कास्कीका हाईड्रोपावर: चिनियाँ प्राविधिक नआउँदा बत्ती जोड्न ढिलाई
२५ साउन २०७७
•
३ मिनेट पाठ
कास्कीका हाईड्रोपावर: चिनियाँ प्राविधिक नआउँदा बत्ती जोड्न ढिलाई
हाईड्रोपावर बनिसक्यो । तर उत्पादन भने कोभिड–१९ ले रोकिएको छ । कोभिड–१९ कै कारण राष्ट्रिय प्रशारण लाईनमा बत्ती जोड्ने काम टुंग्याउन सकिएको छैन । चाईनिज प्राविधिक आईपुगेका छैनन् । प्राविधिन नआउँदा परीक्षण उत्पादन हुन सकेको छैन । कास्कीको मादी गाउँपालिकास्थित नामार्जुङमा हिमालयन हाईड्रोपावरले निर्माण गरेको १२ मेगावाट जलविद्युत कोभिड–१९ कै कारण उत्पादन रोकिएको छ ।  




कास्कीमा दर्जनौं हाईड्रोपावर निर्माणाधिन छन् । केही आधा सकिएका छन् । केही निर्माणकै चरणमा छन् । ‘सबै काम सकिएको छ । चाईनिज प्राविधिक नआउँदा बत्ती जडान हुन सकेका छैन् ’ हिमालयन हाइड्रोपावरका प्रोमोटर यदु अधिकारीले भने–‘कोभिड–१९ को महामारीले प्राविधिक चीनमै रोकिएका छन् ।’ बैशाखमै उदघाटन गर्ने योजना रहेपनि कोरोना महामारीले रोकिएको उनको भनाई थियो ।  

कास्कीमा सबैभन्दा सानो हाईड्रोको रुपमा फेवा पावर हाउस हो । केवल ५ सय किलोवाटको मात्रै हो । फेवातालको पानीलाई उपयोग गर्दै फुस्रे खोलाको किनारमा विद्युत उत्पादन गरिएको हो । सेती नदीबाटै निकालिएको छ १.५ मेगावाट विद्युत । पोखरा¬ १ सिम्पानीबाट बाँध बाँधेर पानीलाई नहर मार्फत नदीपुरस्थित पावरहाउसमा ल्याइएको छ । कुँडहर फाँटमा सिँचाइको लागि बनाइएको सेतीनदी नहरबाटै विजयपुरमा १ मेगावाट विद्युत उत्पादन गरिएको छ । भगवती हाईड्रोपावरले विजयपुर खोलामा ‘विजयपुर १’ उत्पादन गरिसकेको छ । ४.५ मेगावाट विद्युत उत्पादनपछि सोही हाईड्रोपावरले ‘विजयपुर २’ उत्पादनको तयारीमा जुटिरहेको छ । माछापुच्छ्रे गाउँपालिकास्थित सार्दीखोलामा गण्डकी हाईड्रोको ३ मेगावाट उत्पादन भईसकेको लामै समय भएको छ ।  

मादी गाउँपालिकास्थित सिम्लेसमा सिक्लेस हाईड्रोले २० मेगावाट विद्युत उत्पादन गरिसकेको छ । कास्की मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)का अनुसार सिक्लेस हाईड्रो, अपर मादी(चाईनिज कम्पनी)को २५ मेगावाट र रुदी ए र बीबाट १५ मेगावाट विद्युत उत्पादन भईसकेका छन् ।  सुपर मादी ४४ मेगावाट, माद्मे खोला २४ र ईदीखोला १ मेगावाट उत्पादन गर्ने योजनासहित निर्माणकै चरणमा छन् ।  

अबको दुई वर्षभित्रमा कास्कीमा आधा दर्जन हाईड्रोपावरले विद्युत उत्पादन शुरु गर्ने छन् । निजी क्षेत्रबाट गण्डकी प्रदेशकै ठूलो जलविद्युत परियोजना ‘सुपर मादी’ अर्को आर्थिक वर्षभित्रमा उत्पादन शुरु हुने छ । सुपरमादी हाईड्रो पावर कम्पनी लिमिटेडको ४४ मेगावाट क्षमताको विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ । ‘२०७८ साल असार मसान्तसम्म विद्युत उत्पादन गरेर प्रशारण लाईनमा जोड्ने छौै’ सुपरमादी हाईड्रोपावर कम्पनीका निर्देशक धनराज आचार्यले भने–‘६५ प्रतिशत काम सकिएको छ ।’ ६.७ किलोमिटरको टनेल निर्माण कार्य अबको नौ महिनाभित्र सक्ने लक्ष्य राखिएको उनले बताए । लकडाउनमा पनि काम नरोकिएकोले धमाधम अघि बढेको स्पष्ट पारे ।  

लकडाउनकै बीचमा सार्दीखोलामा सेती हाईड्रोपावरले २५ मेगावाटको विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम शुरु गरिएको छ । २०७९ साल असोज मसान्तसम्ममा राष्ट्रिय प्रशारण लाइनमा जोड्नेगरी काम शुरु गरिएको भिजन लुम्विनी उर्जा कम्पनी लिमिटेडले जनाएको छ । सिभिल निर्माणको काम भइरहेको छ । रसुवा लुना जेभीले निर्माण गरिरहेको छ । सिभिल निर्माण अन्तर्गत सेटलिङ बेसिन(पानी थिग्राउने पोखरी) खन्ने काम भइरहेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।
अर्को समाचार
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
३१ मिनेट अघि
•
१ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 

केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।

वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।

“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”

कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।

असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार 

हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”

चाडपर्व र मेलामा अत्यधिक माग

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।

उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।



एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस