रामचन्द्र भट्ट, काठमाडौं, भदौ ८- प्रधानमन्त्रीको निर्देशनअनुसारै भयो भने आउँदो हिउँदमा उपभोक्ताले दैनिक १२ घन्टा बिजुली पाउँदैनन्। २४ घन्टामध्ये आधा समय बिजुली नहुने अवस्था हुँदासमेत सरकार भन्दैछ-'त्यतिमात्र गर्न सकियो भने गर्व गर्ने ठाउँ रहन्छ।'
तर वास्तविकता अर्कै छ, दिनको आधा समय बिजुली दिने सरकारले बताए पनि सर्वसाधारणलाई चाहिने साँझ-बिहान उपयोग गर्न पाउँदैनन्। सहरी उपभोक्ताले साँझ-बिहान राइसकुकर, एअरकन्डिसन, रेफ्रिजेरेटर र ग्रामीण उपभोक्ताले बिजुली बाल्ने मौका भने पाउने छैनन्। दिउँसो र मध्यरातपछिमात्र बिजुली घर पस्नेछ।
बुधबार प्रधानमन्त्री बाबुराम भट्टराईले ऊर्जा र अर्थ मन्त्रालयलाई लोडसेडिङ १२ घन्टामा नबढाउन निर्देशन दिए। निर्देशनको भरमा लोडसेडिङ घट्ने होइन। प्रधानमन्त्रीको निर्देशन नपाएकै कारणले विगतमा वर्षहरुमा १८ घन्टासम्म लोडसेडिङ भएको थिएन।
निर्देशनको भरमा बरु लोडसेडिङको समय बढाउन सकिएला, घटाउन सकिँदैन। विद्युत भनेको कर्मचारीतन्त्र जस्तो निर्देशन दिनासाथ आदेश पालना गर्ने संयन्त्र होइन। विद्युतका लागि स्रोत हुनु जरुरी छ।
'हाम्रो प्रक्षेपणअनुसार यो वर्ष लोडसेडिङ नगर्ने हो भने एक हजार एकसय आठ मेगावाट बिजुली निरन्तर चाहिन्छ,' विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले भने। यो माग 'पिकआवर' (बढी माग हुने साँझ बिहानको समय) का लागि हो। अरु समयमा लागि अलिकति कम बिद्युत भए हुन्छ।
देशभित्र भएका सबै जलविद्युत गृहको क्षमतानै सातसय १० मेगावाट भन्दा छैन। जवकी मागनै एकहजार एकसय मेगावाटभन्दा बढी छ। यस्तो अवस्थामा लोडसेडिङ २१ घण्टासम्म हुनसक्ने अनुमान प्राधिकरणकै छ।
प्रधानमन्त्रीको निर्देशनलाई पालना गर्ने तयारी ऊर्जासँग के छ त? 'हामीले कार्ययोजना सहित पेश गरेका छौं, त्यसको लागि अर्थ मन्त्रालयको त्यत्तिकै सहयोग चाहिन्छ,' ऊर्जा सचिव हरिराम कोइरालाले भने। अर्थको सहयोग भन्ने वित्तिकै आर्थिक पक्ष जोडिएको हुन्छ।
नयाँ प्रशारण लाइन निर्माण, मल्टिफ्यूल प्लान्ट सञ्चालन र भारतबाट बिजुली ल्याउँदा हुने नोक्सानीलाई अर्थ मन्त्रालयले 'हेरिदिनुपर्ने' प्रस्ताव ऊर्जाको छ। हेरिदिनुपर्नेको अर्थ आवश्यक रकम अर्थ मन्त्रालयले दिनुपर्ने भन्ने हो।
प्राधिकरणका अधिकारीहरुका अनुसार प्रधानमन्त्रीको निर्देशन पालना गर्नका निम्ति दुई उपायमात्र छन्। पहिलो भारतबाट जतिसक्दो धेरै बिजुली आयात गर्ने। दोस्रो देशभित्र थर्मलप्लान्ट व्यापक रुपमा चलाउने। जसले बिजुलीको माग बढी भएको समयमा २१ घण्टासम्म हुने लोडसेडिङलाई १२ घण्टामा नियन्त्रण गर्न सक्छ।
भारतबाट बिजुली ल्याउन अहिले भएका प्रशारण लाइनले थेग्दैन। त्यसको लागि नयाँ लाइन निर्माण र भएकालाई सुधार गर्नुपर्ने अवस्था छ। गण्डक-रामनगर, बीरगन्ज-रक्सौल, भैरहवा-सुनौली प्रशारण लाइन सुधार नगरेसम्म थप बिजुली आयात हुनसक्दैन।
बुधबार प्रधानमन्त्रीसँगको छलफलमा ऊर्जा सचिव कोइरालाले पूर्बमा पर्ने कुसाहदेखि दुहबीसम्मको १५ किलोमिटर प्रशारण लाइन तत्काल बनाउन बजेटको माग गरेका थिए। नयाँ लाइनको निर्माण र भएकालाई मर्मत गरेमा मात्र लोडसेडिङलाई १२ घण्टामा सिमित गर्न सकिने सुझाव प्राधिकरणका अधिकारीहरुले प्रधानमन्त्रीलाई दिएका छन्।
