लोडसेडिङ बढाउने तयारी
०२ भदौ २०६९
•
६ मिनेट पाठ
लोडसेडिङ बढाउने तयारी
काठमाडौं, भदौ ३ (नागरिक)- लोडसेडिङको समय घट्ने आशामा रहेका बिजुलीका उपभोक्ताले वर्षायाम नसकिँदै इन्भर्टर र ऊर्जाका वैकल्पिक स्रोतलाई दुरुस्त राख्नुपर्ने भएको छ। घोषित रुपमै दैनिक पाँच घन्टा लोडसेडिङ भइरहेको अवस्थामा प्राधिकरणले अघोषित रुपमा समय बढाएको छ।
'पूर्वाञ्चल भारतबाट आउने बिजुली आधाले कटौती भएकाले लोडसेडिङको नयाँ तालिका ल्याउँदैछौं,' प्राधिकरण प्रणाली सञ्चालन विभागका प्र्रमुख भुवनकुमार क्षेत्रीले भने।

भारतबाट ल्याएर मेची र कोसी अञ्चलमा विद्युत आपूर्ति हुँदै आएकोमा अहिले आधा कटौती भएको छ। ६५ मेगावाट बिजुली भारतबाट आयात भइरहेकोमा अहिले ३० मेगावाटमा सीमित भएकाले लोडसेडिङ तालिका प्रभावित भएको छ।
गत वर्ष यो समयमा दैनिक दुई घन्टामात्र लोडसेडिङ थियो। यसपटक बिहान र बेलुकी गरी पाँच घन्टाबाट घटेको छैन। 'अब पाँच घन्टाबाट लोडसेडिङ घट्दैन होला,' क्षेत्रीले भने। गत वर्षको भन्दा यो वर्ष मनसुनी वर्षा निकै कम भएको र मागसमेत बढेको हुँदा लोडसेडिङ पाँच घन्टाबाट नघट्ने भएको हो।
प्राधिकरणका अनुसार हरेक वर्ष विद्युतको माग सामान्य अवस्थामै एक सय मेगावाटको दरले बढ्छ। नयाँ कलकारखाना स्थापना नभए पनि घरायसी प्रयोगकै लागि एक सय मेगावाटका दरले बिजुलीको उत्पादन बढ्छ। क्षमता भने गएको एक वर्षमा सात मेगावाटमात्र थपिएको छ।
लोडसेडिङ नघट्नुको अर्को कारण विद्युतको सबैभन्दा ठूलो 'ब्याकअप' मानिएको कुलेखानीको जलाशय नभरिनु हो। गत वर्ष साउनमै पूरा जलाशय भरिएर बालुवा भरिएका बोरासमेत राखेर पानी रोकिएको थियो। त्यही पानीले गर्दा पनि हिउँदमा लोडसेडिङ १२ घन्टामा सीमित राख्न प्राधिकरण सफल भएको थियो।
प्राधिकरणका अनुसार यो वर्ष कुलेखानीको जलाशय भरिन पानीको सतह अझै ८ मिटर बढ्नुपर्छ। भदौ लागेपछि जलाशय भरिने गरी पानी पर्ने सम्भावना रहँदैन। यो वर्ष वैशाखदेखि नै देशभरि वर्षा औसतभन्दा ज्यादै कम भएको छ। गत वर्षहरुमा जेठदेखि नै लोडसेडिङलाई प्राधिकरणले नियन्त्रणभित्र राख्ने गरेकोमा यसपटक मध्य वर्षामा पनि पाँच घन्टाबाट घटाउन नसक्नुले सरकार र प्राधिकरणले अहिलेदेखि नै तयारी नगरे हिउँदमा बिजुलीको ठूलो हाहाकार हुने भएको छ।
सिस्टममा अहिले निजी विद्युत गृह र प्राधिकरणबाट उत्पादन भएको पाँचसय ५० मेगावाट बिजुलीमात्र उपलव्ध छ। लोडसेडिङ पूरै हट्न एक हजार २६ मेगावाट बिजुली आवश्यक पर्छ। विद्युत प्राधिकरण र निजी विद्युतगृहहरुले आफ्नो क्षमताअनुसार पूर्ण रुपमा बिजुली उत्पादन गर्ने हो भने अहिले ७ सय पाँच मेगावाटमात्र उपलब्ध हुन्छ।
अधिकांश विद्युतगृहहरु 'रन अफ दी रिभर' (नदी प्रवाहमा आधारित) छन्। नदी प्रवाहमा आधारित विद्युत गृहहरुले खोलामा प्रशस्त पानी हुँदा आफ्नो क्षमता अनुसार बिजुली उत्पादन गर्छन्। पानी घट्दै गएपछि कतिपय विद्युत गृहहरुले हिउँदमा आफ्नो क्षमताको एक चौथाइमात्र बिजुली उत्पादन गर्छन्।
प्राधिकरणले वर्षाको समयमा पनि लोडसेडिङलाई कम गर्न भारतबाट एक सय २५ मेगावाट बिजुली ल्याइरहेको थियो। यस बिजुलीमध्ये पूर्वमा ल्याइएको ६५ मेगावाटमध्य ३५ मेगावाट कटौती भएपछि सबैतिर प्रभाव परेर अघोषित लोडसेडिङ थपिएको हो।
प्राधिकरणले यो वर्ष लोडसेडिङलाई बढीमा १६ घन्टामात्र गर्नेगरी उपायको खोजी गरिरहेको छ। दुहबी र हेटौंडामा रहेका मल्टिफ्युल प्लान्टहरु सञ्चालन गर्ने, भारतबाट अहिलेभन्दा बढी बिजुली ल्याउन पूर्वाधार (प्रसारण लाइन सुधार) गर्ने, उद्योगीहरुसँग भएको जेनेरेटरबाट उत्पादन भएको बिजुली किन्ने लगायतका उपायहरु खोजी गरिरहेको छ।
सरकार समयमै आयोजनाहरु सम्पन्न गर्ने भन्दा पनि विवादमा फँस्दै आइरहेको छ। लाइसेन्स खारेज, क्षमता बढाउने लगायतमा अनावश्यक रुपमा सरकारले हात हालेर समयमा आयोजनाहरु नबन्ने अवस्था सिर्जना गरिरहेको छ।
अर्को समाचार
चालीस प्रतिशतसम्म बिजुलीको महसुल बृद्धि
२८ साउन २०६७
•
९ मिनेट पाठ
चालीस प्रतिशतसम्म बिजुलीको महसुल बृद्धि
काठमाडौं, साउन २९ - दैनिक दुईघण्टा लोडसेडिङ भएपनि बिजुलीका उपभोक्ताले केही दिनभित्रै बढेको महसुल तिर्नुपर्नेछ। बिजुलीको बिक्री वितरण गर्ने एक मात्र संस्था विद्युत प्राधिकरणले महसुल बढाउने तयारी गरिसकेको छ।

बिजुलीका उपभोक्ताले २५ देखि ४० प्रतिशत बढी मूल्य तिर्नुपर्नेगरि प्राधिकरणले भाउ बढाउन प्रस्ताव गरेको छ। ठूलै उथलपुथल नआएमा भदौदेखि महिनादेखि बिजुलीको बिल आउँदा बढेको मूल्यमा आउनेछ। उर्जा मन्त्रालयको दवावलाई थेग्न नसकेपछि महसुल निर्धारण आयोगले बिजुलीको भाउ बढाउन स्विकृती दिने अन्तिम तयारीमा छ।

प्राधिकरणको प्रस्ताव अनुसार, बिजुलीका घरायसी उपभोक्ताले २० युनिटसम्ममात्र प्रयोग गरेमा महसुल बढी तिर्नुपर्नेछैन। २० युनिटसम्म बिजुली उपभोग गर्ने ग्राहकले मासिक ८० रुपैयाँ तिर्नुपर्ने प्रावधान छ।

त्यो भन्दा बढी (२१ देखि १५० युनिटसम्म) उपभोग गरेमा भने अहिले प्रति युनिट ७ रुपैयाँ ३० पैसा तिरिरहेकोमा ९ रुपैयाँ तिर्नुपर्नेछ। १५१ देखि २५० युनिट प्रयोग गर्नेले प्रतियुनिट १० रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ। २५० युनिटभन्दा माथि प्रयोग गर्नेले अहिले प्रतियुनिट नौ रुपैयाँ ९० पैसा तिरिरहेकोमा १२ रुपैयाँ ९० पैसा तिर्नुपर्ने प्रस्ताव प्राधिकरणको छ।

प्राधिकरणले ११ किसिमका ग्राहकको वर्गीकरण गरेर छुट्टाछुट्टै महसुल प्रस्ताव गरेको छ। अरु वस्तु तथा सेवाका उपभोक्ताले जति धेरै उपभोग गर्‍यो उतिनै धेरै छुट पाउने नीति भएपनि बिजुलीको हकमा भने मासिक २५० युनिट भन्दा बढी उपभोग गर्नेले भने सबैभन्दा बढी १२ रुपैयाँ ९० पैसा तिर्नुपर्ने गरि प्रस्ताव गरिएको छ।

प्राधिकरणले अबदेखि राष्ट्र बैंकले तयार पार्ने मूल्यबृद्धिको आधारमा वार्षिक बिजुलीको भाउ बढाउन प्रस्ताव गरेको छ। 'यो आर्थिक वर्षदेखि हरेक वर्ष भाउ बढाउन हाम्रो माग हो,' प्राधिकरण अर्थ विभागका प्रमुख दिवाकर पौडेलले भने।

प्राधिकरणले बिजुलीको डिमान्ड चार्जमा अहिले लागिआएको महसुल पनि डेढदेखि दुई गुणाले बढाउन प्रस्ताव गरेको छ। मागअनुसार बिजुली दिने शर्तमा ग्राहकले तिर्ने यो शुल्क हटाउन उपभोक्ताले माग गरेका छन्।

प्राधिकरणका निर्देशक शेरसिंह भाटले प्राधिकरण आर्थिक रुपले समस्याग्रस्त भएकोले नयाँ आयोजना बनाउन नसक्दा लोडसेडिङ बढिरहेको बताए। उनले आउँदो हिउँदमा दैनिक १४ घण्टा लोडसेडिङ हुने बताए।

'हिउँदमा १३ हजार ६ सय ६० मेगावाट आवर बिजुलीको दैनिक माग हुनेछ, जवकी हामीसँग आठहजार मात्र आपूर्ति गर्नसक्ने क्षमता रहनेछ,' भाटले भने। माग अनुुसार बिजुली नहुँदा लोडसेडिङ बढाउनुपरेको उनले बताए।
दुई वर्षपछि हिउँदमा दैनिक १८ घण्टा लोडसेडिङ हुने पनि उनले बताए। एक वर्ष अघि हिउँदमा पनि प्राधिकरणले दैनिक १८ घण्टा लोडसेडिङ गरेको थियो।

महसुल बढाउने प्राधिकरणको प्रस्ताव पारित भएमा प्रशारण लाइनहरु समयमा पुरा गर्न सक्षम हुने, निजी उर्जा उत्पादकहरुलाई समयमा भुक्तानी गर्न सकिने, उर्जाको क्षेत्रमा बैदेशिक लगानी भित्राउन सकिने प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

बिजुलीका उपभोक्ता, देश र प्राधिकरणलाई बचाउनको लागि भएपनि मूल्य बढाउनै पर्ने अवस्था रहेको दावी प्राधिकरणले गरेको छ। लामो समयदेखि घाटामा गैरहेको प्राधिकरणको संचित घाटा १९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्ष २०६६/६७ मा प्राधिकरणलाई ५ अर्ब ३० करोड रुपैयाँ नोक्सानी भएको छ। प्राधिकरणको प्रति युनिट बिजुली लागत अहिले ८ रुपैयाँ ९७ पैसा छ। प्राधिकरणको दावी अनुसार, प्रति युनिट घाटा २ रुपैयाँ २६ पैसा छ।

'लोडसेडिङ हट्ने ग्यारेन्टी चाहियो'
विद्युत प्राधिकरणले बढाउन प्रस्ताव गरेको बिजुली महसुलको विषयमा सरोकारवालाहरुले लोडसेडिङ हट्ने ग्यारेन्टी भएमा मात्र वृद्धि गर्न सहमति दिनुपर्ने बताएका छन्।

महसुल निर्धारण आयोगले शुक्रबार गरेको छलफलमा उपभोक्ताका प्रतिनिधिहरुले प्राधिकरणको व्यबस्थापकीय क्षमतामा सुधार नगरेसम्म महसुल बढाएर मात्र समस्या समाधान हुन नसक्ने बताए। 'प्राधिकरणलाई आर्थिक रुपमा सबल बनाउन सरकारले नाजायज रुपमा लिएको व्याज, रोयल्टीलाई पनि घटाउनुपर्छ,' उपभोक्ता हित संरक्षण मञ्चका रमेशचन्द्र पौडेलले भने।

प्राधिकरणले आफ्ना कर्मचारीलाई दिइरहेको बिद्युत छुट सुविधा घटाउनुपर्ने माग उपभोक्ताले गरे। ब्यबस्थापनलाई सुधार गर्नुपर्ने, राजनीतिक हस्तक्षेप हटाउनुपर्ने, उर्जामन्त्री प्राधिकरणको अध्यक्ष रहने परिपाटी अन्त्य गर्न, गुणस्तरीय बिजुली नदिदा ग्राहकलाई परेको नोक्सानीको व्यबस्था हुनुपर्ने माग उपभोक्ताले गरेका छन्।

आयोगका अध्यक्ष महेन्द्रनाथ अर्यालले बिजुलीको डिमान्ड चार्जको महसुल बृद्धि प्रस्ताव उपयुक्त नभएको र नौ वर्ष अघि भाउ बढाउन स्विकृती दिदा दिएको निर्देशन अहिलेसम्म पुरा नगरेको बताएका थिए। बिजुलीको चुहावटलाई नियन्त्रण गर्नेतर्फ प्राधिकरणले केही नगरेको प्रति आयोगले आपत्ति जनाएको छ।

कार्यक्रममा आयोगका सदस्य ज्योति बानियाले सरकार काम चलाउ भएको समयमा भाउ बढाउने तयारी भन्दा पनि प्रकृया अनुसार छलफलमात्र सुरु गरिएको बताए। आयोग स्रोतका अनुसार, सरकार काम चलाउ भएपनि केही दिनभित्रै बैठक बसेर भाउ बृद्धि गर्ने तयारी भैरहेको छ। यसको लागि सरकारी निकायबाट प्रतिनिधित्व गर्ने अधिकारीलाई उर्जा मन्त्रालयले दवाव दिइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक जिबेन्द्र झाले सन् २०१६ सम्म लोडसेडिङ पुर्ण रुपमा हट्न नसक्ने बताए। प्रशारण लाइनले नधान्ने भएकोले भारतबाट ल्याएर लोडसेडिङ अन्त्य गर्ने संभावना पनि नभएको प्राधिकरणको दावी छ।

झाले नगरपालिका, गाउँ विकास समितिहरुबाट महसुल रकम उठ्न बाँकी रहेकोले पनि प्राधिकरण आर्थिक रुपमा धराशायी भएको उल्लेख गरे।
प्राधिकरणलाई बचाउन महसुल बढाउन स्विकृती दिनुपर्ने सुझाव स्वतन्त्र उर्जा उत्पादक, प्राधिकरणका कर्मचारीले राखेका थिए।

 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस