लकडाउनको मौका पारेर धरानमा टमाटरको थोक मूल्य अत्यधिक महंगो भएको छ । लकडाउनले रोजगार गुमेर घरमा थुनिएका नगरबासीहरु महंगीको चपेटामा परेपछि धरान उपमहानगरपालिकाको अनुगमन समितिले एक समिति गठन गरेर टमाटर उत्पादन हुने क्षेत्रको अध्ययन गर्न टोली खटाएको छ।
धरान १३ स्थित कृषि बजार सञ्चालक समितिका अनुसार शुक्रबार र शनिबार धरानमा टमाटरको थोक मूल्य नै ११० रुपैयाँ पुगेको थियो । यो मूल्य कृषि बजार स्थापना भएयताकै अत्यधिक महंगो हो। कृषि बजार २०५४ मा स्थापना भएपनि २०५८ सालदेखि निरन्तर सञ्चालनमा रहेको छ।
कृषि बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार २ वर्षको बाढी पहिरोको बेला टमाटरको मूल्य ८० रुपैयाँसम्म भएको थियो। ‘कृषि बजार स्थापना भएयताकै टमाटरको यो मूल्य अत्यधिक महंगो हो, २ वर्षअघि बाढी पहिरोको बेला ८० रुपैयाँसम्म भएको थियो,’उनले भने,‘अहिले लकडाउनको बेला थोक मूल्य नै ११० पुगेको छ।’
टमाटरको थोक मूल्य नै ११० रुपैयाँ भएपछि उपभोक्ताले खरीद गर्ने खुद्रा मूल्य अझ बढी छ। यसले गर्दा लकडाउनमा आम्दानी गुमाएका उपभोक्ताहरु झन् महंगीको मारमा परेका छन्। टमाटरको मूल्य अचाक्ली बढेपछि शनिबार बिहान अनुगमन समितिकी संयोजक एवं उपमेयर मञ्जु भण्डारी सुवेदीको संयोजकत्वमा बैठक बसेर वास्तविकता बुझ्न एक समिति उत्पादन क्षेत्रमा पठाउने निर्णय गरेको थियो।
सो निर्णयअनुसार वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेको नेतृत्वमा अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराई, कृषि बजारका पूर्वअध्यक्ष काजी गिरीलगायत टोली टमाटर उत्पादन हुने धनकुटा जिल्ला गएका छन्।
यो टोलीले टमाटर उत्पादन हुने धनकुटाको गुठीटार, तमोर मुलघाट, रुद्रबारी, पात्लेखोला र हिलेसम्म पुगेर स्थलगतरुपमा टमाटरको भाउ बुझ्ने काम गरिरहेको छ। टोलीले किसानले पाउने भाउ, संकलनकर्ता, धरान ल्याउने व्यापारीलगायतको भाउ बुझ्ने काम गरिरहेको धरान उपमहानगरपालिकाको अनुगमन अधिकृत सापकोटाले जानकारी दिए। टोलीले आइतबार स्थलगत अध्ययनको प्रतिवेदन बुझाउने छ।
‘टमाटर अत्यधिक महंगो भयो, त्यसैले उपमहानगरपालिकाको पनि ध्यानाकर्षण भएर वस्तुस्थिति के छ? भनेर अध्ययन गर्न वडाध्यक्षको नेतृत्वमा किसानको बारीमा नै हामीलाई पठाएको हो,’अधिकृत सापकोटाले भने,‘यहाँ स्थलगतरुपमा विभिन्न ठाउँमा आएर बुझ्ने काम भइरहेको छ।’
विचौलियाको चलखेल अत्यधिक
स्थलगत अनुगमनको क्रममा टोलीले चार चरणको व्यापारपछि मात्र उपभोक्ताले तरकारी खरीद गर्न पाउने गरेको तथ्य फेला परेको जनाएको छ। अनुगमन अधिकृत सापकोटाका अनुसार किसानको बारीबाट एक जनाले तरकारी संकलन गर्ने र त्यसलाई रोडसम्म पुर्याउने, त्यहाँबाट अर्को व्यापारीले खरीद गर्ने गरेको पाइएको उनले बताए। त्यसपछि, धरानको थोक व्यापारीसम्म अर्को व्यापारीले खरीद गरेर ल्याउने गरेको र थोक व्यापारीबाट खुद्रा व्यापारीसम्म पुग्दा चार चरणको भाउ वृद्धि भइसक्ने अवस्था देखिएको उनले बताए।
‘किसानको बारीबाट उपभोक्ताले खरीद गर्दासम्म ४ चरणको व्यापार भइसकेको हुदो रहेछ । भाउ महंगो हुनुमा मुख्य कारण यही देखियो,’उनले भने ।
लकडाउनमा पनि इटहरी, दमक तिरका व्यापारीहरु धनकुटामै तरकारी खरीद गर्न पुग्ने र धरानमा तरकारी अभाव भएर पनि टमाटर महंगो भएको हुनसक्ने अनुगमन टोलीको भनाई छ। टोलीले स्थलगत रुपमा पुग्दा किसानले टमाटरको प्रतिकिलो ६० देखि ७५, ८० रुपैयाँसम्म बेचिरहेको भेटिएको जनाएकोछ ।