‘मत्स्य’ छन्, विकास छैन
२७ साउन २०७७
•
२ मिनेट पाठ
‘मत्स्य’ छन्, विकास छैन
चितवनको राप्ती नगरपालिकास्थित मत्स्य विकास केन्द्र भण्डारामा रहेको माछापोखरी । तस्बिर: सूर्यप्रकाश/नागरिक
पाँच दशकअघि चितवनको भण्डारामा मत्स्य विकास कार्यालय स्थापना गरियो । उद्देश्य थियो माछापालक किसानलाई पर्याप्त भुरा सुलभ दरमा उपलब्ध गराउने । उद्देश्य अनुसार यस कार्यालयले काम त गरेको छ, तर पूर्णक्षमतामा भुरा उत्पादन गर्न भने सकेको छैन । माछापोखरीको संख्या बढाउन नसकेको कारण सीमित पोखरीमा माछासँगै कार्यालयको विकास पनि सीमित भएको छ ।




स्थापनाकालको ६० हेक्टर क्षेत्रफलमा ३४ वटा माछापोखरी छन् । पोखरीमा माउ माछा पालेर ह्याचिङ गरी भुरा उत्पादन हुँदै आएको छ । कार्यालयले वार्षिक ५ करोड भुरा किसानलाई बिक्री गर्ने गरेको छ । कार्यालयले कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिगहेड कार्प, रहु, नैनी र भाकुरा जातका भुरा बिक्री गर्दै आएको कार्यालय प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत माधवप्रसाद दाहाल बताउँछन् ।  

‘मत्स्यपालक किसानलाई व्यावसायिक टेवा दिन ह्याचिङ प्रविधिबाट धेरै परिमाणमा भुरा उत्पादन गर्ने उद्देश्यले २०२६ सालमा यो कार्यालय स्थापना भएको हो’ दाहाल भन्छन्, ‘यस केन्द्रको स्थापनाकालको क्षेत्रफल ६० हेक्टर रहेपनि शुरुदेखि नै पानीको अभावका कारण पूर्ण क्षमतामा कहिल्यै संचालन हुन सकेको छैन ।’  

कार्यालयले ह्याचिङ गरिएका भुरा साइज अनुसार प्रतिभुरा २५ पैसादेखि ७५ पैसाका दरले बिक्री गर्ने गरेको छ । किसानले एक हेक्टरमा १० देखि १५ हजार भुरा राख्नु पर्ने कार्यालयले जनाएको छ । मत्स्य विकास कार्यालय भण्डाराबाट चितवनसहित नवलपरासी, धादिङ, गोर्खा, मकवानपुरका मत्स्यपालक किसानलाई सुलभ दरमा भुरा बिक्री गरिँदै आएको दाहाल बताउँछन् । गुणस्तरीय मत्स्य बीज उत्पादन गरी कृषकको माग अनुरुपको जात र साइजका भुरा समयमै उपलब्ध गराउने काम भइरहेको उनको भनाइ छ ।

कार्यालयले गुणस्तरीय मत्स्य बीज उत्पादन एवं वितरणको अलावा प्रविधिको विकास, प्राविधिक ज्ञान, सीप दिलाउने, सेवा र टेवा प्रदान गर्ने एवं आकस्मिक सेवाहरु समेत प्रदान गर्दै आएको छ । कार्यालयले कृषकहरुलाई बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पोखरी स्तरीकरण र क्षमता बिस्तारका लागि आवश्यक बजेट बिनियोजन गरेको कार्यालयका सहलेखापाल राजेन्द्र कुमाल बताउँछन् ।
अर्को समाचार
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
२२ साउन २०८३
•
१ मिनेट पाठ
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
फाइल तस्बिर
जनकपुरस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा चार करोड ३८ लाख भुरा उत्पादन गरेको छ।




केन्द्रका प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार आर्थिक वर्ष २०८२-८३ मा केन्द्रले चार करोड ३८ लाख ह्याचलिङ, ३२ लाख फ्राइ भुरा, १३ लाख ८२ हजार फिङ्गरलिङ तथा दुई हजार ५३ किलो खाने माछा उत्पादन गरी बिक्री वितरण गरेको हो। भुरा बिक्रीबाट रु ३४ लाख ३५ हजार ५३६ आम्दानी भएको छ।

यसैबीच, केन्द्रले सरकारी सम्पत्ति बहालबाट रु तीन लाख २४ हजार ३०० तथा अन्य प्रशासनिक सेवा प्रवाहबाट रु ५९ हजार आम्दानी गरेको छ। केन्द्रबाट उत्पादित भुरा मधेस प्रदेशका धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित बागमती प्रदेशका काठमाडौँ, सिन्धुली, रामेछाप र दोलखा तथा कोशी प्रदेशका सुनसरीलगायतका जिल्लाका किसानले खरिद गर्दै आएका छन्।

केन्द्रले रहु, नैनी, भाकुर, कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प र ग्रास कार्पका भुरा उत्पादन गर्दै आएको छ। गत आर्थिक वर्षमा केन्द्रले चार करोड ७५ लाख पाँच हजार ह्याचलिङ, ३२ लाख ३६ हजार फ्राइ भुरा, १२ लाख ६२ हजार फिङ्गरलिङ तथा दुई हजार किलो खाने माछा उत्पादन गरेको थियो। केन्द्रले निजी क्षेत्रका ह्याचरी सञ्चालकलाई तालिम तथा प्राविधिक ज्ञान दिँदै आएको छ। विसं २०१८ मा स्थापना भएको केन्द्रमा ७८ वटा माछापोखरी रहेकामा १९ वटा पोखरी प्रयोगविहीन छन्। 
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस