नभएको भन्दै एक वर्ष अघिनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदिन प्राधिकरण सञ्चालक समितिलाई निर्देशन दिएको थियो।
प्राधिकरणका कर्मचारीहरुले भने सरकारी गलत नीति, समयमा महसुल समायोजन गर्न नपाउनु, राजनैतिक हस्तक्षेपले प्राधिकरण घाटामा गएको बताएका छन्। 'आयोजनाहरुको लागत बढाउने, सञ्चालक समितिले मनलाग्दी निर्णय गर्ने, क्षमता बढाउने नाममा सरकारी खेलले प्राधिकरण घाटामा पुर्याइएको हो,' नेबिप्रा कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद रिमालले भने।
रिमालकै जस्तो धारणा कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईको थियो। उनले त्रिशूली तेस्रो-'ए' को क्षमता बढाउने नाममा करोडौं रुपैयाँको चलखेल भएको र त्यसले प्राधिकरणलाई उठ्नै नसक्नेगरि थला पार्ने बताए।
कर्मचारीहरुले प्राधिकरणको आर्थिक अवस्था सुधार्ने भन्दा पनि सेवा सुविधा थप गर्ने विषयमा धारणा केन्द्रित गर्दै व्यबस्थापनको आलोचना गर्नमा बढी समय खर्चेका थिए।
जवाफमा ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष कोइरालाले निजामति कर्मचारीको सुविधासँग समन्वय हुनेगरि दिनको लागि कार्यदल गठनको प्रस्ताव राखे। उनले उनले बढ्दो दुर्घटनाको कारणभित्र गुणस्तरहिन सामानको बोलवाला रहनुलाई शंका गरे।
राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सीताराम थापा, कर्मचारी कल्याण परिषदका अमृत खापुङ समेत संस्था सुधारको प्रतिवद्धता भन्दा सुविधाको पक्षमा बढ्ता केन्द्रित भएका थिए।