यी लाइनहरु निर्माण गर्न सकेमा भारतबाट थप एकसय मेगावाट बिजुली ल्याउन सकिने सचिव कोइरालाले बताए। 'यो हिउँदमा भारतबाट दुईसय मेगावाटसम्म बिजुली आयात गर्ने हाम्रो योजना हो,' ऊर्जा सचिव कोइरालाले भने।
'प्रधानमन्त्रीको चासो हुनु निकै सकारात्मक विषय हो,' स्वतन्त्र ऊर्जा उथ्पादकहरुको संस्था (इपान) का अध्यक्ष सुवर्णदाश श्रेष्ठले भने-'तर निर्देशनको भरमा मात्र भने लोडसेडिङ घट्दैन, त्यसको लागि अहिलेदेखिनै तयारी सुरु हुनुपर्छ।'
इपानका अनुसार प्राधिकरण र निजी क्षेत्रका विद्युतगृहलाई सामान्य मर्मत गरेर चलाएमा पनि थप बिजुली निकाल्न सकिन्छ। बढी बिजुली खपत हुने साँझ बिहानको समयमा कम खपत गराउनका लागि जनचेतना जगाउन कार्यक्रम समेत सञ्चालनको आवश्यकता छ।
प्राधिकरणसँग भएका विद्युतगृह, निजी क्षेत्रका आयोजना, प्राधिकरणकै दुई स्टोरेज प्रोजेक्ट, दुहबी र हेटौंडामा रहेका मल्टिफ्यूल प्लान्ट चलाउन सकेमा लोडसेडिङलाई गत हिउँदको सरह १२ घण्टामा सिमित गर्न सकिने योजना प्राधिकरणको छ। यी योजनामध्य कुनै एकमा मात्र पनि सरकार असफल भयो भने लोडसेडिङ नियन्त्रण बाहिर पुग्ने निश्चित रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन्।
प्राधिकरणसँग रहेका ९२ मेगावाटका दुईवटा स्टोरेज (कुलेखानी १ र २) लाई पूरै सञ्चालन र भारतबाट समेत एकसय ४५ मेगावाट बिजुली ल्याउँदा समेत गत वर्ष हिउँदमा पाँचसय ५० मेगावाट भन्दा बढी आपूर्ति हुन सकेको थिएन। त्यसले गर्दा प्राधिकरणले जेनतेन १२ घण्टामा लोडसेडिङ राख्न सफलता पाएको थियो। यस पटक कुलेखानीमा पानीको सतह नबढ्नु, बिजुलीको माग समेत गत वर्षको भन्दा एकसय मेगावाटले थपिनुले ठूलै प्रयास नभएसम्म लोडसेडिङलाई १२ घण्टाको सीमामा राख्न कठिनाई छ।
माग भन्दा बिजुलीको उपलव्धता कम भएपछि ग्राहकलाई आलोपालो गरेर बाँड्नु पर्ने वाध्यता प्राधिकरणलाई छ। बिजुलीको उपलव्धता कम र माग धेरै हुँदा आलोपालो गरेर ग्राहकलाई बिजुली दिने पद्दतीनै लोडसेडिङ हो।
२०६६ सालमा अहिलेसम्मकै सबैभन्दा बढी लोडसेडिङ भएको थियो। त्यतिखेर दैनिक १८ घण्टासम्म ग्राहकले बिजुली पाएका थिएनन्। २०६७ सालमा १४ घण्टा लोडसेडिङ भएको थियो। २०६८ मा कुलेखानीको इन्द्रसरोबर भरिएको र भारतबाट अत्यधिक बिजुली ल्याइएकोले १२ घण्टामात्र भएको थियो।
प्रधानमन्त्रीको चासो गत वर्षभन्दा सुधार गर्ने भन्दा पनि त्यसैलाई कायम राख्ने छ। यो वर्ष विद्युत प्राधीकरणको प्रणालीमामा साढे ३८ मेगावाटका नयाँ आयोजनामात्र थपिनेछन्। यी सबै निजी क्षेत्रले प्रवर्द्धन गर्ने हुन्।
सबै आयोजना 'रन अफ दी रिभर' (नदी प्रवाहमा आधारित) भएको हुँदा हिउँदमा १० देखि १५ मेगावाटको हाराहारीमात्र यिनले योगदान गर्नेछन्।
प्राधिकरणले निर्माण थालेका मध्य १४ मेगावाटका कुलेखानी तेस्रो र ३० मेगावाटको चमेलिया यही वर्ष पुरा हुने कार्यक्रम थियो। तर दुई वर्ष पछिमात्र यी आयोजनाहरु निर्माण गर्नेगरि कार्यतालिका परिवर्तन गरिएको छ।
एकसय दुई वर्षको विद्युत इतिहास भएको नेपालमा अहिलेसम्म बनेका आयोजनाको पुरै क्षमता जोडने हो भने बल्ल सातसय १० मेगावाट पुगेको छ। दक्षिण एसियाली देशहरुमध्य कुल क्षमतामध्य सबैभन्दा कम उत्पादन गर्ने नेपाल हो। भारतले जलविद्युतको क्षमतामध्य ४७ प्रतिशत, श्रीलंकाले ५५ प्रतिशत, बंगलादेशले ३० प्रतिशत, पाकिस्तानले १२ प्रतिशतमात्र उत्पादन गरेको छ। नेपालले प्राविधिक रुपमा संभाव्यता भएको मध्य एक दशमलव ५३ प्रतिशतमात्र बिजुली उत्पादन गरेको छ।